कार्यदिशा तय गर्न संयुक्त राजनीतिक दलित संघर्ष समितिको भेलाबाट समिति पुर्नगठन

दलित अनलाईन ३ फाल्गुन २०७८, मंगलवार २३:२७

काठमाडौं— संयुक्त राजनीतिक दलित संघर्ष समितिको भेलाले समिति पुर्नगठन गरेको छ । राष्ट्रिय महिला आयोगमा भएको भेलाले साझा आन्दोलनको नयाँ अवधारणा र आचारसंहिता निर्माणका लागि ७ सदस्यीय कार्यदल गठन गदै समिति पुर्नगठन गरेको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको भेलाले सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताहरू बोलाए पनि  मुक्ति समाज  बाहेक सबै भ्रातृ संस्थाका नेताहरु उपस्थिति रहेको थियो । माउँ पार्टीको लडाईकै कारण भ्रातृ संगठनमा समेत असहमत हुँदा संयुक्त राजनीतिक दलित संघर्ष समितिमा समेत नबसेका नेपाल दलित मुक्ति मोर्चा र नयाँ थपिएको नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन नेपाल दलित मुक्ति संगठन संघर्ष समिति बसेका छन् । यसमा नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति अहिले संघर्ष समितिमा बसेको छैन ।

संघर्ष समितिको भेलाले कांग्रेस केन्द्रीय सदस्य एवम् नेपाल दलित  संघका अध्यक्ष मीन विश्वकर्मा सघर्ष समितिको संयोजक बनाएको छ । यस्तै भेलाले  ७ सदस्यीय कार्यदल गठन गरी आन्दोलनबाट विगतमा प्राप्त भएका उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरेको राजनीतिक संवाद समितिको संयोजक तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।

कार्यदलमा बुद्धि नेपाली, रणबहादुर रम्तेल, दिपक सोनी, त्रिलोचन विक, सरोज दिलु विश्वकर्मा, शोभा सेन्चुरी र रुपा सुनार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank