बढैयाताल गाउँपालिका भेदभा तथा जातीय छुवाछुत मुक्त घोषणा [ तस्बिरहरू ]

दलित अनलाईन १३ चैत्र २०७८, आईतवार २३:००

बर्दिया —  जातीय छुवाछुतका घटना हुन नदिने प्रतिवद्धता  जनाउँदै  बढैयाताल गाउँपालिकाले भेदभाव तथा छुवाछुत मुक्त घोषणा  भएको छ ।

जातीय भेदभाव तथा छुवाछुत मुक्त बढैयाताल गाँउपालिका, समानता र भेदभाव रहित समाज निर्माणमा हाम्रो प्रतिवद्धता“ भन्ने मुल नाराका साथ गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रम गरी छुवाछुत मुक्त घोषणा गरेको हो ।

बढैयाताल गाउँपालिका र दलित महिला संघ बर्दियाको समन्वयमा गाउँपालिकालाई छुवाछुत मुक्त घोषणा गदै जातीय छुवाछुत घटनाहरु अब आफुँहरुको गाउँपालिकामा जातीय छुवाछुतका घटना हुन नदिने प्रतिवद्धता जनाए ।

छुवाछुत मुक्त राष्ट घोषणा भइसकेपनि जातीय छुवाछुतका घटनाहरु समाजमा दिनप्रतिदिन बढ्दै गएको भन्दै व्यक्ताहरुले चिन्ता व्यक्त गरे ।
घोषणापूर्व बाजागाजा सहितको टोलीले ‘बढैयातालमा जातीय भेदभाव शून्य गरौं’ भन्ने नारा लगाउदै बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतमले गाउँपालिकालाई छुवाछुतमुक्त पालिका घोषणा गरेर पालिकाले सकारात्मक सन्देश दिएको बताइन् ।

उपाध्यक्ष गौतमले पालिकामा जातीय भेदभावका घटनाहरू नभएको र दलित महिला संघले लामो समयदेखि पैरवी गरेका कारण पालिकालाई जातीय भेदभाव तथा छुवाछूतमुक्त पालिका घेषणा गर्न सफल भएको समेत बताइन् ।

कार्यक्रममा लामो समयदेखि दलित समुदायको पैरवी गरेको भन्दै दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank