राज्यले विभेदलाई संरक्षण र प्रवर्द्धन गरेको छ : अधिकारकर्मीहरु

दलित अनलाईन २५ असार २०७८, शुक्रबार १५:४७

काठमाडौं — दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय विभेद तथा छुवाछुतको अन्त्यका गर्नका लागि राज्यको मुख्य जिम्मेवारी हुनुपर्ने वक्ताहरुले वताएका छन् ।
जातिय विभेद विरुद्ध विश्व मञ्च, ग्लोवल फोरमले आयोजना गरेको विभेद उन्मुलनमा राज्यको भूमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले सवै किसिमका विभेद अन्त्यका लागि राज्यकै मुख्य भूमिका हुनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै पूर्व सभामुख दमननाथ ढुगांनाले अहिले राज्यले विभेदलाई संरक्षण र प्रवद्र्धन गरेको वताए । रुपा सुनारमाथि विभेद गर्ने घरवेटीका पक्षमा उभिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकाप्रति इगिंत गर्दै ढुंगानाले यस्ता विभेद अन्त्य गर्न राज्यनै जिम्मेवार हुनुपर्ने वताए । विभेद अन्त्य गर्न राज्य, दलहरु र समुदायले अग्रसरता लिनुपर्ने वताउँदै ढुगांनाले भने, ‘आधुनिक राज्यमा सरकार र समुदायलाई जोड्ने भूमिकामा दलहरु हुन्छन । उनीहरुले सरकार पनि चलाउँछन । यसैले दलहरु पनि जिम्मेवार हुनुपर्छ । यसका लागि दलहरुभित्र दलित सेल वनाएर काम गर्नुपर्छ ।’
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित आयोगले संविधान र कानुन अनुसार दलितमाथिको थिचोमिचोका विरुद्धमा काम गर्न सरकारको ध्यानाकर्षण गराएको वताए । रुपा सुनारको मुद्धाका विषयमा आयोगको धारणा सार्वजनिक भैसकेको जनाउँदै अध्यक्ष विश्वकर्माले दलित समुदायको न्याय र मुक्तिका लागि काम गर्न आयोग प्रतिवद्ध भएको वताए ।
आयोगले यस अगाडिनै प्रेस विज्ञप्ती जारी गरेर रुपा सुनार प्रकरणमा जोडिएका शिक्षामन्त्रीलाई कारवाही गरिनुपर्ने वताएको थियो ।
पूर्व महान्याधिवक्ता तथा वरिष्ठ अभिवक्ता डा युवराज संग्रौलाले राज्य र राज्यका पदाधिकारीले चाहँदा विभेद अन्त्य गर्न सकिने वताए । आफू महाध्याधिवक्ता हुँदा प्राप्त उजुरी र पत्रिकामा आएका समाचारका आधारमा प्रहरीलाई केस दर्ता गर्न र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएको र परिणाम हात पारेको उदाहरण दिदै डा. संग्रौलाले राज्यका पदाधिकारीले चाहँदा विभेद अन्त्य गर्न सम्भव रहेको जानकारी दिए ।
संसदमा दलित सवाल प्रभावकारी रुपमा नउठाएको वताउँदै संग्रौलाले दलित अधिकारका सवालमा गम्भीर खालका अध्ययन अनुुसन्धान गरिनुपर्ने समेत टिप्पणी गरे
व्रिटिसहरुसँग प्रभावित भएर जंगवहादुर राणाले ल्याएको मुलुकी ऐनले नेपालीहरुलाई तागाधारी र मतवाली तथा छुत अछुतमा विभाजन गरेको तथ्य उजागर गर्दै डा. संग्रौलाले यसको असर नेपाली समाजमा अहिले गम्भीर रहेको विश्लेषण गरे । संग्रौलाल समाजमा मनोवैज्ञानिक र सामाजिक समस्या सृजना गरेको भन्दै नेपालमा उत्पादन गर्ने र नेपाल जोगाउने दलित समुदायमाथि विभेद हुनु दुखद रहेको बताए ।
ग्लोवल नेटवर्क फर वुमेन पिसविल्डरका प्रतिनिधि जेनैना इरानीले दलित तथा महिलामाथिका विभेदको अन्त्य गर्नका लागि संरचनागत विभेदको अन्त्य गर्नुपर्ने बताइन् ।
कार्यक्रममा कोठाभाडा सम्वन्धी विभेदमा परेकी रुपा सुनारले आफूमाथि भएको विभेदका विषयमा वताउँदै न्याय दिनुपर्ने राज्यनै विभेदकारीका पक्षमा हाकाहाकी लाग्दा आफू गम्भीर भएको बताइन् । आफूले मानसिक तनाव व्योहोरेको वताउँदै अफिसमा काम गर्न पनि नसकेको जानकारी रुपाले दिइन् ।
नासो अमेरिकाका अध्यक्ष राजेन्द्र सेन्चुरीले रुपा सुनारको साहसले भित्र भित्र साम्य हुने छुवाछुतका केस उजागर भएको वताउँदै शिक्षा मन्त्रीको व्यावहारले राज्यको हेपाहा प्रवृति देखिएको बताए ।
दलित गैसस महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले दलित समुदायको लडाई कुनै जाति विशेषसँग नभई अपराधसँग जोडिएको वताएर हेर्नुपर्ने बताए ।
सामाजिक अभियन्ता होमराज आचार्यले ९९ प्रतिशत मानिस जातव्यवस्था मान्ने र ९३ प्रतिशतले छुवाछुतको अभ्यास गर्ने गरेको बताए ।
लेखक तथा राजनीतिज्ञ रणेन्द्र वरालीले संयुक्त संघर्ष समिति सहि तरिकाले परिचालन हुन नसकेको हुँदा आन्दोलन कमजोर भएको वताए ।
आरडिएनका अध्यक्ष गणेश विकेले दलित समुदायको शक्ति कमजोर भएको हुँदा राज्य र दलहरुले उनीहरुका आवाज नसुनेको वताउँदै विभेदकारीलाई संरक्षण गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गरी अरु कृष्णगोपालहरु जन्माउन रोक्नुपर्ने बताए ।

ग्लोवल फोरमका अध्यक्ष तिर्थ वर्माले दलित आन्दोलनले प्राप्त गरेका उपलव्धीहरुको रक्षा र उपयोग गर्दै अगाडि वढ्नुपर्ने वताए । उनुभयो । राजनीतिक दलहरुले राज्य चलाउने भएको हुँदा उनीहरु दलितप्रति जवाफदेही हुनुपर्ने वताउनभयो ।
कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता श्याम विश्वकर्माले कानुन कार्यान्वन गर्न राज्य सकारात्मक नहुँदा छुवाछुतको जाहेरी दर्ता गर्न पनि आन्दोलन गर्नुपरेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank