कोरोना संक्रमित पूर्वसहायकमन्त्री प्रकाश चित्रकारको निधन

दलित अनलाईन २० बैशाख २०७८, सोमबार २१:२६

काठमाडौं —  कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको  निधन भएको छ ।

सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको सोमबार बिहान भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा उनी भूमि सुधार सहायकमन्त्री बनेका थिए ।

नेपाल विद्वत परिषद्, नागरिक समाजलगायतका संस्थामा आबद्ध चित्रकार राजावादी व्यक्तिको रुपमा परिचित थिए । उनले गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा स्वाब परीक्षण गराएका थिए ।

स्वास्थ्यमा समास्या आएपछि भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उनको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank