बलात्कारजन्य घटनाको कानुनी पक्ष कमजोरः मानवअधिकार आयोग

दलित अनलाइन भदौ ५, २०७५

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारजन्य घटनामा समयमै अनुसन्धान हुन नसक्दा दोषीलाई कारवाही गर्न कानुनी संकट आउने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । हुन नसक्दा अपराधका घटनाका कानुनी पक्ष कमजोर हुने तथा प्रमाणनै लोप हुने गरेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

देशमा दैनिक रुपमा बलात्कारका घटना भइरहेको भन्दै यसबाट महिला तथा बालिकाले धेरै पीडा भोग्नुपरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । कतिपय बलात्कार तथा यौनजन्य हिंसा समाजमै मिलाउने, सामाजिक वहिष्करणमा पर्नेजस्ता समस्याले गर्दा यौन हिंसापीडित महिला तथा बालिकाले न्याय पाउन नसकेको पनि आयोगले बताएको छ ।

आयोगको विज्ञप्ति जस्ताको तस्तैः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank