जातीय आधारमा गाली-गलौज गरी कुटपिट गर्नेमाथि कारबाही गर्ने दलित अधिकारकर्मीहरुले थाले संघर्ष

दलित अनलाईन १५ मंसिर २०७८, बुधबार २३:२३

सुनसरी दुहबी — प्रहरी कार्यालय अगाडी  वृद्धा उमेरकी एकल दलित महिला र उनकी छोरीलाई जातीय विभेद गदै गालीगलौज र कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न ढिला गरेको भन्दै सिंहदबारलाई दबाब दिने दलित अधिकारकर्मीहरुले घोषणा गरेका छन् ।

सुनसरीको दुहबी नगरपालिका ५ मा कात्र्तिक २३ गते आमा छोरीमाथि भएको कुटपिट र जातीय विभेदको घटनालाई प्रहरी प्रशासनबाट घटनाको दोषीलाई पक्राउ गर्ने ढिला सुस्ती गरेको भन्दै सिंहदबारलाई दबाब दिने घोषणा गरेका हुन् ।

दुहबी नगरपालिका ५ की ७० वर्षीय एक महिला लक्ष्मी परियार र उनकी छोरी ४० वर्षीय आरती परियारलाई इलाका प्रहरी कार्यालय दुहबीकै अगाडी जातिय आधारमा गालीगलौज गरी कुटपिट गर्ने रोशन कार्की उनका भाई रवि कार्की र सन्तोष कर्ण अझै पक्राउ परेका छैनन् । आमा छोरीमाथि दुहबी नगरपालिका ४ का ३९ वर्षीय रोशन कार्की उनका भाई ३५ वर्षीय रवि कार्की र ज्वाई , ३२ वर्षीय सन्तोष कर्णले जातीय आधारमा गालीगलौज गरी कुटपिट थिए ।

इलाका प्रहरी कार्यालय अगाडी मंगलबार पत्रकार सम्मेलन गर्देै दलित अगुवा र पिडितहरुले अमानविय तरिकाले बृद्धा एकल दलित महिला र उनकी छोरीलाई जातिय गालीगलौज गदै कुटपिट गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडी नवढाएसम्म न्यायको संघर्ष निरन्तर जारी राख्ने बताएका छन । न्यायका लागि मानव अधिकार र दलित आयोगदेखि मुख्यमन्त्री, गृहमन्त्रीसम्म जाने उनीहरुको तयारी छ । दलित अधिकारर्मीहरु आरोपी पक्राउ नपरेमा एक भएर अझै कडा संघर्ष थाल्ने उनीहरुले जानकारी गराएका छन ।

दलित अधिकारर्मीहरु ईप्रका दुहबी अगाडी पत्रकार सम्मेलन गर्दै पिडित बृद्धा लक्ष्मी र उनकी छोरीले आफुहरुलाई अमानविय तरिकाले जधन्य कुटपिट गर्नेहरुलाई किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ नगरेकोले न्यायका लागि संघर्ष थाल्न बाध्य भएको बताए । आरोपीहरुलाई पक्राउ गरेर कानुनी कार्वाही नगरेसम्म आफुहरु न्यायका लागि निरन्तर संघर्ष गरिरहने उनीहरुको अठोट छ । आमा लक्ष्मी र छोरी आरतीले भने,‘हामीलाई कुटपिट गर्नेहरुलाई पक्राउ गराउन हामी आइजी, मुख्यमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री को-कसलाई भेटनुपर्ने, कहाँ-कहाँ जानुपर्ने हो र कस्तो -कस्तो अनशन बस्नुपर्ने हो हामी तयार छौ ।’,

दलित अगुवा ज्ञानबहादुर परियारले बल र पैसाको भरमा न्याय मार्न खोजिएकोले सबै दलित एक भएर न्यायको सघर्षलाई चरणबद्ध रुपमा अगाडी बढाउन बाध्य भएको बताए । उनले भने ‘प्रहरीकै अगाडी भएको अमाविय घटनामा प्रहरी चुपचाप छ यसैले शान्तिको मन्दिरलाई अपराधिको क्यान्टिन बन्न कदापी दिदैनौ ।’ परियार सेवा समाज मोरङका अध्यक्ष रत्न परियारले आँखै अगाडीको अमानविय घटनामा पनि प्रहरी गम्भिर नहुनु दुखद हो भन्दै पिडितलाई साथ दिन आफुहरु तयार छौ भने ।
दलित अगुवा तिलक परियारले पनि न्यायका लागि सबै दलित एक हुनुको बिकल्प नभएको भन्दै भने , ‘निरिह दलितहरुमाथि बिना दोष अमानविय अत्यचार गर्नेहरुलाई प्रहरीले कुनै हालतले उन्मुक्त्ति दिन पाउदैन र अन्यायलाई अब सधै हामी दलितहरु पनि टुलुटुलु हेरेर मात्र बसिरहदैनौ न्यायको संघर्षलाई बढाउदै लैजान्छौ ।,

अमानविय कुटपिट भएपछि पिडितहरुले इलाका प्रहरी कार्यालयमा दुहबीमा रोशन कार्की , रविन कार्की र ज्वाई सन्तोष कर्ण विरुद्ध ज्यान मार्ने उद्योग र जातिय विभेद कसुरमा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरुले सरकारी वकिलको कार्यालय मार्फत ९ मंसिरमा बल्ल ईप्रका दुहबीमा ‘छुवाछुत उत्पीडन र ज्यान मार्ने उद्योग’ कसुरमा जाहेरी दर्ता गराउन सफल भएका छन । तर प्रहरीले जाहेरी दर्ता गरेपनि खुले आम हिडिरहेका कुनै आरोपीलाई पक्राउ गरेको छैन । आरोपीहरु सबै विदेश जाने तयारीमा रहेको स्थानिय छिमेकीहरुले बताए ।
ईप्रका दुहवीका ईन्स्पेक्टर घनेन्द्रहाङ खुजुमले बाहिर जाहेरी दर्ता गरेर आरोपीहरुलाई खोजी गरिरहेको बताए । ‘हामी फेला पर्नासाथ पक्राउ गरेर अनुसन्धान अगाडी बढाउने छौ पिडितहरुले अनावश्यक हल्ला गरिरहनुभएको छ उहाँहरुले भने झै आजको भोलि नै सबै कुरा हुदैन ।’,

यौन शोषणको पोल खुलेपछि उल्टै अभद्र व्यवहारको उजुरी
दुहबी नगरपालिका ५ मा ईलाका प्रहरी दुहबी नजिकै ७० बर्षिय बृद्धा लक्ष्मी परियार छोरी आरतीसँग सुकुम्बासी जमिनमा बनाएको सानो घरमा बस्दै आएकी छन । एकल महिला भएको र आम्दानीको श्रोत नभएकोले बृद्धा भत्ताबाट उनी गुजारा चलाउछिन । पिडित, आफन्त र छिमेकीहरुका अनुसार केही दिनदेखी नजिकै बस्ने रिटायर्ड प्रहरी ६५ वर्षीय टिकाराम कार्कीले मादक पर्दाथ सेवन गरेर घरमा आएर लक्ष्मीकी छोरी आरतीलाई यौन शोषणको नियतले छेडखानी गर्न थालेका थिए । उनले आफुकै कारण सुकुम्बासी जमिनमा बासोवास गर्न सफल भएको भन्दै भनेको नमाने उठीबास पनि लगाउन सक्ने भन्दै धाकधम्की दिने गर्दथे । प्राय रक्सी खाएर बर्वराउदै हिडने र पैसा पनि हत्तपत्ती नतिर्ने नारायाणले २२ कार्तिक अपरान्ह्र मातेर आएर आरतीलाई यौन शोषणको नियतले अभद्र व्यवहार गर्न खोजेपछि आरतीले चप्पले उचालेर कुटपीट गर्ने चेतावनी दिदै घरबाट भगाएकी थिइन ।

उक्त्त घटनापछि आरतीकी आमा र दिदी गीताले बाबुलाई सम्हालेर राख्नु मति छाडदैछन भन्दै छोराहरुलाई फोन मार्फत सम्झाएका थिए । तर दलित महिलालाई छेडखानी गर्न खोज्दा चप्पल उज्याएपछि भाग्नु परेको कुरा बाहिरिएपछि बृद्ध नारायण कार्कीले गल्ति ढाकछोप गर्न आफुलाई अभद्र व्यवहार गरेको भन्दै २३ कार्तिकमा दुहबी थानामा उजुरी दिएका थिए ।

प्रहरीले घटना  मिलापत्र गराउन दुवै पक्षसँग छलफल

प्रहरीले समान्य घटना बुझेर मिलापत्र गराउन दुवै पक्षलाई छलफलमा बोलाएको थियो । छलफलका क्रममा आमा छोरीले आफुहरुले कुनै गल्ती गरेको बरु बृद्ध नारायणकै गल्ति भएको बताएपछि प्रहरीले दुवै पक्षलाई बुझाई पठाएको थियो ।
यता प्रहरीबाट कारबाही गराउन नसकेपछि कार्कीका छोरा र ज्वाईहरु आक्रोशित भएका थिए ।यसैले बृद्धा लक्ष्मी र उनकी छोरीलाई नारायणका छोराहरु रोशन कार्की , रबि कार्की र ज्वाई सन्तोष कर्णले कार्यालय बाहिर निस्कने बित्तिकै ‘तँ दमिनीहरुलाई जे पनि गर्न सक्छौ हाम्रो बिरोधमा लाग्ने हेछौ तिमरुले के लछार्छौ ? ’ भन्दै शरिरका लुगा च्यात्दै र मुक्का र लात्ताले हान्दै घिसादै अमानविय तरिकाले कुटपिट गरेका थिए । तर आँगन अगाडी पुरुषहरुबाट बृद्ध महिलाहरुमाथि जधन्य कुटपिट हुँदा पनि प्रहरीले कुनै बचाउ गरेन । र , कुटपिट गर्नेहरुलाई तुरुन्तै पक्राउ पनि गर्न चाहेन ।

अमानविय कुटपिटबाट आमा लक्ष्मी र छोरी आरती गम्भिर घाइते भए । उनीहरु दुबैले २० दिन अस्पतालमा भर्ना भएर उपचार गराउनु परयो । दुहबीकै जनज्योती अस्पतामा उपचार बापतको १ लाख रुपैया पनि पिडितहरु आफैले तिर्नुपरयो । अझै पनि आफुहरुको अनुहार , टाउको र शरिरमा चोट रहेको र दुखाईले निरन्तर ज्वरो आइरहेकोले औषधी सेबन गरिरहेको उनीहरुले बताए ।

शरिरका लुगा च्यातेर लछापछार गर्दै कुटपिट गरेकोले छोरी आरती मानसिक रुपमा विक्षित भएको आमा लक्ष्मीले बताइन । ज्वाई नारायण परियारका अनुसार कुटपिट गर्नेहरुले धाकधम्की दिदै मिलापत्र गर्न दबाब दिइरहेका छन । म्याद गुजारेर एकैचोटी अदालतमा हाजिर भएर छुटने उनीहरुको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank