केन्द्रीय सदस्यको ९ सिटका लागि ३४ जनाको दलित नेताहरुको उम्मेदवारी

दलित अनलाईन २६ मंसिर २०७८, आईतवार १९:४५

काठमाडौं  —नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दलिततर्फको केन्द्रीय सदस्यको ९ सिटका लागि ३४ जनाको उम्मेदवारी परेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै दलिततर्फको खुला केन्द्रीय सदस्यमा ३४ जनाको उम्मेदवारी कायम रहेको हो ।

समितिका अनुसार दलिततर्फ केन्द्रीय सदस्यमा पाँच जना खुला र चार जना दलित महिलाबाट निर्वाचित हुनेछन् । जसमा दलित खुलातर्फ पाँच पदका लागि २१ जनाको उम्मेदवारी परेको छ । जसमा सबैजना पुरुषको मात्र उम्मदवारी परेको छ । सुरुमा दलित खुलातर्फ २७ जनाले उम्मेदवारी दर्ता गरे पनि उम्मेदवारी फिर्ता गर्ने समयावधिभित्र ६ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

यस्तै चार जना दलित महिलातर्फ १३ जनाको उम्मेदवारी परेको छ । दलित महिलातर्फ एक जना महिलाले पनि उम्मेदवारी फिर्ता नलिएपछि १३ जनाको नै उम्मेदवारी कायम रहेको जनाएकाे छ ।

दलित खुलातर्फ काँग्रेस नेता मीनबहादुर विश्वकर्माले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् । यस अघि समावेशी दतिलतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका विश्वकर्मा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको प्यालनमा नअटाएपछि उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाएका थिए ।

खुला केन्द्रीय सदस्यमा पनि देउवाको प्यानलमा अटाउन नसकेपछि उनले उम्मेदवारी नदिने सोच बनाएका थिए । तर, विश्ववकर्माका  सुभचिन्तकले दतिल खुलातर्फ उम्मेदवारी दर्ता गरिदिएपछि उनले आइतबार बिहानै उम्मेदवारी फिर्ता लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank