चितवनमा गैरदलितबाट भिम विश्वकर्माको हत्या

दलित अनलाईन ३१ आश्विन २०७८, आईतवार १७:११

काठमाडौं —दलित समुदायले मन्दिरमा गएर सामुहिक रुपमा पूजा गर्न पाउनु पर्ने आवाज उठाउँदा गैरदलित समुदायबाट कुटपिट गरी दलित समुदायको हत्या गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भिमबहादुर विश्वकर्माको गैरदलित युवाहरुले कुटपिट गरेर हत्या गरिएको हो ।

असोज २८ गते (दशैको महानवमीको दिन) भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए । सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पुजाको कार्यक्रम भइरहेको थियो । दुर्गा मन्दिरमा दलितहरुलाई पुजा गर्न पहिलेदेखि नै प्रतिवन्ध लगाईएको थियो ।
दशैको अवसरमा दलितहरुलाई उक्त मन्दिरमा पुजा गर्न दिनुपर्छ भनेर विश्वकर्मा आवाज उठाएका थिए । सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस् ’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको बताइएको छ ।
उनीहरुले टाउको गिद्दी नै बाहिर निस्कने गरि वीभत्स हत्या गरेको स्थानीय अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।
यस घटना विरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिइसकेका छन् । उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ । अब जातीय विभेद सम्बन्धी ऐन अनुसार मुद्दा दर्ता गरी कानुनी कारबाहीमा लागि अघि बढ्ने लछुराम विकले बताए ।

No description available.
मृतकको घरमा अधिकारकर्मीहरु

श्रेष्ठ र क्षेत्रीलाई जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा राखिएको छ ।  उनीहरु माथि सोधपुछ भइरहेको डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
मृतक विश्वकर्माको शरिरको पोष्टमार्डम गरिसकिएको छ । तर, पोष्टमार्डमको रिपोर्ट भने नआइसकेको मृतकका छोरा किसान विकले जानकारी दिए ।
विक रक्सी खाएर आएर हल्ला गरेको आरोप पनि लगाएका छन् । तर, मृतकका छोरा किसानले आफ्नो बाबु रक्सी खाएर हल्ला गर्ने खालको नभएको बताए । ‘चाडपर्वको समयमा अलि अलि रक्सी खानु स्वभाविक हो । अरुले पनि खाएका हुन्छन्,’ उनले भने, ‘रक्सी खाएपनि ज्याननै लिनुपर्ने आवश्यक किन ? यो मुद्दालाई कम्जोर बनाउनका लागि मात्र यो बिषयललाई माथि ल्याइएको हो ।’
यता डीएसपी अधिकारीलले भने यस मुद्दामा जातीय विभेदको बिषय जोडिएको जानकारी नआएको बताए ।

‘शुक्रबारसम्म यस घटनामा जातिय विभेद पनि जोडिएको छ भनेर जानकारी आएको थिएन । मृतकले मादक पदार्थ सेवन गरेर हल्ला गरेको भन्ने जानकारी आएको थियो । तर, मादक पदार्थ सेवन गर्दा पनि हत्या नै गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले यस घटनामा जातिय बिभेदको बिषय पनि जोडिएको जानकारी आएको छ । यस बिषयमा रहेर पनि हामीले अनुसन्धान गर्छाै ।’
यसै सन्दर्भमा वडा अध्यक्ष सहित बिभिन्न पार्टीको २ जना प्रतिनिधि बनाएर भिम बहादुर बिक न्यायिक समिति पनि बनाइएको छ । उक्त समितिले यस घटनाको बिषयमा आवश्यक दवाव दिने काम गर्ने अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।

No description available.

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank