दलित समुदायको जग्गा हडप्न नपाएपछि ज्यान मार्ने धम्की

दलित अनलाईन २८ पुष २०७८, बुधबार १०:१५

सिरहा — दलित समुदायको जग्गा आफ्नो बनाउन नपाएपछि सिरहामा एक गैदलितले जग्गाधनी दलित समुदायका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका छन् ।

सरहा जिल्ला औरही गाउँपालिका वडा ५ का गनौरा महराको जमिन आफनै नाउँमा बनाउन नपाएपछि स्थानीय रविन्द्र यादवले पटक पटक महराको ज्यान लिने प्रयास गरेका हुन् ।

महराले दश वर्ष अघि पैसा खोजेर ३ कठा १० धुर जमिन किनेका थिए । यादवहरुको जमिनसँग छोएिको जग्गा किनेपछि महरालाई यादवहरुले विभिन्न वहानामा तनाब दिने र जग्गालाई आफ्नो बनाउने गरी षयन्त्रणपूर्ण ढंगबाट यादव समूहका रविन्द्र यादवले महरामाथि विभिन्न समयमा धम्की र मार्ने प्रयास समेत गरेका थिए ।
स्थानीय रविन्द्र यादवले गनौरा महराविरुद्ध जिल्ला अदालत सिरहामा आफ्नो बनाउने बहानामा मुद्दा हालेका थिए । उक्त मुद्दामा जग्गाधनी गनौरा महराले जितेपछि यादवले थप उच्च अदालत राजविराजमा महराविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

श्रीमान गनौरामाथि यादवले पटकपटक ज्यान मार्ने प्रयास गरिरहेको श्रीमति रामरति महराले बताईन । पौष २२ गते आफ्नो जग्गाबाट श्रीमान घरतर्फ फर्किदै गदै रविन्द्र यादवले मटरसाईकालले बाटो छिकेर किच्न खोजेपछि महरा बाटोमा लडेका रामरति जनाकारी दिइन् ।

महरालाई यादवले बाटो छेउछाउँमा पुराउँदै किच्न खोजेपछि बाटोमा लड्दा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सिरहामा लागिएको रामरतिले बताइन् । घटनाको सबै विषयमा जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गरेपनि प्रशासनले कुनै चासो नलिएको पीडित परिवारको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank