रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालयको आशय–पत्र बुझाइयो

दलित अनलाईन ११ फाल्गुन २०७८, बुधबार ११:४४

काठमाडौं —रैथाने शिल्पकला तथा संस्कृति विश्व विद्यालय स्थापनाका लागि सरकारललाई दलित अधिकारकर्मीहरुले आशय–पत्र बुझाएका छन् । सिंहदरबारमा मंगलबार रैथाने शिल्पकला विश्वविद्यालय स्थापना सम्बन्धीको आशय–पत्र सरकारका चार मन्त्रीलाई दलित अधिकारकर्मीहरु बुझाएका हुन् ।

विश्वविद्यालय कार्य समिति र सल्लाहकार समितिको बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आशय–पत्र बुझाउन नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर विके नेतृत्वको टोली पुगेको हो ।

टोलीले आशय–पत्र र प्रस्ताव शिक्षा पौडेल, संस्कृति मन्त्री प्रेम आले, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राज्यमन्त्री उमेश श्रेष्ठ, शिक्षा राज्य मन्त्री बोधमाया कुमारी यादवलाई रैथाने शिल्पकला विश्वविद्यालय स्थापना हुनुपर्ने माग राखेका छन् ।

विश्वविद्यालय समितिले विज्ञसँगको छलफलपछि राष्ट्रिय संस्कृति नीति, २०६७ र राष्ट्रिय शिक्षा नीति २०७६ को व्यवस्था अनुसार रैथाने शिल्पकला विश्वविद्यालयबारे तयारी पारिएको आशय–पत्र र प्रस्ताव बुझाइएको समितिले जनाएको छ ।

रैथाने शिल्पकला विश्वविद्यालय स्थापना डा. मानबहादुर विकेको संयोजकत्वमा विश्वविद्यालय स्थापना सम्बन्धी समिति बनेका थियो ।

डा. गोविन्द नेपालीले विश्वविद्यालय स्थापनाबारे औचित्य, उद्धेश्य, विश्वविद्यालयको उपादेयता, शिल्पकला र विश्यविद्यालयको साइनो, कार्यनीति, रणनीति, भावी कार्य योजनालाई रैथाने शिल्पकला विश्वविद्यालय अध्ययन गर्ने बताए ।

नेपाल एक दलित र आदिवासी जनजातिहरुसँग परम्परागत ज्ञान, सीप, पेशा कला संस्कृति र विविधताले भरीपुर्ण देश भए पनि यस्ता विषयलाई अध्ययन गराउने शैक्षिक संस्था नभएको डा. नेपालीको तर्क छ ।

नेपालमा भएका विश्वविद्यालयहरुले अपेक्षित रुपमा रैथाने ज्ञान तथा सीपको खोजी नगरेको डा. नेपालीको भनाइ छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला रैथाने शिल्पकला विश्वविद्यालय स्थापनाको कार्य योजना अगाडी बढाउन बताए । विश्वविद्यालय स्थापनाका आफुँले गर्न सक्ने सहयोग गर्ने कोइरालाको भनाइ छ ।

रैथाने शिल्पकला विश्वविद्यालयले मौलिक ज्ञानबाट उत्पादन मुलक सिकाइद्धारा राष्ट्र समृद्धिका लागि योगदान पुप्याउने, एकेडेमिक र नन् एकेडेमिक कोर्सबाट युवा पिढीलाई प्रोत्सान गरि उनीहरुको शिक्षा पदतिलाई एकवद्ध गराई सहजजीवीको पार्जन गराउने, मौलिक ज्ञानको सीपद्धारा विश्व बजारमा प्रतिस्पर्धा गराउन सक्ने जनशक्ति उत्पादन गर्ने, रैथाने सीपको सम्वर्द्धन गरी विश्विद्यालयको माध्यमद्धारा नेपाललाई आत्मनिर्भर बनाउने, आर्थिक अवस्थाले गर्दा शिक्षाबाट बञ्चित त्यस्ता समुदायका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने लगायतका उद्धेश्यहरु रहेको डा.नेपाली बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank