यो वर्षको भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट अमृता नेपाली सम्मानित

दलित अनलाईन २८ फाल्गुन २०७८, शनिबार ११:२८

काठमाडौं — यो वर्षको भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट शिक्षा क्षेत्रामा अतुलयनीय योग्दान पुराएकी रुकुम पश्चिमकी अमृता नेपाली  सम्मानित भएकी छिन् ।

दलित नेता रणेन्द्र बरालीले बुबाआमाको नामबाट स्थापना गरेको भीमामृत अक्षयकोषबाट स्थापित भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट नेपाली सम्मनित भएकी हुन् ।

नेपाल दलित साहित्य तथा संसकृति प्रतिष्ठानको छैठौं राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा नेपालीलाई दलित समुदायका विद्यार्थीहरुको शैक्षिक उत्थानका लागि गरेको योगदानको कदर गर्दै भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट नेपालीलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका रणेन्द्र बरालीले आफ्ना बुबा आमाको नामबाट स्थापना गरेको भीमामृत अक्षयकोषबाट स्थापित भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मान गरिएको हो । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नगद २० हजार रुपैयाँ सहित सम्मान गरे ।

२०७७ सालको भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट शिक्षा क्षेत्रमा दलित समुदायका लागि शिक्षाको क्षेत्रमा पुस्तकालय स्थापना गर्न तनहुँको सहिद गंगा माध्यमिक विद्यालयलाई २० हजार राशीको पुरस्कार प्रदान गरिएको छ ।

सो अवसरकामा मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए । उनले दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेदको अन्त गर्नुपर्नेमा जोड दिए ।

समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको बताउँदै मन्त्री आलेले दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए । गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो ।

सो सम्मेलनका राज्यको निर्देशक सिद्धान्त समितिका सभापति निरा जैरु, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, बहराइनका लागि पूर्व राजदूत पदम सुन्दास, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगन्नाथ उपाध्याय लगायतले दलित आन्दोलनलाई साहित्यको माध्यमबाट अघि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सम्मेलनले रणेन्द्र बरालीलाई पुनः अध्यक्ष चयन गर्दै सकिएको छ । सो सम्मेलनले डम्बर पहाडी, सरोज दिलु विश्वकर्मा, रणबहादुर रम्तेल, मोतिलाल नेपाली, हिरा विश्वकर्मा, चन्द्रेश्वर सदा, सुनिता मरिक, कृष्ण गजमेर, समुन्द्र परियार, टीका कुमारी बिक, कर्ण परियार, महेश गोदार, रमेश नेपाली, पम्फा गान्धारी र सरु सुनारलाई सदस्य चयन गरेको छ । सो सम्मेलनले १७ सदस्य कार्यसमिति चयन गरे पनि पदाधिकारी भने बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष बरालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank