स्यालुट तालिवान !

गणेश चिन्तन ५ भाद्र २०७८, शनिबार १३:३१

 

तिम्रो देशमा तिम्रो
इस्लाम कट्टरताको
कानुनले ताडित
अफगानीहरूको कथा
मलाई नि
अलि अलि थाहा छ
हिन्दु कट्टरताको
जुलुमी ताडनाले
म पनि कम्ता
ताडित छैन यहाँ
तिमी देख्न सक्छौ
म अझै यहाँ
मान्छे हुन पाएको छैन ।।

देश तिम्रो हो
अफगानी तिम्रा हुन्
अफगानी माटोको रक्षार्थ
अफगानी जनताको
स्वाभिमानको रक्षार्थ
माया नहुँदो
मिसायलसंग लड्ने ताकत
गोलीसंग भिड्ने साहस
कसरी पैदा भयो होला ?
तिमीमाथि उठेका
कचकच टिप्पणीहरू
सब बकबास हुन्
विध्वंस भएको देशलाई
अब निर्माण गर
देखाउ अर्को चमत्कार ।।

साम्राज्यवादी चंगुलबाट
देश मुक्त बनाउने
यस शताब्दीकै
चमत्कारिक बिद्रोहलाई
अन्तस्करणदेखि
स्यालुट गर्छु
सम्मान गर्छु
साम्राज्यवादलाई
धुलो चटायौ
अफगानीहरू तिम्रा हुन्
कठोर वा उदार
तिम्रो मान्यतामा
देश चलाउने हो
किनकि त्यो
तिम्रो अधिकार हो ।।

फेरि अलि अलि सुन्छु
केही भाडाका
कठपुतली कायरहरू
साम्राज्यवादी स्यालहरू
तिम्रो अधम्य साहस
र बहादुरीतालाई भाँड्न
जुलुस लाउन थाले रे
स्याल झैं
कराउन थाले रे
तिमीले बुझ्नु
त्यो साम्राज्यवादीहरूको
भाँड इसारा हो
त्यसलाई त तिमीले
एक चट्की लगाए पुग्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank