काठमाडौं — कोरोना भाइरस संक्रमणबाट एउटै खुट्टाको सहारामा मेची–महाकाली साइकल यात्रा गरेका यमलाल रसाइलीको निधन भएको छ । रसाइलीले मुगुस्थित रारा ताल, भारतका विभिन्न स्थानसहरुमा साइकल यात्रा गरेका थिए ।
कैलालीको लम्की चुहा नागरपालिकास्थित लम्की बजारमा सफल टेलर व्यवसायी समेत रहेका रसाइली शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । रसाइलीले शारीरिक रुपमा अशक्तको अधिकार र सहयोगका लागि आवाज उठाउँथ्ये । उनी लम्की चुहास्थित रहेको अपांग चेतना समाजको कोषाध्यक्ष थिए । पारिवारिक श्रोतका अनुसार यमलालको अन्त्यष्टी शुक्रबार गरिएको छ ।
Leave a Reply