कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित मानबहादुर नेपाली को हुन् ?

दलित अनलाईन ८ पुष २०७८, बिहीबार २१:२३

काठमाडौँ —  नेपाली कांग्रेसको दलित कलष्टरतर्फ केन्द्रीय सदस्य पदमा रुकुम पश्चिमका मानबहादुर नेपाली निर्वाचित भएका छन्। बुधबार बेलुका आएको मतपरिणामअनुसार नेपालीले २२९० मत ल्याएर निर्वाचित भएका हुन ।

नेपाली सहित प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने प्रकाश रसाईली स्नेही शेखर कोइराला पक्षका मानिन्छन्।

को हुन् मानबहादुर नेपाली ?

राजनीति शास्त्रमा स्नातक उत्तिर्ण नेपाली लोकप्रिय नेता त हुन नै उनले विगतमा माओबादी उद्गम थलो रुकुममा प्रजातन्त्र जोगाउन खेलेको भूमिका निकै अविस्मरणिय छ । जो अविचलित रुपमा नेपाली काँग्रेसको मियो बनेर रुकुम जस्ता बिकट पहाडी जिल्लामा लोकतन्त्रको रक्षार्थ सतिसाल बनेर उभिदै आएका एक सच्चा सिपाही हुन ।
स्पष्ट बक्ता नेता नेपाली पार्टीको ग्रास रुट बाटै पार्टी संगठन निर्माण गर्दै राजनीतिलाई समाज रुपान्तरण र देश विकासमा जोड्नु पर्छ भनेर अनवरत रुपमा लागि परेका नेता हुन ।

राजनीति सेवाको लागि हो र यो संधै समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्नेता राख्ने नेता हुन नेपाली । नेता नेपाली दलित समुदायबाट जिल्ला सभापति बनेका काँग्रेस भित्र नेपालकै पहिलो दलित नेता हुन । जो १२औं महाधिबेशनबाट रुकुमको पार्टी सभापति बनेका थिए ।

नेता नेपालीको राजनीतिक पृष्ठभूमी नियाल्दा २०५२ सालमा उनी नेपाल बिद्यार्थी संघ रुकुमको सभापति बनेका थिए । जतिखेर माओबादीको सशस्त्र द्धन्द चरम उत्कर्षमा थियो अर्थात नेपाली काँग्रेस हुँ भन्दापनि ज्यान जोखिममा पर्ने अवस्था थियो त्यो जगजगिको समय २०५४ सालमा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर पार्टीको बिउ जोगाउने साहाशी युवा हुन ।

नेता नेपाली १०औं महाधिबेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिव भएका थिए । त्यसपछि नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय सचिव समेतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका नेता हुन ।

उनको निष्ठा, लगन र क्रियासिलताका कारण पार्टीबाट नेता नेपाली २०७१ सालमा राष्टिय दलित आयोगको अध्यक्षका रुपमा दूई बर्ष काम गरेको अनुभव पनि छ ।
नेता नेपालीले २०५७ सालमा मध्यपश्चिमबाट उपक्षित उत्पिडीत दलित वर्ग उत्थान बर्ग समितिको सदस्य भइ काम गरेका थिए ।

नेता नेपाली पार्टीमा संघीय संसदको समानुपातिक सुचिमा तीन पटकसम्म नाम पर्नुले पनि उनको योगदान र लोकप्रियता उजागर हुन्छ । तर, नेपाली हालसम्म सांसद बन्ने अबसरबाट भने हालसम्म बञ्चित हुँदै आएका छन् ।

१३औं महाधिबेशनमा पनि नेपाली केन्द्रीय सदस्यमा दलित कोटाबाटै भिडेका थिए । उतिखेर उनी झिनो मतान्तरले मात्रै पराजित भएका थिए । पार्टी भित्रको लोकतान्त्रिक अभ्यास भएपनि कहिले काँही प्राविधिक कारणले पनि निर्वाचनमा पछि परिने भएपनि यसपटक आफुलाई गत महाधिबेसनको अनुभवले पनि धेरै परिपक्व बनाएको हुँदा  लोकप्रिय मत प्राप्त गरि बिजयी भएको बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank