बेलायतमा चम्किएका नेपाली ठिटो

दलित अनलाईन २५ आश्विन २०७५, बिहीबार १०:२७

बेलायतमा परिचित अनुहार हो, प्रतिक दुधराज । नेपाली मुलका बेलायतवासीमाझ उनी चर्चित छन् । स्कुल कलेजसँगै फिल्मी बजारमा प्रतिकको नाम स्थापित भइसकेको छ । प्रतिक ललितपुरमा जन्मिएका हुन् । अध्ययनका लागि काठमाडौंको ग्यालेक्सीमा भर्ना भएका उनलाई सौभाग्य मिल्यो कक्षा १ देखि नै वेलायतमा अध्ययन गर्ने मौका  ।  प्रतीक स्कुल र कलेजमा पढाइमा सधै अब्बल रहे । स्कुलले जीवन ब्रिटेनमै वित्यो । स्कुले जीवनमै उनले जन्मभूमि चिनाउने सपना बोकेका थिए । अन्नततः प्रतीकले आफ्नो स्कुले सपना पुरा गरेका छन् ।  प्रस्तुत छ उनै वेलायत निवासी नेपाली ठिटाको आजसम्मको जीवन कथा उनकै शब्दमा :

बाल्यकालदेखि नै मेरो रुची चित्रकला, फोटोगा्रफी र विशेषतः फिल्ममा थियो । जब म स्कूलमा थिएँ, त्यतिबेलादेखि नै मैले छोटो फिल्महरु बनाउँथे । यी सबै मेरा रुचीका कारण मिडिया सम्बन्धी अध्ययन गरें । जसमा जर्नालिज्म, चलचित्र निर्माण, फोटोगा्रफी, सिनेमाटोगा्रफी र फिल्म एनिमेशन समाबेश गरिएको थियो । स्कृप्ट राइटिङ पनि अध्ययन गरेको छु। पछि मैले सिनेमाटोगा्रफी र फोटोगा्रफीको साथसाथै अभिनय पनि गरें।

म १५ वर्षको हुँदा नै स्कूलमा छोटो चलचित्र बनाएँ । जुन मेरो पहिलो अनुभव थियो । डाइरेक्शन, सिनेमाटोगा्रफी र एक्टिङसमेत मेरै थियो । स्कुलकै साथीहरुको सहयोग लिएको थिएँ । स्कूलमा पनि प्रर्दशन गरिएको थियो । मैले वेस्ट मिनिस्टर यूनिर्भसिटीबाट मिडिया लिएर पढें । त्यसमा विषयहरु फोटोगा्रफी र फिल्म सम्बन्धी थिएँ । यसले गर्दा म बढी फिल्मतर्फ नै ढल्किएँ । फिल्म सम्बन्धी नै जान्न र सिक्ने उत्सुक भएँ । सोही अनुसार अघि बढें । बढी त फिल्म हिस्ट्री र फिल्म मेकिङ तिर मेरो झुकाव बढिरह्यो ।.


पढाइसँगै मैले फिल्ममा काम गरें । साथसाथै डकुमेन्ट्री बनाउन थालेँ । त्यसवेला नै मलाई ब्याकगा्रउण्ड आर्टिस्टको रुपमा हलिउडको फिल्म ‘प्रिन्स अफ परसिया’मा अभिनय गर्ने अवसर प्राप्त भयो । पहिलो पटक त्यती ठुलो विश्वविख्यात लण्डनको लेपगेष्ट फिल्म स्टुडियो, पाइनउड स्टुडियोमा काम गर्न पाएँ । जहाँ हलिउडका ठूलाठूला मूभिहरुको छायांकन भइरहन्छ । त्यसपछि मेरो फिल्म सम्बन्धीको रुची अझैं गहिरिँदै गयो । मलाई फिल्ममा छायांकन गर्ने प्रोत्साहन मिल्यो । त्यसक्रममा मैले बलिउड मुभिमा डाइरेक्टर विपुल शाहको ‘लण्डन ड्रिम’मा क्यामेरा पछाडि रहेर सिनेमाटोगा्रफीको अध्ययन गर्ने अवसर पाए । त्यहाँबाट अझैं निखारिने मौका पाएँ ।

‘ब्ल्याक समर’ सम्मको यात्रा

‘ब्ल्याक समर’ मेरो पहिलो नेपाली चलचित्र हो । आमाका कारण नेपाली चलचित्रप्रति मेरो झुकाव बढ्दै गएको हो । . उहाँ आफै पनि कलाकार हुनुहुन्छ । उहाँले टिभी सिरियलमा काम गर्नुभएको थियो । साथै हाल चलचित्र ‘ह्यापी डेज’मा मेरो चाहना र उहाँको प्रोत्साहनले मेरो नेपाली चलचित्रप्रति झुकाव बढ्दै गयो । उहाँ यस ‘ब्ल्याक समर’ चलचित्रको एक निर्माता पनि हुनुहुन्छ ।

यो चलचित्रमा मैले राम्रोसंग छायांकन गरेर युकेका विभिन्न रमणीय ठाउँहरुको दृश्यहरु कैद भएका छन् । विशेषतः स्नोडोनिया वेल्सका दृश्यलाई मैले आफनो क्यामेरामा कैद गरेर दर्शकहरु समक्ष प्रस्तुत गर्ने अविस्मरणीय अवसर पाएको छु।

स्नोडोनिया जहाँ आजसम्म हलिउड फिल्महरुको अधिकतम छायांकन भएको भूमि हो । र, त्यहाँ निकै सौम्य र शीतल वातावरण तर भीर पाखा पनि छन् । यस्तो ठाउँमा रेड क्यामेरालाई हातले बोकेर छायांकन गर्न त्यती सहज थिएन । वातावरण पनि विषम थियो । कहिले अति चिसो त केही छिन्मै घाम, उतिखेरै झरी ।

स्नोडोनियामा छायांकन भएको पहिलो नेपाली चलचित्र नै ‘ब्ल्याक समर’ हो । यो चलचित्रमा युकेका अन्य ठाउँहरु पनि कैद गरिएको छ । जसकारण ‘ब्ल्याक समर’को यात्राका हरेक क्षणहरु मेरा लागि अविस्मरणीय छन् । हाम्रा ट्यालेन्टेड नेपाली कलाकारहरु नवनायक र नवनायिकाहरु र टेक्निसियनहरुको साथमा काम गर्दा म आफुलाई गौरवमय ठान्दछु । उहाँहरुसँग काम गर्दा मलाई नेपाली बोल्नमा धेरै सहयोग पुगेको छ । म धन्यवाद टक्र्याउन चाहन्छु’, ‘ब्ल्याक समर’का डाइरेक्टर एलबी सुब्बा ज्युलाई . उहाँले मलाई दिनुभएको अवसरलाई । ‘ब्ल्याक समर’मा काम गर्नाले नै मैले प्रोत्साहन पाएँ । ‘ब्ल्याक समर’ कै कारण मैले अरु नेपाली चलचित्रमा काम गर्ने अवसर पाएको छु ।

‘ब्ल्याक समर’मा नै काम गरिरहेको बेला मैले अन्य दुई नेपाली चलचित्रमा काम गर्ने अवसर पाएँ । डाइरेक्टर मिलन चाम्सको जो पहिलो वर्ष रिलिज भएको थियो अनि यसै वर्ष यता न उता डाइरेक्टर मिराज रोजको र हालमा छायांकन भइरहेको चलचित्र १८ मा डाइरेक्टर प्रेम लामाको चलचित्रमा काम गरिरहेको छु ।

यहाँ मैले थप कुराहरु बुझ्ने अवसर त पाएको छ’ । त्यो सँगै चलचित्र युकेका विभिन्न रमणीय र सुन्दर ठाउँहरु स्नोडोनिया, इडिनवर्ग, लण्डनको छायांकन गर्ने अवसर पनि पाएको छु ।

नेपाल फर्किने योजना

भविष्यमा नेपाल फर्किने योजना छ । आफ्नै देश नेपालमा सौम्य र शीतल वातावरण रहेका भीर, पाखा, हिमाल, पहाड, तराई भेगहरु, ताल, नदी र खोलाहरुमा छायांकन गर्ने सपनालाई पूरा गर्ने धोको संगालेको छु’। म पनि नेपाली चलचित्रमा एउटा इँटा भएपनि थप्न चाहन्छु’ । नेपाली चलचित्रलाई अगाडि बढाउन नेपाली चलचित्र क्षेत्रले वजेट र लोकप्रियतालाई मात्र हेर्न हुँदैन । कथाको विभिन्न विषयवस्तुको गहिराइमा डुबेर र बुझेर फिल्म बनाउन’ नै राम्रो कथाको सफल चलचित्रको निचोडमा पुग्न सकिन्छ । र, मेरो सधै यही विश्वास रहेको छ कि एक राम्रो कथाको गहिराइमा डुबेर त्यसको निचोड गरी कथावस्तुलाई दर्शाउन सकु । साथै कथामा डुबेर छायांकन गरी त्यसलाई क्यामेरामा कैद गर्नु नै एउटा सफल चलचित्रको पहिचान हो ।

हो, आज म नेपाली फिल्ममा छायांकन गर्ने र भविष्यमा फिल्म बनाउने प्रति अग्रसर रहेको छु । हाम्रो नेपाल र नेपालीहरुको कथा निकै धेरै छन् । जसलाई राम्रो चलचित्रमा ढाल्न सकिन्छ । चलचित्रका लागि केही कमी छैन । नेपाली इतिहासको विषयवस्तु भविष्य, र वर्तमान घटनाहरु नै राम्रो चलचित्रका लागि विायबस्तु हुन् । यिनैलाई चलचित्रको कथामा ढाल्ने हो । नेपाली भएर नेपाली भूमिको बस्तुपरक चलचित्र बनाउनु मेरो दायित्व पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank