दलित बस्तीका घरघरमा खानेपानीको धारा

दलित अनलाईन ३१ चैत्र २०७७, मंगलवार २२:२३

तानसेन  — पाल्पाको बगनासकाली गाउँपालिका ५ दर्लामडाँडा र यम्घाका दलित बस्तीमा यतिबेला खुसीको सीमा छैन । दर्लामडाडा र यम्घाका दलित बस्तीका घर घरमा पानीको धारा जोडेपछि खुसी भरिएको छ । डोकोमा बोकेर दिनहुँ सकस खाँदै आएका दर्लामडाडा र यम्घाका दलित बस्तीका घरघरमा पानीको धार आएपछि बाउँबाजे पूर्खादेखिको दुःख खुसीमा परिणत भएको हो ।

टेक्रे गाउँका दलित जनजाती घरघरमा खानेपानीको सुविधा पुगेपछि जीवनमा सबैभन्दा खुसी भएको महशुस गरेका छन्। घरघरमा धारा आएपछि सबैभन्दा बढी खुसी महिला देखिएका छन् । साँझ बिहानको समय पानी बोक्नमै बिताउने महिलाहरु बढी खुसीले फुरुङ्ग भएका छन् ।

खानेपानीको समस्या रहेको दलित बस्तीमा घर घरमा पानीको सुविधा भएपछि घरयासी सरसफाइमा समेत सकारात्मक प्रभाव परेको छ । घरघरमा खानेपानीको धाराको सुविधा भएपछि प्रयोगविहीन पानीलाई उपयोग गरी करेसावासी तथा तरकारी खेती अभियानमा गाउँवासीहरु लागेका छन् ।

लुम्विनी प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा घरघरमा खानेपानीको सुविधा पुगेको हो । खानेपानी योजनाबाट गाउँका एक सय पचास घर परिवार धारा वितरण भएको छ । खानेपानी समस्याकै कारण वर्षिक दश रबाह्र घर परिवार बसाईसराई गर्दृ आएकोमा अब अन्य घरपरिवारले भने पानीको सुविधा पाएपछि बसाइ सराइ नगर्ने बताएका छन् ।

योजना सम्पन्न नहुँदा पानीको समस्या झेलेकी यम कुमारी सुनारले भनिन्,ु गाउँघरमा प्रशस्त पानी नहुँदा दिनहुँ आधारातमा उठेर पँधेरामा पानी बोक्न जानु पर्थ्यो, अब यो झन्झट हटेको छ।ु पानीको समस्याका कारण नुहाउन लुगाकपडा धुन खोला धाउनु पर्थ्यो, अहिले घरघरमै पानी आएपछि दिनहुँ नुहाइधुवाइ सरसफाइमा सहज भएको रक्षा सुनारले बताइन् ।

योजना सम्पन्न गर्नका लागि एक सय पचास घर परिवारले २५ दिनसम्म श्रमदान गरेको र खानेपानीका कारण गाउँमा सकरात्मक परिवर्तन आएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाँम्चाले बताए ।

पाँच सय मिटरको उचाइमा लिफ्टिङ्ग गरी वितरण गरिएको यस खानेपानी योजनाबाट यस क्षेत्रका आठ सय जनता प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । योजना सम्पन्न गर्नका लागि नेपाल सरकारको खनोपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत १ करोड २ लाख र स्थानीय जनताको २१ लाख गरी १ करोड २३ लाख मा योजना सम्पन्न भएको खानेपानी कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank