बाग्लुङमा दलितलाई मन्दिर छिराएको निहुँमा पुजारी शक्ति बाबालाई सामाजिक बहिष्कार

दलित अनलाईन २९ माघ २०७८, शनिबार १६:२७

बाग्लुङ — दलित समुदायलाई मन्दिर प्रवेश गराएर सँगै खाना खाएको निहुँमा मन्दिरका प्रमुख चन्द्रदत्त आचार्य शक्ति बाबा सामाजिक बहिष्कारको शिकार बनेका छन् ।

बाग्लुङ नगरपालिका वडा- ४ कूँडुले अवस्थित जलेश्वर महादेव मन्दिरका प्रमुख चन्द्रदत्त आचार्य शक्ति बाबा सामाजिक बहिष्कारको शिकार भएका हुन् ।

नजिक रहेको श्रीमुक्तिनाथ संस्कृत पाठशालामा दलित समुदायका बालबालिकाहरुले पढ्न पाउनुपर्छ भनेर अभियान समेत चलाएका शक्ति बाबा सामाजिक रुपमा बहिष्कार हुँदा सम्पर्कविहिन छन् । उनी कहाँ ? कुन कस्तो अवस्थामा छन् त्यसको जानकारी नरहेको स्थानीय रमेश नेपालीले बताए ।
सरकारी निकुञ्जको जग्गा कब्जा गरेर मुद्दा खेपिरहेका स्वामी कमलनयनाचार्य एवं नजिक रहेको लक्ष्मीनारायण मन्दिरमा बस्दै आएका ऋषिप्रपन्नाचार्यका अनुयायीहरूले सामूहिक रुपमा दबाब दिएक थिए । ‘तैंले दलितले छोएको खाएको छस्,‘हामी तैंले छोएको खादैंनौ ’भनेर बारम्बार गाउँले सहितले अपमान गरेपछि शक्ति बाबा जिल्लाको धम्जा धूरीतर्फ गएको । उनी पछिल्लो तीन सातदेखि त्यहाँबाट पनि सम्पर्कविहिन भएका नेपाली बताए ।

स्वामी कमलनयनाचार्य र ऋषिप्रपन्नाचार्यको नजर लगभग बीसौं रोपनी क्षेत्रफल रहेको शक्ति बाबाको मन्दिर वरपरको जग्गामा रहेको र मन्दिरमा शक्ति बाबाले दलित जनजाति लगायत सबैलाई पूजा गर्न दिएको कारण जातीय छुवाछूतको विषय उठाएर उनलाई गाउँबाट निकाल्ने र जग्गा हडप्ने दाउँमा कमलनयनाचार्यको समूह रहेको स्थानीय पूर्वप्रधानपञ्च बलराम हमाल ठकुरीले बताए ।  एक वर्ष पहिला शक्ति बाबाको अगुवाईमा दलित बालकलाई त्यहाँको मुक्तिनाथ संस्कृत पाठशालामा भर्ना गराउन जाँदा भर्ना नगरेपछि शक्ति बाबा केही समय काठमाडौ आएर फेरि बाग्लुङ फर्किएका थिए ।

शक्ति बाबाले आफ्नै पैसा र परिश्रमले बनाएको मन्दिर भएका कारण समाजले दलितलाई मन्दिर नपसाउनु भन्दा बाबाले मानेका थिएन् ।  सबैलाई पूजा गर्न दिनुहुन्थ्यो लगेर दिएको खानुहुन्थ्यो यो कुरा त्यहाँका केही ठुलाबडालाई चित्त नबुझेका कारण वहाँको बारम्बार अपमान भएपछि वहाँ सम्पर्कविहीन बनेको स्थानीय रत्न सार्कीले बताए ।

शक्ति बाबाको अवस्था अहिले अज्ञात छ । वहाँ सँग कुनै सम्पर्क हुन नसकेको रेडियो नेपालका संस्कृत समाचार वाचक एवं गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढून् अभियानका संयोजक चन्द्रकान्त पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank