चितवनमा गैरदलितबाट भिम विश्वकर्माको हत्या

दलित अनलाईन अशोज ३१, २०७८

काठमाडौं —दलित समुदायले मन्दिरमा गएर सामुहिक रुपमा पूजा गर्न पाउनु पर्ने आवाज उठाउँदा गैरदलित समुदायबाट कुटपिट गरी दलित समुदायको हत्या गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भिमबहादुर विश्वकर्माको गैरदलित युवाहरुले कुटपिट गरेर हत्या गरिएको हो ।

असोज २८ गते (दशैको महानवमीको दिन) भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए । सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पुजाको कार्यक्रम भइरहेको थियो । दुर्गा मन्दिरमा दलितहरुलाई पुजा गर्न पहिलेदेखि नै प्रतिवन्ध लगाईएको थियो ।
दशैको अवसरमा दलितहरुलाई उक्त मन्दिरमा पुजा गर्न दिनुपर्छ भनेर विश्वकर्मा आवाज उठाएका थिए । सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस् ’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको बताइएको छ ।
उनीहरुले टाउको गिद्दी नै बाहिर निस्कने गरि वीभत्स हत्या गरेको स्थानीय अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।
यस घटना विरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिइसकेका छन् । उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ । अब जातीय विभेद सम्बन्धी ऐन अनुसार मुद्दा दर्ता गरी कानुनी कारबाहीमा लागि अघि बढ्ने लछुराम विकले बताए ।

No description available.
मृतकको घरमा अधिकारकर्मीहरु

श्रेष्ठ र क्षेत्रीलाई जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा राखिएको छ ।  उनीहरु माथि सोधपुछ भइरहेको डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
मृतक विश्वकर्माको शरिरको पोष्टमार्डम गरिसकिएको छ । तर, पोष्टमार्डमको रिपोर्ट भने नआइसकेको मृतकका छोरा किसान विकले जानकारी दिए ।
विक रक्सी खाएर आएर हल्ला गरेको आरोप पनि लगाएका छन् । तर, मृतकका छोरा किसानले आफ्नो बाबु रक्सी खाएर हल्ला गर्ने खालको नभएको बताए । ‘चाडपर्वको समयमा अलि अलि रक्सी खानु स्वभाविक हो । अरुले पनि खाएका हुन्छन्,’ उनले भने, ‘रक्सी खाएपनि ज्याननै लिनुपर्ने आवश्यक किन ? यो मुद्दालाई कम्जोर बनाउनका लागि मात्र यो बिषयललाई माथि ल्याइएको हो ।’
यता डीएसपी अधिकारीलले भने यस मुद्दामा जातीय विभेदको बिषय जोडिएको जानकारी नआएको बताए ।

‘शुक्रबारसम्म यस घटनामा जातिय विभेद पनि जोडिएको छ भनेर जानकारी आएको थिएन । मृतकले मादक पदार्थ सेवन गरेर हल्ला गरेको भन्ने जानकारी आएको थियो । तर, मादक पदार्थ सेवन गर्दा पनि हत्या नै गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले यस घटनामा जातिय बिभेदको बिषय पनि जोडिएको जानकारी आएको छ । यस बिषयमा रहेर पनि हामीले अनुसन्धान गर्छाै ।’
यसै सन्दर्भमा वडा अध्यक्ष सहित बिभिन्न पार्टीको २ जना प्रतिनिधि बनाएर भिम बहादुर बिक न्यायिक समिति पनि बनाइएको छ । उक्त समितिले यस घटनाको बिषयमा आवश्यक दवाव दिने काम गर्ने अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।

No description available.

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank