राष्ट्रियसभा सदस्यको उम्मेदवार अर्जुन सुनाम को हुन् ?

दलित अनलाईन २ माघ २०७८, आईतवार ११:२७

काठमाडौं —गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको तीन सीटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।  गण्डकी प्रदेश अन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको होे ।

सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेकपा माओवादी केन्द्रले दुई र नेपाली काँग्रेसले एक सीटमा उम्मेदवार खडा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट सुरेश आलेमगर र भुवन सुनार तथा नेपाली काँग्रेसका तर्फबाट कमला पन्त उम्मेदवार छन् । त्यसैगरी नेकपा एमालेले पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभाका उम्मेदवार अर्जुन सुनाम को  हुन् ?

२०३४ असोज २९ गते स्याङजाको फेदीखोला गाउँपालिका- ३ भाटखोलामा जन्मिएका अर्जुन सुनाम एमालेले गण्डकी प्रदेशबाट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता हुन् ।

२०४५ सालमा नेकपा मार्क्सवादीको नेपाल प्रगतिशील युनियनमार्फत राजनीतिमा लागेका थिए । त्यसपछि उनले अनेरास्ववियुको स्याङ्जा जिल्ला सचिव र उपाध्यक्षको समेत भूमिका निर्वाह गरेका थिए ।

२०६० सालमा अनेरास्ववियु गण्डकी अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी २०६० मा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका सोनाम ०६५ मा उपसभापतिमा निर्वाचित भए ।

विद्यार्थी हक हित र समाज रुपान्तरण तथा समाज परिवर्तनका आन्दोलनको मोर्चामा कुशल तथा अग्रणी नेतृत्व गरेका सुनाम पटकपटक पक्राउ, गिरफ्तार, यातना र जेल जीवन समेत भोगिसकेका छन् ।

विभिन्न विद्यार्थी संगठनबीच चर्को राजनीति हुने पृथ्वीनारायण क्याम्पसमा २०६५ साल माघ ०८ गते अखिल क्रान्तिकारी र वाईसीएलको साङ्घातिक आक्रमणमा परेर मृत्युको मुखमा पुगेका सुनामको गम्भीर घाइते अवस्थामा हेलिकोप्टर मार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारका क्रममा १३ घण्टापछि मात्र उनको होस खुलेको थियो ।

न्यूरो अस्पताल काठमाडौंमा लामो उपचारपछि डिस्चार्ज भएका सोनाम दुई वर्षसम्म वैशाखीको सहारामा हिँडडुल गर्दथे । अहिले पनि उनी शारीरिक रुपमा अशक्त नै छन् । तर सुनाम झनै संघर्षशील र त्यागी युवा नेताका रुपमा चिनिन्छन् ।

सुनाम अनेरास्ववियुको केन्द्रीय सदस्य,पार्टीको महाधिवेशन प्रतिनिधि, दलित तथा जनजातिहरुको प्रतिनिधित्व गर्ने नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षसमेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्य र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सचिव रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank