आठ दिनपछि भेटिएका चन्द्रे कामी कहाँ थिए ?

दलित अनलाईन ७ पुष २०७८, बुधबार १९:३२

काठमाडौँ — अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिका–५ याङ्चुबजारमा बाटोमा हिँड्दै गरेको अवस्थामा चन्द्रेलाई प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्‍लाले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । बिहान ८ खार्पुनाथको याङ्चु याङ्चुबजारमा एक्लै हिँडिरहेको अवस्थामा भेटेका प्रहरी निरीक्षक भण्डारीले बताए ।
बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा गएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिमकोट ल्याएको छ । घटनाको थप अनुसन्धानका लागि सोधपुछ गरेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता थिए । परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए ।  माइती पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको दाबी छ ।

‘अपहरण हो वा के हो भन्ने कुरा खुलिसकेको छैन। मानिस फेला पर्नुभएको छ। थप अनुसन्धानमा खुल्छ,’ जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक सीडीओ दशरदचन्द राईले  भने।

बेपत्ता भएका युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझ्ने कार्य प्रशासनले अगाडि बढाएको छ। मल्लका बुवालाई पनि प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको राईले जानकारी दिए। युवकको खोजीका लागि २५ जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ। किशोरी पनि पक्राउ परिसकेकी छिन्।

कहाँ थिए, चन्द्र कामी  ?
आठ दिन अघि सर्केगाड गाउँपालिका–१  बाट गैरदलित युवाहरुको टोलीले सामूहिक कुटपिटपछि अपहरणको शैलीमा  एकाएक गायब भएका चन्द्र कामी कहाँ थिए  ?  मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता थिए । परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए ।

माइती पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको दाबी छ । तर  आठ  दिनसम्म गैरदलित युवाहरुले लिएर गएको भनिएका चन्द्रे कसरी बजारमा एक्लै हिडिरहेको अवस्थामा एकाएक भेटिए । अन्तरजातीय प्रेम विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएको भन्दै असुरक्षित महसुस गरी चन्द्रे कामीले श्रीमति रमिला मल्ललाई घरतिर नलगेर छिमेकी गाउँमा बसेका थिए ।

उनी कहाँ थिए ? कस्तो अवस्थामा थिए ? को – कोसँग थिए ? उनलाई शारिरिक र मानसिक याताना दिइयो कि दिइएन् ?  चन्द्रेको लागि सुरक्षा ग्यारेण्टी को बाट हुन्छ ? हराएका भनिएका व्यक्ति चन्द्र कामीमाथि  पनि रुकुम हत्या प्रकरण दोरिन्छ भन्दै सरकारविरुद्ध मोर्चाबन्दी हुँदै गर्दा र घटनाको सत्यतथ्य खोजविनका लागि सडक दबाबमा उत्रिदै गर्दा अर्को गाउँपालिकामा भेटिनु निकै रहस्यमय छ । २० युवाहरुको कुटपिटपछि हात बाँधेर अपहरणकै शैलीमा बेपत्ता पारिएका चन्द्रे कामी ठूलो घटनाबाट जोगिए । तर जात व्यवस्थाले सिर्जना गरेको कामी र मल्लबीचको जात व्यवस्थाको कुरुपताले  हुम्लाका चन्द्रे कामीलाई मात्र सताएको छैन, सिगो दलित समुदायलाई सताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank