सरकारले राष्ट्रिय युवा नीति तयार गर्दैछः मन्त्री गहतराज

दलित अनलाईन २१ मंसिर २०७८, मंगलवार २१:२८

नेपालगञ्ज — युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले देशको प्रमुख शक्ति युवालाई राष्ट्र निर्माणमा उपयोग गर्नेगरी राष्ट्रिय युवा नीति तयार पारिरहेको बताएका छन् ।

मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले बाँकेको कोहलपुरमा आयोजना गरेको चालु आर्थिक वर्षको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले अब सबै युवालाई समृद्ध नेपालका लागि उपयोग गरिने बताएका हुन् ।

युवालाई रोजगार, स्वरोजगार बनाउन तथा स्रोतको पनि व्यवस्थापन गरेर आत्मनिर्भर बनाउने गरी नीति र्तजुमाको काम भइरहेको मन्त्री गहतराजले बताए । देशको ४० प्रतिशत युवाको अपेक्षा पूरा गर्न मन्त्रालयसँग कुल बजेटको १ प्रतिशतभन्दा कम बजेट हुनु आफैमा दुखद भएको बताउँदै मन्त्री गहतराजले सीमित स्रोतबाट उपलब्धीमुलक काम गर्नुपर्ने अवस्था रहेको औल्याए ।

वैदेशिक रोजगारमा जाने युवालाई सीपमुलक बनाउनुका साथै सीपआर्जन गरी सकेपछि पनि स्रोत पुँजीको व्यवस्थापन गनुपर्ने उनले दावी गरे ।

मन्त्रालयले निकट भविष्यमा अनुभव आदानप्रदान हुने हिसावले सफल युवा उद्यमी र केही गरौ भन्ने सोच भएका युवाबीच बृहत अन्तरक्रिया गरी युवामा उत्साह भर्ने उनले बताए ।
निराश युवालाई उत्साह थप्ने काम मन्त्रालयको भएको भन्द युवालाई उत्पादनमुलक व्यवसाय गरेर आफु आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्ध गर्नेगरि काम गर्न सो अवसरमा मन्त्री गहतराजले सुझाव दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले रोजगार र स्वरोजगार बनाउनेखाले युवा नीति बनाउन लागिएको जानकारी दिए । तीन तहको समन्वयमा मात्रै युवालाई रोजगार र स्वरोजगार बनाउन सकिने उनको भनाई छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले युवालाई देश निर्माणमा सहभागी नगराएसम्म देश अघि बढ्न नसक्ने बताए ।

दुई दिने सो कार्यक्रममा युवा परिषद लुम्बिनी र सुदुरपश्चिम प्रदेश जिल्ला अध्यक्षहरु, दुवै प्रदेशका युवा मन्त्रालयका अधिकारीहरु, स्थानीय तहका युवा तथा खेलकुद विकास शाखाका प्रमुखहरुको सहभागिता रहेको युवा परिषदका कार्यालय प्रमुख बाबुराम गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank