जंगली हात्तीको आक्रामणबाट दुधौलीको मुसहर वस्तीका १४ घर भत्किए

दलित अनलाईन ३ पुष २०७८, शनिबार २१:४२

सिन्धुली — दुधौली नगरपालिका–११ माथिल्लो पत्रिंगामा रहेको मुसहर वस्तीमा जंगली हात्तीको आक्रामणबाट १४ घर भत्किएका छन् ।

बुधबार राति माथिल्लो पत्रिंगाको मुसहर वस्तीमा तीनवटा हात्ती पसेर दुई दिनभित्र १४ वटा घर भत्काएका हुन् ।

मुसहर वस्ती नजिकै खुररिया जंगल रहेकाले प्रत्येक वर्ष मुसहर समुदायहरु त्रसित हुनुपर्ने वडाध्यक्ष कुमार लामाले बताए ।
हात्तीले मुसहर बस्तीमा पसेर घर भत्काउनुका साथै ढुकुटीमा भण्डारण गरिएका धान, मकै लगायत अन्नबाली नष्ट गरेको उनले जानकारी दिए ।

हात्तीले कृष्ण कुमार, रानीवती धामी, पदमबहादुर परियार, ईनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाई, टंके दमाई र मेघबहादुर परियार लगायतको घर साथै अन्नबालीमा क्षती पु¥याएको बताइएको छ ।

बस्तीमा हात्ती पसेपछि शुक्रबार राति कोही पनि नसुती रातभर जाग्राम बसेको वडाध्यक्ष लामाले जनाए । रातभर ती हात्तीहरू बस्तीबाट बाहिर नगएपछि स्थानीयहरू निदाउन नसकेका हुन् । दुधौली नगरपालिकामा बर्सेनि जंगली हात्तीले आतंक मच्चाउँदै आएको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank