को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित तुलबहादुर विश्वकर्मा ?

दलित अनलाईन १२ माघ २०७८, बुधबार २२:३८

काठमाडौँ — २०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदै आएको राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्मा पहिलो पटक  राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको रिक्त रहेको १९ सदस्यको लागि सातवटै प्रदेशमा भएका निर्वाचनमा विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनबाट एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गदै निर्वाचित भएका हुन् । विश्वकर्माले विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याइन् ।

तुलबहादुर विश्वकर्मा (राजेश) को हुन ?

तुलबहादुर विश्वकर्मा (राजेश) राष्ट्रिय जनमोर्चामा इमान्दार नेताका रुपमा चिनिन्छन्। शिक्षण पेशा छाडेर २०३५ सालदेखि नेकपा मसालबाट राजनीति सुरु गरेका हुन्। यद्यपि उनले २०३३ सालमा अयोध्यामा भएको अनेरास्ववियुको पाँचौ सम्मेलबाट बाग्लुङबाट प्रतिनिधित्व गरेर सहभागी भएका थिए। उनी २०३४ सालमै नेकपा मसालले बाग्लुङमा राजतन्त्र विरोधी प्रशिद्ध पर्चा आन्दोलनका क्रममा गिरफ्तार भएका थिए। तर उनी २०३५ सालबाट भने पूर्णकालीन राजनीतिमा होमिएका हुन्।

जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा पत्रकारिता गरेको अनुभव समेत विकले सँगालेका छन्। दलित समुदायमा पञ्‍चायतकालमै शिक्षण पेशामा आबद्ध हुने थोरै मध्येमा तुलबहादुरको नाम आउँथ्यो। सामाजिक विभेद, असामानता देखैकै कारण राजनीतिमा लागेका विश्वकर्मा राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको लामो समयदेखि नेतृत्व गरे। उनी हालका पनि अध्यक्ष हुन्। विक रक्तिम सांस्कृतिक अभियानका संस्थापक, अखिल भारत वामपन्थी युवक मोर्चाको संयोजक समेत हुन्। उनले नेकपा मसालको साँस्कृतिक मोर्चाको संयोजक भएर प्रवासमा काम पनि गरे।

विस २०१५ सालमा बाग्लुङको गलकोटमा जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो। पीएन क्याम्पस पोखरामा आइएसम्मको अध्ययन गरेका छन्। हाल उनी रुपन्देहीको सैनामैनामा बसोबास गर्छन्। उत्पीडित समुदायबाट राष्ट्रियसभा समक्ष पुग्‍न पाएकोमा आफूले असल राजनीति गरेको बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank