अस्ताए साईकल यात्री यमलाल रसाइली

दलित अनलाईन १८ बैशाख २०७८, शनिबार १९:२५

काठमाडौं —  कोरोना भाइरस संक्रमणबाट एउटै खुट्टाको सहारामा मेची–महाकाली साइकल यात्रा गरेका यमलाल रसाइलीको निधन भएको छ । रसाइलीले मुगुस्थित रारा ताल, भारतका विभिन्न स्थानसहरुमा साइकल यात्रा गरेका थिए ।

कैलालीको लम्की चुहा नागरपालिकास्थित लम्की बजारमा सफल टेलर व्यवसायी समेत रहेका रसाइली शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्  । रसाइलीले शारीरिक रुपमा अशक्तको अधिकार र सहयोगका लागि आवाज उठाउँथ्ये । उनी लम्की चुहास्थित रहेको अपांग चेतना समाजको कोषाध्यक्ष थिए । पारिवारिक श्रोतका अनुसार यमलालको अन्त्यष्टी शुक्रबार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank