सामाजिक न्यायको पक्षमा कलम चलाउने पत्रकार एलबी विश्वकर्माको निधन, महासंघद्वारा दुःख व्यक्त

दलित अनलाईन ६ माघ २०७८, बिहीबार २१:२७

काठमाडौं — पत्रकारितामार्फत समाज रुपमान्तरणको अभियानमा सक्रिय भूमिका निर्वाह गदै आएका तथा सामाजिक न्यायको पक्षमा कलम चलाउने  पत्रकार लाल बहादुर विश्वकर्मा (एलबी) को निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको विहान तीन बजे मृत्यु भएको हो ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन घर भएका विश्वकर्मा राजधानीमै बसेर समुदायगत आवाज उठाउँदै पत्रकारितामा सक्रिय थिए । इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरिसके उनले जात व्यवस्था अन्त्यका लागि कडा टिप्पणी गर्ने गर्थे।

दलित समुदायको हक अधिकारको पक्षमा प्रखर रुपमा कलम चलाउने विश्वकर्माको असामयिक निधनप्रति सिगो समुदाय अत्यन्त स्तब्ध बनेको छ । २६ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेको छ । विश्वकर्माको मृत्युप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघको निष्कर्ष छ ।

पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले असामयिक निधनको खबरले अत्यन्त स्तब्ध विषय भएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank