वन राज्यमन्त्रीमा आशाकुमारी विक

दलित अनलाईन २७ जेष्ठ २०७८, बिहीबार २२:०१

काठमाडौं   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।

ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।

को हुन् आशाकुमारी वि.क ?

बझाङ स्थायी घर भएकी आशा कुमारी बिक वन राज्यमन्त्री बनेकी छिन् । २०१८ असोज ३० मा रूपन्देहीमा जन्मेकी उनले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छिन् ।

२०५९ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै एमालेमा पार्टीमा आवद्ध उनी ०७४ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्थिन् ।

नेकपा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी अन्ततः कामचलाउ सरकारको राज्यमन्त्री बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank