नेपालका रैथाने शूद्र जाति

डा. गोविन्द नेपाली/ डी.बी. नेपाली ‘दमु’ २२ माघ २०७८, शनिबार १३:०४
ऋग्वेदको सुरुआतमा वर्णव्यवस्था थिएन। अन्तरकालमा पुख्र्यौली सीप गरिरहेकै मानिसमाथि जात विभाजन भयो।

राष्ट्रिय दैनिकमा पुस १४ गते प्रा. डा. विद्यानाथ कोइरालाको लेख कुलको पहिचान, मूलको पहिचान पढियो। त्यसपछि अनेकौं प्रश्नचिह्नले मन भरियो। कतै हर्ष, खोज, ठीक, बेठीक र कतै दोधार यस्ता अनेकौं तर्कनाले उद्धेलित बनायो। अनि त्यसले उठाएका प्रश्नहरूको तथ्य प्रमाणहरू खोज्न कर लाग्यो। अब सुरु गरौं– शूद्र शब्दबाट मन्थन। शूद्र शब्द शुक (दुःख)+द्र (बेधित) जो  श्रम गर्छन्। तर दुःखबाट मुक्त हुँदैनन्। जो सदैव तड्पिन्छ, ऊ नै शूद्र हो। सामान्य परिभाषामा भन्नु पर्दा त्यो जाति दुखित, पीडित र पछाडि परिएको छ, त्यही शूद्र हो। त्यसैलाई यो समाजले उनको इमानसँग साइनो गाँस्नु पर्ने हो। थरसँग सीप जोडिनु पर्ने हो। कलासँग मितेरी गाँस्नु पर्ने हो। तर यसलाई न त कुनै वर्गले जोड्यो। न त कुनै अवस्थामा मिलान भयो। केवल यो जातिसँग मात्र जोडियो। त्यसले गर्दा उनीहरूको पुख्र्यौली ज्ञान परम्परामा आधारित शिल्पकला, संस्कृति, सम्पदा र लगानीमा ह्र्रास आयो।

मनुस्मृतिको (४÷८०)। यस अध्यायमा ‘बैह्यशूद्रौ प्रयत्नेन स्वानि कर्माणि कारयेत्।  तौ हि च्युतौस्वकर्मेभ्यः क्षोभयेतामिदं जगत्’ लेखिएको छ। शूद्र जाति कर्मको स्वणि सागर हो। यस जातिलाई उनीहरूको सीपकलाअनुसारको सम्मान दिन सकेमा उनीहरूको कर्मको माध्यमद्वारा समृद्ध बन्न सक्छन्। ग्रन्धले यसो भनिरहँदा कर्म गर्ने जात कताकता विलक्षण भयो। त्यसको खोज हालसम्म भएको पाइँदैन। ऋग्वेदको सुरुआती चरणमा वर्णव्यवस्था थिएन। पछि छेपकको रूपमा थपियो। पुख्र्यौली सीप गरिरहेकै मानिसमाथि जात विभाजन भयो। त्यसले अन्तरकालमा मानव समाजले सामाजिक रूप लियो। मान्छेहरूले पुख्र्यौली सीपकलाको आधारमा कामलाई निरन्तरता दिए। त्यही नै शूद्र जातिहरूका लागि वर्तमानसम्म जातीय विभाजनको कारक बन्यो।

पतञ्जली महाभाष्यको श्लोक १, २ र ३ मा आभीरहरू (कतै अहिर) लाई शूद्र भनेका छन्। जो कर्ममा रमाउँछ, कार्यलाई देवता ठान्छ र सीपलाई आत्मसात् गर्छन्। त्यो जाति नै शूद्र हो भनी उल्लेख छ । तर नेपालको परिवेशमा उल्टो भयो। श्रम पसिना बगाउने, कर्मवीरहरूलाई तल पारेर उनीहरूको स्वतन्त्र पृथक् अस्तित्व, इतिहास र पहिचान मेटाइयो। त्यसैले आज राज्यले उनीहरूलाई आत्मसम्मान दिनुपर्ने हो कि होइन रु प्रश्न गौण छ। महाभारतको सभापर्वमा शूद्रहरूको राज्यको बारेमा वर्णन गरिएको छ। राज्य सञ्चालनमा उनीहरूको सीपकला र मौलिक ज्ञानको प्रयोग र लगानी भएको छ। समाज रूपान्तरणमा उनीहरूको योगदान उल्लेखनीय मात्रामा प्रयोग भएको स्पष्टरूपमा लेखिएको छ। नेपालमा खोइ त मानव भएर बाँच्न पाएको रु मानवीय वैवाहिक सम्बन्धका लागि ज्यान दिनुपर्ने ? मन्दिर प्रवेश, चुल्हो र पानी छोएको निहुँमा मर्नु पर्ने ?

धार्मिक ग्रन्थ विष्णु पुराणामा शूद्र जातिको गहन रूपमा वर्णन छ। त्यहाँ भनिएको छ– शूद्र जाति कलाका धनी, भाषाका उत्पादक, सञ्चारका गोरटा, एकअर्कालाई चिन्न र बुझ्न सक्ने भनिएको छ। रैथाने दमाई जातिका आदिम पुर्खाले विकास गरेको कलौंती (दमु) लिपि यसै पुराणको माउ हो। यसकै माध्यमबाट विष्णु पुराणको उत्पत्ति भएको थुप्रै तथ्य प्रमाणले पुष्टि गर्छ। सत्य कुरा भन्न किन कन्जुस्याँई गरिराखेका छौं ? के यो सत्य होइन र ? यदि होइन भने त्यसको तथ्य प्रमाण हिजो ज्ञान, शिक्षालाई पेवा बनाएका विद्वान्हरूले दिऊन्। यसको खोजीको निम्ति लागून्। अनि मात्र सच्चा पुराणवाचन गरेको सार्थक हुन्छ। उनीहरू निर्लज्ज सत्यलाई लुकाउनुमै भलो ठानिरहेका छन्। पुराणको इतिहासमा दमु लिपिको स्वरवर्ण, व्यञ्जनवर्ण लेखियो। वर्णको उच्चारण पनि पुराणको पाना–पानामा देखिन्छ।

समानता, न्याय र मानवतावादी चिन्तक अम्बेडकरका अनुसार शूद्र एक विखण्डन पारिएको ‘जाति’ थियो। यो चौथो वर्ण कसरी बन्यो भन्ने कुरा खोज गरिएको छ। त्यहाँ भनिएको छ– कि शूद्रहरू क्षेत्रीयहरूको शाखा थियो। एक समय ब्राह्मण र क्षत्रीबीच द्वन्द्व भयो। यही क्रममा पराजित समूह शूद्र भए। उनीहरूलाई चौथो वर्णमा झारियो। स्मरणीय छ, शूद्रमा क्षेत्रीय मात्र नभई अन्य धेरै जातिबाट आएका मिश्रित छन्। विभिन्न ऐतिहासिक तथ्य प्रमाणले शूद्रहरूको नेपालमा उपस्थिति हजारौं वर्षअघिबाटै भएको देखिन्छ। यसको प्रमाणको रूपमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा उनीहरूका हरेक जिल्लामा कोट, किल्ला, गढी, भूमि, देवीदेवता र बसोबासको निरन्तरता हो। कर्नाली–भेरी नामकरणसमेत शिल्पी (शूद्र) समुदायले नै नामकरण र सभ्यताका विकास गरेबाट स्पष्ट पार्छ। तराई–मधेसमा चर्चित सहलेश सम्राट्, शिरध्वजका समकालीन डोम राजवंश, चमारहरूले विकास गरेको सिम्रौनगढ वर्तमान साक्ष्य हुन्। शासकीय सामन्ती मानसिकताले प्रदेश नामकरणमा सहलेश सम्राट् नदेख्नु रैथाने शूद्रको इतिहास धूलीकरण गर्नु हो। नेपालको इतिहासमा शूद्र जातिले खुलेर पढ्न पाएको झन्डै ५५ वर्ष मात्र भएको छ। सिद्धिश्वरमान श्रेष्ठ र श्यामकृष्ण जोशीद्वारा लिखित नेपाल परिचय पुस्तकमा नेवारभित्रका शूद्र जातिको बारेमा प्रष्ट उल्लेख गरेका छन्। वर्ण विभाजन गर्न विश्वमित्र र वशिष्ठ ऋषिहरूले वेदको रचना गरे। चातुर्वण्र्य व्यवस्था सुरु गरे। जसको फलस्वरूप समाज विकास भएको व्यापारी वर्ग, शिल्पकार, उद्यमीवर्ग आदि वैश्य श्रेणीमा दरिए। निर्धन, पहुँचविहीन, शिक्षामा वञ्चित बनाइएका सीपकलाका खानी र श्रमका पुजारीलाई धार्मिक ग्रन्थले बाँधियो। रसीले कसियो, माथि जाने खुट्किला भत्काइयो। आज त्यही वर्ग समाजमा शूद्र भएर बाँचिरहेको छ।

वर्तमानमा राजनीतिक व्यापारी र सत्ताका लागि भोट बैंक ठान्नेहरूलाई शिल्पी पहिचान पनि घाँडो भएको छ। कथित दलित अपमानित कलंकबाट भाग्ने जमात बढिरहेको छ। विभिन्न वस्तुगत र तथ्यगत आधारलाई केलाउँदा नेपालका शूद्रहरू जातीय, सांस्कृतिक, भाषिक, धार्मिक (मन्त्र–तन्त्र, प्रकृतिपूजक र बोन) पहिचानका आधारमा कबिला रैथाने समूह नै हुन् भन्न सक्ने थुप्रै आधार छन्। यससम्बन्धी गहन खोज, अनुसन्धान नभएको मात्र हो। लिखित इतिहास र अभिलेखीकरण नहुँदैमा रैथाने जातिको अस्तित्व मास्न मिल्दैन। उनीहरूको स्वतन्त्र अस्तित्व, इतिहास र पहिचानको संरक्षण गरिनु राज्यको कुनै जिम्मेवारी हुँदैन रुमानसखण्ड, हिमवतखण्डदेखि तराईमा हजारौंवर्ष अघिबाटै रगत पसिना चुहाएका शूद्र जातिलाई पाखा लगाउन मिल्न छ ?

विश्वविख्यायत इतिहासकार एचए डेविडका अनुसार, ‘नेपालका जातिहरूमा शूद्र जातिहरू नेपालका रैथाने हुन्, यिनको पहिचानलाई इतिहासमा नलेखिदिँदा यो जाति पाखा पर्‍यो।’

विश्वविख्यायत इतिहासकार एचए डेविडका अनुसार– ‘नेपालका जातिहरूमा शूद्र जातिहरू नेपालका रैथाने हुन्, यिनको पहिचानलाई इतिहासमा नलेखिदिँदा यो जाति पाखा पर्‍यो ।’ यसले के बुझ्न सकिन्छ भने उनीहरूलाई राज्यको पहँुचभन्दा बाहिर पारियो। शासकहरूकै गुणगानले भरिएका एकपक्षीय भ्रमपूर्ण इतिहास लेखियो। लेखमा भोगीराज चामलिङको मदन पुरष्कार प्राप्त पुस्तकको जस्तै कथित दलितको प्रमाण खोइ रु भनिएको छ। शूद्रलाई शिक्षा लिइयो भने कानमा सिसा र फलाम पगालेर हालिदिनु, जिब्रो काटिदिनु त्यो पनि नभए मृत्युदण्ड दिनु भन्ने मनुको दण्डविधान यादै होला। जालझेल, षड्यन्त्रले नै भरिएका भए पनि प्रमाण बच्ने त लेखपढ गर्न पाएकाहरूकै होलान्। अनि चामलिङहरूलाई उत्पीडन भएको करिब अढाई सय वर्ष जति भयो। तर शूद्र अर्थात् कथित दलितमाथिको उत्पीडन ३५ सय वर्षभन्दा बढी भइसक्यो। तुलना गर्नुस्, तथ्यप्रमाण कसको बढी बाँच्छन् होला ?

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा रैथाने गन्धर्वले हामी किराँती हौ भन्न खोजिएको होइन। तर वर्तमान किराँत सभ्यताको विकासको जग गन्धर्व थिए भन्ने भुल्नु हुँदैन। नेपाली प्राचीन इतिहासमा किराँत, यक्ष, किन्नर र गन्धर्वसँगै आउँछन्। अनि गन्धर्वलगायत शूद्रलाई रैथाने हुन्भन्दा नाक खुम्च्याउनुपर्ने कारण के छ रु लेखले हिटलरकै नक्कलमा वंश शुद्धता, नश्ल शुद्धता, जिन शुद्धतालाई घुमाउरो तरिकाले विवेचना गरेको छ। आदिमकालमा मानवको रूप, रङ, आकार, प्रकार वा स्वरूप प्रकृतिसँगको लामो संघर्षले परिवर्तन गर्ने कुरा प्रमाणित छ। एक अर्को कविलासँग घुलमिल र मिसमास भएपछि जाति शुद्धता सकिएको हो। शूद्र अर्थात् वर्तमानमा कथित दलित तीनवटा जातीय समूहबाट बनेको छ, मंगोल किराँत, खस र अष्ट्रोद्रविड। रामबाट मारिएका तपस्वी शम्बुक द्रविडकै पुर्खा (शूद्र) नै थिए।

समाजवादी चिन्तक अम्बेडकरको गहन खोजले भन्छ– 
‘ऋग्वेदमा नागको वर्णनबाट नै के थाहा पाइन्छ भने नागहरूको धेरै प्राचीन समूह थियो। साथै नाग कुनै पनि प्रकारका आदिम जाति अथवा असभ्य मान्छेहरू थिएनन् भन्ने कुरा सम्झिन जरुरी छ। नाग र भारतका राजपरिवार बीचमा अन्तरजातीय विवाहको माध्यमबाट धेरै निकट सम्पर्क रहेको तथ्यमाथि इतिहासले प्रकाश पार्छ। इतिहासअनुसार नागहरूको सांस्कृतिक स्तर उच्च मात्रै होइन, उनीहरूले भारतको एउटा ठूलो हिस्सामा शासन गरेका थिए। महाराष्ट्र ९सार्की महरबाट बनेको० नागहरूको घर हो भनेर भन्नु आवश्यक नै छैन। यहाँका मानिस र राजाहरू नाग जातिका थिए। इस्वी कालको प्रारम्भिक शताब्दीमा आन्ध्र प्रदेश र यसको छिमेकी क्षेत्र नागको अधीनमा थियो भन्ने प्रमाण स्रोतहरूबाट पाइन्छ। प्राचीन भारतीय इतिहासमा वर्णित नागमध्ये चौथो इस्वीका उत्तर भारतीय नाग घराना अत्यधिक प्रसिद्ध र ऐतिहासिक रूपमा मान्यता मान्यता प्राप्त छन्। यसका अतिरिक्त तेस्रो र चौथो इस्वीको पूवाद्र्धमा नागराजाहरूले शासन गर्थे। जुन पौराणिक मुद्राशास्त्र तथा पुरालेखशास्त्रका प्रमाणहरूबाट सिद्ध हुन्छ।

द्रविड र नाग शब्द एकैखाले मान्छेको दुई अलग नाम हो। नाग उनीहरूको प्रजातीय या सांस्कृतिक नाम थियो भने द्रविड उनीहरूको भाषागत नाम थियो। यस तथ्य वर्णनले दक्षिण भारतका द्रविड, उत्तर भारतका नाग अथवा असुरहरू थिए भन्ने निश्चित गर्छ। त्यसैले नाग र द्रविड एउटै मान्छे हुन्। यसरी दास तिनै हुन्, जो नाग थिए र नाग तिनै हुन् जो द्रविड थिए।’ अम्बेडकरले १४ अक्टोबर १९५६ का दिन आफ्नो पुर्खाहरूको आदिम थलो नागपुरमा धर्मान्तरण सभामा लाखौं अनुयायीबीच सम्बोधन गर्दै नागपुर नै रोज्नुको कारण बताएको विषय चर्चामा छ। यसबाट शूद्रहरूको साइनो सम्बन्ध छर्लंग हुन्छ। आर्य कुनै जात होइन, यो संस्कार, व्यवहार, कामकर्म जनित शब्द हो। सबै कुराबाट मुक्त मानवलाई महामानव बुद्धले आर्य भन्नु भएको थियो। त्यसैको नक्कल गरेर बाठाहरूले आफ्नो बनाए, तर उनीहरू मुक्त छन् कि छैनन् ? उनीहरू नै जानून !

डा. राजाराम सुवेदीले तथ्य प्रमाणसमेत लुकाउने, छिपाउने र सडाउने काम गरेका छन्। दमाई जातिको प्राचीन दमु लिपिको छायाँ कपी उहाँसँग छ। तर जति पटक अनुरोध गरे पनि दिन मान्नु हुन्न। संगीत प्रतिष्ठानले गराएको अध्ययनमा गन्धर्वको लोपोन्मुख अरबाजोलाई आर्यबाजो भनी पहिलोपटक न्वारान गरेर हडप्न खोज्नु भएको छ। यसअघिका कुनै पनि इतिहास, संस्कृतिविद्हरूले यस्तो काम गरेको पाइँदैन। यसलाई तत्कालै सच्याउनु जरुरी छ। खप्तड स्वामीले समेत आफ्नो आत्मज्ञान ९२०५६० पुस्तकमा सार्की (खापरदह) माडौंको बारेमा चर्चा गर्नुभएको छ। त्यसैले नेपालका शूद्र जाति रैथाने हुने प्रमाणित हुन्छ।  साभार  : अन्नपूर्ण पोस्ट्  दैनिक ।

( लेखकद्वय कला र संस्कृति अध्येता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank