कोरोना महामारीमा दलित समुदाय सबैभन्दा पीडित

आशिका लम्साल २७ श्रावण २०७८, बुधबार १५:५७

मोरङ — कोरोना महामारीको समयमा सबैभन्दा बढि समस्या दलित समुदायले भोग्नुपरेको प्रस्ट भएको छ । अनुसन्धानकर्ता जेवि विश्वकर्माले देशभरि गरेको अध्ययन अनुसार कोरोना कालमा सबैभन्दा बढि दलितहरुले समस्या भोग्नुपरेको प्रस्ट भएको हो ।

अनुसन्धानकर्ता विश्वकर्माको अध्ययन अनुसार कोरोनाले गर्दा दलितहरुले समाजिक , साँस्कृतिक , आर्थिक रुपमा अरुले भन्दा बढि समस्या भोग्नुपरेको छ । कोरोनाले गर्दा दलितहरु दैनिक ज्यालामजदुरीबाट बंञ्चित हुनुपर्दा आत्महत्याका घटना बढेको,चर्को व्याजदरको मार सहनुपरेको,अनलाइन शिक्षाबाट बंचित भएको,अन्तरजातीय विवाहहरु डिभोर्समा परिणत हुनुपुगेकोदेखी क्वारेन्टनमा समेत दलित भएकै कारण जातिय विभेद भोग्नु परेका घटना भएका छन । यसैगरि स्वाथ्य सामग्री उपभोगबाट बंञ्चित भएको कुपोषण र निमोनियाले गर्दा दलितहरुलई कोरोना संक्रमणबाट जोगिन गाह्रो पर्ने गरेको छ ।

कोरोना पिडित दलितलाई विशेष प्राथमिकता दिनुपर्छ
प्रदेश १ योजना आयोगका सदस्य डा पुर्णकुमार लक्समले कोरोना महामारीमा दलित समुदाय सबैभन्दा पिडित बनेकोले उनीहरुका लागि सरकारले बिशेष प्राथमिकता दिनुपर्ने बताउँछन । २४ साउनमा कोरोना महामारीमा दलित समुदायले भोग्नुपरेको अवस्थाबारे सार्वजनिक गरिएको अनुसन्धान प्रतिबेदनलाई सर्मथन गर्दे सदस्य लक्समले सबैभन्दा पिँधमा पारिएको समुदाय दलित भएको र कोरोना कालमा पनि यो समुदायमै सबैप्रकारले मारमा परेकोले सरकारले बिशेष प्राथमिकता दिनुपर्ने बताएका हुन । उनले कारोनाको मारमा परेका दलित समुदायलाई निर्वाहमुखी राहत दिनुपर्ने , सरकारले कोभिड रोजगारीमा दलित युवाहरुलाई प्राथमिता दिनुपर्नेमा जोड दिए ।
प्रदेश १ जनता समाजबादी पार्टी संसदिय दलका नेता जयराम यादवले कोरोना मारमा परेका दलितहरुका लागि राज्यले सकारात्मक नीति बनाएर प्याकेजमा राहत प्रदान गर्नुपर्नेमा जोड दिए ।

कोरोनाले गर्दा दलितहरु दैनिक ज्यालामजदुरीबाट बंञ्चित हुनुपर्दा आत्महत्याका घटना बढेको,चर्को व्याजदरको मार सहनुपरेको,अनलाइन शिक्षाबाट बंचित भएको,अन्तरजातीय विवाहहरु डिभोर्समा परिणत हुनुपुगेकोदेखी क्वारेन्टनमा समेत दलित भएकै कारण जातिय विभेद भोग्नु परेका घटना भएका छन ।

 

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तोलाले महामारीको सममयमा दलित , महिला र सिमान्तकृत समुदाय वढि विभेदमा पर्ने भएकोले उनीहरुलाई सकारात्मक विभेदको आधारमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन । मानव अधिकार सञ्जाल प्रदेश १ अध्यक्ष डिकप्रसाद घिमिरेले कोरोनाले मारमा परेका दलित समुदायको अवस्था कसैबाट नछिपेकोले सबै तहका सरकार गम्भिर हुनुपर्छ भने । माइती नेपाल मोरङ संयोजक बिनोद पोखरेलले कोरोना कालमा मारमा परेका दलित र गरिबहरुका लागि आफुहरुले निशुल्क भोजन अभियान सञ्चालन गरिरहेको जानकारी गराए ।

गैरसरकारी सँस्था महासंघ मोरङकी उपाध्यक्ष बिष्णु शर्माले कोराना काल अझै नसकिएकोले दलितहरुलाई अझै धेरै समस्या भोग्नु नदिन सबै तहका सरकार सचेत हुनुपर्नेमा जोड दिइन । पत्रकार महासंघ मोरङका सचिव नेत्र अधिारीले कोरोना कालमा स्वाथ्य सामग्री , खादयान्न प्रदानदेखी खोप वितरणमा समेत भेदभाव हुने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank