समावेशीता र समानुपातिकता खोसिने खतरा : प्रचण्ड

दलित अनलाईन १२ चैत्र २०७८, शनिबार १९:१४

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको शनिवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र विरोधीहरु जनताको समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका हुन् ।
अध्यक्ष यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको बताए । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारीहरु लागि परेका अध्यक्ष प्रचण्डले बताए ।
अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ, उनले भने । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष प्रचण्डले उल्लेख गरे । निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank