बहस: नेपालमा दलित भविष्य
धर्मको जगमा टेकेर निमार्ण गरिएको जातको सत्ता दक्षिण एशियामा झण्डै तीन हजार वर्ष देखि अभ्यासमा छ । एकल जातीय वर्चस्व र हैकम स्थापित गर्न निर्माण गरिएको यो सत्ताले सिंगो कथित सिंगो हिन्दुु (वर्णव्यवस्थामा आधारित ब्राम्हण धर्म मान्नेहरु) समाज त आक्रान्त छ नै यसको मार सबैभन्दा बढी अतिशुद्र या अछुतले खेप्नु परेको छ । जात प्रथाको उत्पत्तिको मूल थलो वर्तमान भारत हो । तर विभिन्न कारणले जहाँजहाँ कथित हिन्दुहरु बसाईसराई गर्दै गए , त्यहाँँत्यहाँ जात व्यवस्थाले जरो गाड्दै गयो र मौलाउने फल्नेफुल्ने अवसर पाउँँदै गयो । नेपालमा पनि भारतबाट इतिहासको विभिन्न कालखण्डमा लखेटिएका र ज्यान जोगाउन प्रवेश गरेका हिन्दु शासकहरुले जात व्यवस्थालाई दरोसंग विजारोपण गर्ने काम गरे । खासगरी पहाडी क्षेत्र अर्थात सूदुर पश्चिमीको पहाडी इलाकाबाट प्रवेश गरी नेपाल मण्डलसम्म आएर यहाँका मूलबासीहरुलाई विस्थापित गरी भारतीय शासकले विस्तारै जात व्यवस्थालाई संस्थागत गरेको देखिन्छ । भारतमा कथित हिन्दुुहरुले जसरी युुद्धमा हारेका, विस्थापित भएर शरणार्थीको रुपमा अन्य समुदायको वरीपरी बसोबास गर्न आएका र आफ्ना दुष्मनहरुलाई शुद्र अछुत बनाएर शोषण गरेका थिए । त्यसरी नै नेपालमा पनि कथित हिन्दु शासकहरुले शान्तिपूर्ण तरिकाले जीवन यापन गर्दै आएका यहाँका रैथानीबासीहरुलाई युद्धमा पराजित गरी दास मात्र बनाएनन् अछूतसम्म बनाएर उनीहरुमाथि अन्याय अत्याचार र शोषण गरे । वास्तवमा भन्ने हो भने कथित हिन्दुहरु र कथित अछूतहरुको बीचमा दुश्मनीपूर्ण सम्बन्ध भनेको यो छोटो अवधीको सम्बन्ध होइन । शताब्दीयौ देखिको सम्बन्ध हो । यही परस्पर विरोधी सम्बन्धको कारणले गर्दा नै कथित हिन्दुहरुले कथित अछुतहरुलाई आफ्नो सम्प्रदायको भन्दा पनि फरक सम्प्रदायको र दुश्मनको रुपमा हेर्ने भएकाले नै अछूत माथि गर्ने व्यवहार अत्यन्त निकृष्ट भएको हो ।
सत्तासंघर्षका सुरुवाती कालखण्डलाई अध्ययन गर्ने हो भने यो नितान्त आर्य र अनार्य बीचको सत्ता, श्रोत र शक्तिको लागि भएको संघर्षकै रुपमा हेर्ने सकिन्छ । त्यहाँ जातको आधारमा विभेद देखिदैन । केवल आर्य र अनार्यको बीचको सत्ता संघर्षको पाटोको रुपमा मात्र देखिन्छ । तर पछिल्लो कालखण्डमा आईपुग्दासम्म शक्तिशाली वर्गले आफनो हैकम र वर्चस्वलाई चीरस्थायी बनाउन विभिन्न उपायहरु, हत्कण्डाहरु खोज्ने क्रममा पहिला वर्णाश्रम व्यवस्थाको आविष्कार गरे र बिस्तारै समाजमालाई विभिन्न तहमा बाडे — ब्राह्मण क्षेत्री, वैश्य र शुद्र र यसैको जगमा टेकेर जात व्यवस्थालाई संस्थागत गर्दै गए । ब्राह्मण क्षेत्री र वैश्यसंग धार्मिक सत्ता, राजनैतिक सत्ता र आर्थिक सत्ता जोडिएको हुँदा उनीहरुलाई समाजमा एक प्रकारको हैसियत प्रदान गरियो । उनीहरुलाई एउटै मालाको विभिन्न फूलको रुपमा व्यवहार गरियो र शुद्रहरुलाई शास्त्र, शस्त्र र सम्पति सबैबाट बन्चित गरेर केवल सबैको सेवा गर्नको लागि जन्मिएको निरिह प्राणीको रुपमा मात्र उसको जन्मलाई मान्यता दिइयो । कानूनहरु यस्तो किसिमले बनाइयो जसको माध्यमबाट शुद्रहरुको मानवीय हैसियतलाई पूर्ण रुपमा समाप्त पारियो । आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक रुपले पूर्ण रुपमा उनीहरुलाई अस्तित्वविहिन बनाइयो । केवल तीन वर्णको सेवा मात्र उनीहरुको धर्म कर्तव्यको रुपमा परिभाषित गरियो । यसको उलंघन गर्नेलाई संहिता बनाएर कठोर दण्डको प्रावधान राखियो । एकातिर ज्ञानार्जनबाट बन्चित गरियो भने अर्कोतर्फ आर्थिक र सामाजिक रुपमा पूर्णरुपमा दासत्व स्वीकार्न बाध्य पारियो । विद्रोही चेतना निर्माण गर्न आवश्यक तीनै वटा हतियार शास्त्र, शस्त्र र अर्थबाट बन्चित गरिए पछि एउटा व्यक्तिको हैसियत के हुन्छ, गोठमा बाधिएको पशुभन्दा फरक हुदैन । यसमाथि थप विडम्बनाको पाटो भनेको यो शोषणको हतियारलाई दैवी संहिताको नाम दिइयो । धर्मको नाममा टेकेर निर्माण गरिएको कानून र त्यसलाई अभ्यास गर्ने शासनलाई दैवी शासनको रुपमा स्थापित गरियो । धर्मका नाममा रचना गरिएका जति पनि शास्त्रहरु छन् वेददेखि लिएर उपनिशद, स्मृति पुराणहरु यी सबै संहिताहरु शुद्रहरु माथि दमन शोषण, अत्याचार र हिंसा गर्न सहज हुने हतियार बने । त्यसका नाममा हजारौ वर्ष देखि ब्राह्मण, क्षेत्री र वैश्यका सेवकको रुपमा अछूतहरुलाई परिभाषित गरियो र जो अहिलेसम्म पनि इतिहासको विरासतको रुपमा विद्यमान छ ।
नेपालमा पनि कथित अछूूतहरु माथिको हत्या, हिंसा, बलात्कार विभेद कथित हिन्दुहरुको आगमन सहित निरन्तर रुपमा एउटा सामान्य प्रचलनको रुपमा रहेको छ । नेपालमा भारतका शासक लिच्छिविहरुसंगै वर्णाश्रमको पनि प्रवेश भएको थियो । तर लिच्छिवी शासकहरु बुद्धका पनि अनुयायी भएकाले यो क्षेत्रमा वर्णाश्रम व्यवस्थाले त्यति धेरै प्रश्रय प्रायको देखिदैन । तर मल्ल शासकहरुको उदय संगसंगै जात व्यवस्थाले प्रश्रय पाउन थाल्यो । चौधौ शताब्दीमा राजा जयस्थितिले मल्लले भारतबाट पाचजना बाहुनहरुलाई बोलाएर मानवन्याय शास्त्रको नाममा वर्णाश्रममा आधारित जात अनुसारको सजाय हुुुने व्यवस्था सहितको मनुस्मृतिमा आधारित धार्मिक कानून लागु गरे । पश्चिमा गोरखाका राजा राम शाहले सोह्रौ सताब्दीमा हिन्दु धर्ममा आधारित कानूनलाई मान्यता दिए । यही क्रमलाई निरन्तरता दिदै जंग बहादुरले पनि सोही धार्मिक कानूनलाई निरन्तरता दिदै कथित शुद्र र अछुतहरुलाई धर्म र राज्यको गठवन्धनको माध्यमबाट दमन गर्ने नीति लिए ।
सायद कथित अछुतमाथि दमन गर्ने कानून धर्मसंग नजोडिएर केवल राज्यको मात्र कानून बनी दिएको भए राज्य कमजोर हुंँदा उत्पीडनमा परेका समुदाय बलियो हुन्थे र विद्रोह गर्ने चेतना बलियो हुन्थ्यो । विभिन्न तरिकाले राज्यको विरुद्ध विद्रोह गर्ने उपायहरु आम शोषित पीडित जनता एकजुट भएर खोज्थे पनि होला । तर सबै तह र तप्काका जनतामा राज्यले आफ्नो दमनकारी नीति अन्र्तगत निर्माण गरेको संहितालाई दैवी संहिताको नाम दिएर कानून नमान्ने कथित माथिल्ला जातका मानिसहरुलाई समेत कठोर दण्डको व्यवस्था गरयो र कथित माथिल्लो जातकोले कथित तल्लो जातको या अछुतमा विभेद गर्नु, हिंसा गर्नुु, विभेद गर्नु, हत्या गर्नु बलात्कार गर्नु दैवी आदेश हो भनेर धर्मको नाममा समाजमा लागु गरे त्यसैको परिणाम हो आज पर्यन्त कथित अछुतहरु माथि भै रहेको हिंसा, विभेद । सायद धर्मको नाममा मुठीभर व्यक्तिहरुको स्वार्थ रक्षाको लागि यस किसिमको व्यवस्थालाई संस्थागत नगरेको भए यति निकृष्ट तरिकाले कथित अछुतहरु माथि यस किसिमको जघन्य अपराधहरु हुने थिएन ।
आज हामी एक्काइसौ शताब्दीको लोकतान्त्रिक, धर्मनिरपेक्ष, गणतान्त्रिक नेपालमा जीवन व्यतित गरी रहेका छौ । यो अवस्था त्यसै सृजना भएको होइन । यसको लागि सबै नेपाली जनताले अथक प्रयास र संघर्ष गरेका छन् । धेरै किसिमका राजनैतिक र सामाजिक आन्दोलन भएका छन् । नेपाली जनताको चेतनास्तर पनि निकै माथि उठेको छ । शिक्षित सचेत मानिसहरुको संख्या निरन्तर बढी रहेको छ । विश्वभरी भएका परिवर्तनको सूचना नेपाली जनताले पाइ रहेका छन् । राज्यले विभेद अन्त्यको लागि कानून मात्र बनाएको छैन् विभेदको अन्त्य गर्न निर्माण गरिएका धेरै अन्र्तराष्ट्रिय सन्धी संझौतामा समेत हस्ताक्षर गरेको छ । तर कथित अछूत माथि हुने जातमा आधारित न विभेद घटेको छ न हिंसा ।
कथित अछूत माथि विभिन्न कोणबाट प्रहार मात्र भएको होइन हत्या गर्ने जस्तो जघन्य अपराधलाई सामान्य तरिकाले लिएर दिनदिनै हत्या गर्ने काम भै रहेको छ । कानूनले हत्यारालाई आजीवन काराबासको सजाएको व्यवस्था गरेको छ । छुवाछुत गर्नेलाई जेल र जरीवानाको सजाए तोकेको छ । तैपनि न त कथित उच्च जातमा कथित अछूत प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ न व्यवहारमा । राज्य स्वयम नै आफैले निमार्ण गरेका नियमकानूनहरु पालना गर्न चुकेको छ । जातीय विभेद, हिंसा भयो भनेर पीडितले उजुरी गर्न जाँदा समेत उजुरी लिदैन । उल्टो पीडकको पक्ष लिएर पीडितलाई मेलमिलाप गर्न दबाब दिइन्छ । सकेसम्म न्यायको पहुँचबाटै बन्चित गराइन्छ ।
