काठमाडौं — माओवादी केन्द्रको आठौं महाधिवेशनबाट दलिततर्फ १६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार अध्यक्ष प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यको नामावली बन्दसत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावली नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गरेको थियो ।
दलित पुरुषतर्फ
विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की
दलित महिला
अन्जना बिसंखे
सुशीला श्रीपाईली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल
दलित युवा
सुबोध श्रीपाइली
दलित युवा महिला
पार्वती बिक
दुईजना घोषणा गर्न बाँकी
Leave a Reply