काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनले दलित समुदायको मन्दिर प्रवेशको निहुँमा हत्या गरिएका चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
भीमबहादुरलाई न्याय माग्दै विहिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनको आव्हानमा सडकमा प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई सहभागी थिए ।
गत असोज २८ गते बडादशैंको नवमीको दिनमा चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माले स्थानीय दुर्गा मन्दिरमा समान रुपमा पूजा गर्न दलितहरुले पाउनुपर्छ भन्दै आवाज उठाउदा कुटपिट गरी हत्या गरिएको थिया । तर हत्या नै जातीय कारण हो भन्न तयार नभएको एक सानो तप्का कुप्रचारमा लागेको छ । विश्वकर्माको हत्याविरुद्ध न्यायको लागि चितवनदेखि देशव्यापी रुपमा आवाज उठेकाे छ ।
जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनले यस हत्या प्रकरणमा भीमबहादुरलाई न्याय माग्दै निरन्तर विरोध प्रदर्शन गदै आएको छ ।
Leave a Reply