जात व्यवस्थामा नै कथित हिन्दु धर्मको सत्ता टिकेको छ । यो त्यति सहजै विस्थापित हुुनेवाला छैन । आजका कथित कम्युनिष्टहरुले समेत यो सत्तासंग आत्मसमर्पण गरी सकेका छन् । जसले वर्गीय मुुक्तिको सपना देखाएर आम उत्पीडित जनतालाई सत्तामा पुग्ने हतियार बनाए । बहुसंख्यक कथित हिन्दुुहरु कथित अछुत माथि हिंसा हत्या हुँदा किन बोल्दैनन् । कथित मानवअधिकारवादीहरु र महिला अधिकारवादीहरु किन अन्याय विरुद्ध बोल्न र सडकमा आउन चाहदैनन् । यसैले के प्रमाणित गर्छ भने उनीहरु धर्मले बनाएको मनोविज्ञानबाट ग्रस्त छन् । त्यसैले कथित अछूतहरुले यहाँँ बुझ्नपर्ने के हो भने कथित हिन्दुु धार्मिक सत्ताबाट निर्देशित समाज र राज्य सत्ताले उनीहरुलाई मुक्ति दिन सक्दैन ।
यसो हेर्दा हामीलाई के लाग्न सक्छ भने नेपालको राज्य सत्ता वर्तमान अवस्थामा हरेक क्षेत्रमा कार्यान्वयनको हिसाबले चुुकेको हँुंदा जातीय विभेदको क्षेत्रमा पनि यस्तै हो भन्ने लाग्छ होला । राज्य भ्रष्टाचार, अनियमितता घुसखोरी, बेइमानीमा लिप्त भएको अवस्थामा यसले बढावा पाउनु स्वभाविक हो । तर यहाँ अझै गम्भिर रुपमा बुझ्नु पर्ने यथार्थ कथित अछूतहरुको सन्दर्भमा के हो भने राज्य धर्मनिरपेक्ष, लोकतान्त्रिक कागजमा भएता पनि व्यवहारमा यसको कार्यान्वयनमा अवरोध सृजना गर्ने मनोविज्ञान रहि रहेन मूलकारण भनेको धर्मसंस्कारले बनाएको मानसिकता हो । नेपालको राज्यसंयन्त्र अहिले पनि हिन्दुहरुको नियन्त्रणमा छ । त्यसमा पनि बहुसंख्यक बाहुनहरुको नियन्त्रणमा छ । यसमा बिस्तारै अन्य जाति समुदायको पनि उपस्थिति बिस्तार हुदैछ तर त्यो अत्यन्त न्यून छ । र जे जति पनि छन् ति पनि प्राय जसो हिन्दु जातिवादी संरचनाबाट निर्देशित छन् । यहाँ भनिएला धर्म व्यक्तिको आस्थाको कुरा हो । अरु धर्मालम्बीले पनि आफ्नो धर्म अनुसारको आचरण गर्छन त्यसैले हिन्दुुहरुले पनि त्यसै अनुसारको आचरण गर्न पाउनुपर्छ र स्वभाविक हो । सवाल यही हो । एउटा इशाई, मुस्लिम अथवा बौदिष्टले पनि आफ्नो धर्मशास्त्र अनुसार आचरण गर्छ । तर उनीहरुको धर्मले जातीय विभेदलाई संस्थागत नगरेको हुनाले त्यही अनुसार मान्छेलाई व्यवहार गर्छन् भने हिन्दु धर्म शास्त्रले जात व्यवस्थालाई संस्थागत गरेको हुनाले नै उ जहाँ रहेता पनि आफ्नो धर्मलाई सदाचारको रुपमा अभ्यास गर्न बाध्य छ । देशको नागरिकको हिसाबले र त्यो पनि राज्यसत्ताको जिम्मेवार पदमा बसेको हिसाबले अझै बढी उसले देशको कानूनलाई सिद्धान्त त मान्नुपर्ने हो । तर देशको कानूनको बारेमा जान्नु भन्दा अगाडि प्रथाजन्य कानून अर्थात धर्मको कानून उसले पहिला बुझेको हुनाले उसको मनोविज्ञानले त्यस प्रथाजन्य कानूनलाई सहजै त्याग्नै सक्दैन । बिहान भरी एउटा हिन्दुले आफ्नो जाति समुदायको रक्षाको लागि विहान भरी पूजापाठ र मन्त्रोच्चारण गरेर समय बिताउँछ र त्यही व्यक्ति फेरी राज्यको नियम कानून कार्यान्वययन गरेर न्याय दिने ठाउँमा बस्छ भने के त्यस्तो व्यक्तिबाट इमान्दारीपूर्वक राज्यको कानूूनको पालना हुन्छ भनेर विश्वास गर्न सकिन्छ ? आम सर्वसाधारणको हालत पनि यही हो । जो कथित हिन्दु हो जबसम्म उसले हिन्दु धर्मको पालना गर्छ उसले जातलाई कहिले पनि बिर्सन सक्दैन । यदि उसले जातलाई मान्दैन भने उ हिन्दुु हुन सक्दैन किनभने हिन्दु धर्म भित्र अन्य धर्ममा जस्तै केवल हिन्दु मात्र हुँ भन्ने भावना धर्मले निर्माण गरी दिएको छैन । जात नै उसको पहिचान हो र त्यो पनि विभेदमा आधारित तहगत जात व्यवस्था हो भन्ने उसले बुझ्दछ ।
हिन्दुहरुको सवालमा अम्बेडकर भन्छन् —“जात इँटाको पर्खाल या काडेतारको लाइन जस्तो कुनै भौतिक वस्तु होइन जसले हिन्दुहरुको मेलमिलापलाई रोक्छ र जसलाई तोड्नाले समस्या समाधान हुन्छ । जात त एउटा धारणा र मानसिक स्थिति हो । अतः जात व्यवस्थालाई नष्ट गर्ने भन्ने अर्थ भौतिक रुकावटलाई हटाउने होइन । यसको अर्थ विचारात्मक परिवर्तनसंग जोडिएको छ । हिन्दुहरुले जात प्रथालाई यसकारण मान्छन् किनभने उनीहरु मनवताका दुश्मन हुन या उनीहरुको दिमाग खराब छ । उनीहरुले जातलाई यसकारण मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीहरुलाई दोषी मान्न सकिदैन मेरो विचारमा उनीहरुको धर्म नै दोषी हो जसको कारण जातको धारणाको जन्म भयो ।”
राजनैतिक र सामाजिक आन्दोलनले केही हदसम्म जात व्यवस्थालाई कमजोर पारेको छ । तर उन्मुलन गर्न सकेको छैन । किनभने जसले यसको विरुद्धमा आवाज उठाउँछन् तिनीहरु मध्ये कथित अछूतहरुको हैसियत एकदम कमजोर छ र कथित छूतहरु धर्मको ह्याङ्गओभरबाट बाहिर आउन सकेका छैनन् । अझ त्यो भन्दा पनि महत्वपूर्ण पाटो नेपाली धर्तीमा जातमा आधारित विभेदको मूल श्रोत भनेकै धर्म संस्कृति हो भन्ने कुराको बहस छलफल कथित अछूतहरुको बिचमा हुन सकेको छैन् । संसार चलाउने चारवटा सत्ता छन्—धार्मिक सत्ता, राजनैतिक सत्ता, आर्थिक सत्ता र ज्ञानको सत्ता । राजनैतिक सत्ता प्रधान भएता पनि यो सबै थोक होइन भन्ने स्पष्ट भै सकेको छ । होइन भने राज्यको कानूनले यदि कसैले कसैको हत्या ग¥यो भने हत्याको प्रकृति हेरेर सर्वस्वसहित जन्मकैद हुन्छ । जातीय विभेद ग¥यो भने कैद सजाय र जरिवान हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि मान्छे कसैको हत्या समेत गर्न किन उद्यत हुन्छ । अन्तरजातीय विवाहहरुले किन निरन्तरता पाउँदैनन्, एकै ठाउमा बस्ने छिमेकीहरुले किन अछूतहरुसंग सम्बन्ध राख्न चाहदैनन्, कथित छूत र अछूत बीच किन अन्तरघुलन हुन सक्दैन, मानसिक काँडेतारको पर्खालले किन भावनात्मक सम्बन्ध स्थापित गर्न रोकेको छ । यो सबै सवालहरुको जवाफ हामीले सत्ताको अर्को एउटा महत्वपूर्ण पाटो धार्मिक सत्ताको बारेमा बहस र छलफल गर्दैनौ र गहिराइमा पुग्दैनौ तबसम्म प्राप्त गर्न सम्भव छैन् ।
नेपालमा राजनैतिक परिवर्तन पश्चात पनि कथित अछूतहरु माथि दमन, अन्याय अत्याचार हिंसा नरोकिनुको मूल कारण भनेकै राज्यको कानून भन्दा पनि धर्मको कानून समाजमा प्रभावकारी रहेको र त्यसलाई धार्मिक आस्था, पाप र पुण्य, पवित्रता र अपवित्रताको को रुपमा व्यक्तिले मान्दै आएकोले राज्यसत्तामा समेत त्यही सोच भएका मानिसहरु हावी रहेकाले नै हो । आम सर्वसाधारण पनि विभेदकारी कथित हिन्दु धर्मको मुल्यमान्यताबाट निर्देशित भएको कारणले गर्दा कथित अछूतहरुको विभत्स हत्या गर्दा समेत उनीहरुलाई कति पनि पश्चाताप हुदैन । किनभने उनीहरुले यसलाई धर्मको आदेशको रुपमा पालना गर्ने गरेका छन् र एउटा दुश्मनको हत्यालाई प्रतिष्ठा र गर्वको रुपमा लिएका छन् । धर्म शास्त्रले कथित अछूतको हत्या गर्दा चरा मुुसा मारे जति पनि पाप लाग्दैन भन्ने धारणा उनीहरुको मनमा विजारोपण गरेको हुनाले उनीहरुलाई कथित अछूतको हत्या भनेको मानिसको हत्या होइन भन्ने उनीहरुको बुझाई छ । साथै चारवटा सत्ता मध्ये कुनै एक सत्ताको मालिक बन्ने हैसियत नभएकोले पनि कथित अछूतहरु हिन्दुहरुले बलि चढाउन बाधेर राखिएका खसी बोका जस्ता निरिह छन् भन्ने पनि उनीहरुलाई थाह छ । देशभरी भएका कथित अछूतहरुको हत्या, हिंसा र बलात्कारका घटनाहरुले यही सन्देश दिएको छ । साथै राज्यसत्ता देखि धार्मिक सत्ता पनि उनीहरुको नियन्त्रणमा रहेको हुँदा जुनसुकै परिस्थितिमा पनि हामीहरु उनीहरु माथि हावी हुन सक्छौ भन्ने विश्वास उनीहरुमा छ ।
त्यसैले हामीले केवल अंशअंशमा, घटना विशेषलाई मात्र लिएर आन्दोलन गरेर वा संघर्ष गरेर कथित अछूतका समस्याहरु समाधान हुने देखिदैन । यसको अन्त्य भनेको त्यतिबेला सम्भव छ जब हामी धार्मिक सत्ता र राजनैतिक सत्ताको गठबन्धनबाट हामी माथि जसरी प्रहार भै रहेको छ र त्यसरी नै हामीले प्रतिकारको वातावरण तयार गर्नु पर्छ भन्ने बुझ्छौ । धार्मिक सत्ता जात प्रथा र त्यसले निमार्ण गरेको विभेदको मानसिक पर्खाल मूल श्रोत हो । जात व्यवस्थामा नै कथित हिन्दु धर्मको सत्ता टिकेको छ । यो त्यति सहजै विस्थापित हुुनेवाला छैन । आजका कथित कम्युनिष्टहरुले समेत यो सत्तासंग आत्मसमर्पण गरी सकेका छन् । जसले वर्गीय मुुक्तिको सपना देखाएर आम उत्पीडित जनतालाई सत्तामा पुग्ने हतियार बनाए । बहुसंख्यक कथित हिन्दुुहरु कथित अछुत माथि हिंसा हत्या हुँदा किन बोल्दैनन् । कथित मानवअधिकारवादीहरु र महिला अधिकारवादीहरु किन अन्याय विरुद्ध बोल्न र सडकमा आउन चाहदैनन् । यसैले के प्रमाणित गर्छ भने उनीहरु धर्मले बनाएको मनोविज्ञानबाट ग्रस्त छन् । त्यसैले कथित अछूतहरुले यहाँँ बुझ्नपर्ने के हो भने कथित हिन्दुु धार्मिक सत्ताबाट निर्देशित समाज र राज्य सत्ताले उनीहरुलाई मुक्ति दिन सक्दैन । होइन भने कथित अछूतहरु माथि विभेद, हत्या, हिंसा बलात्कार भै रहन्छ हामीले आन्दोलन गरी रहन्छौं र यो क्रम निरन्तर रुपमा चलिरहने छ । हजारौ वर्ष देखि चली आएको छ अझै कति हजार वर्षमा यो टुुङ्गिने त्यसको कुनै निश्चित्तता छैन ।
Leave a Reply