वडाअध्यक्षमाथि जातीय विभेद गर्नेविरुद्ध मुद्धा दर्ता गर्ने

दलित अनलाईन ७ बैशाख २०७८, मंगलवार १३:०४

काठमाडौं— बैतडीको मेलौली नगरपालिका वडा पाँचका अध्यक्ष बलबद्र दयालमाथि जातीय विभेद भएको छ ।
वडाअध्यक्ष दयाललाई पञ्चेश्वर गाउँपालिका ४ आमचोरा बस्ने प्रकाश चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत जातीय रुपमा गाली बेज्जत गरेका हुन् ।
वडा अध्यक्ष दयालले अहिलेसम्म आफुले ति व्यक्तिलाई नचिनेको तथा कुनै पनि रिसिबि नरहेको बताए । चन्दले पटक पटक पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख चन्द लगायत अन्य वडाका वडाअध्यक्षहरु लाई समेत आफ्नो फेसबुक आईडीबाट गाली गर्दै आएको मेलौली नगरपालिका ५ का वडाअध्यक्ष दयालले जानकारी दिए ।
डुम , अगौता , लगायतका अपशब्दहरु प्रयोग गरेका चन्दकाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साइबर क्राईम तथा जातीय विभेद विरुद्ध मंगलवार मुद्धा दिने अध्यक्ष दयालले बताए । जातीय हिसाबले यसरी सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष रूपमा आफूहरु माथि यसरी अपशब्द हरु प्रयोग गर्दा सिंगो दलित समुदाय हरु आक्रोसित भएका छन् ।
पञ्चेश्वर गाउँपालिकाका चन्दले विगतदेखि नै दलितहरुलाई अंकित गरेर सामाजिक सञ्जाल फेसबुकमा गाली गर्दै आएको सोही ठाउँका स्थानियहरूले जानकारी दिएका छन् । सामाजिक सञ्जाल मा यसरी खुले आम गाली बेज्जत गर्ने जुनसुकैलाई पनि कारवाही हुनु पर्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank