चिसाे भुइँमै बसेर यसरी पढ्छन दलित विद्यार्थीहरू !

दलित अनलाईन ११ माघ २०७५, शुक्रबार १६:११

सुरेन्द्र कुमार कामति

सिरहा नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय ठेंगहीका बालबालिका विद्यालयको चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । दलित र मुस्लिम समुदायका बालबालिका धेरै रहेको विद्यालयमा विद्यार्थी आफै घरबाट प्लास्टिकको बोरा लिएर विद्यालय जाने गरेका छन् ।

जम्मा ८४ जना बालबालिका अध्ययन गर्दै आएका विद्यालयका प्रध्यानाध्यापक दुःखी यादवका अनुसार उनी आफु एक जनाले मात्र विगत पाँच वर्षदेखि विद्यालयमा बहुकक्षा शिक्षा गराउँदै आएका छन् ।

अध्ययापन हाल तात्कालिन गाउँ विकास समितिको भवनमा सञ्चालन भइरहेको छ । विद्यालयमा ८४ बालबालिका भर्ना भएपनि दैनिक ३५ देखि ४५ बालबालिकाको उपस्थिती हुने गरेको प्रअ यादवले बताए ।
विद्यालयमा उनी एक जनामात्र शिक्षाक हुन् ।

दलित उत्थानमा पनि बहुकक्षा
सिरहा नगरपालिका १० मा रहेको अर्को दलित उत्थान आधारभूत विद्यालयमा पनि बहुकक्षा सञ्चालन हुने गरेको छ । ९५ बालबालिका रहेको उक्त विद्यालयमा दलित समुदायका अधिकांश बालबालिका अध्ययन गर्ने गरको प्रध्यानाध्यापक योगेन्द्र साहले बताए ।

एक जनामात्र शिक्षक रहेका उक्त विद्यालयहरुमा दिउँसो निःशुल्क खाजा कार्यक्रम रहेकोले विद्यार्थीहरुको उपस्थिती हुनेगरेको उनले बताए ।

प्रध्यानाध्यापकलाई कुनै मिटिङ अथवा अस्वस्थ भएमा विद्यालयनै बन्द हुने गरेको छ ।

अनुगमन छैन
सिरहा नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखाले विद्यालयको समस्या अथवा अवस्थाबारे कुनै चासो दिएको छैन् ।

स्थानीय सरकार मातहतमा शिक्षालाई भाभिएपनि आज सम्म कुनै अनुगमन भएको छैन् । सिरहा नगरपालिकाका स्रोत व्यक्ति जीवनेश्वर यादवले भने अब विद्यालय अनुगमन गर्ने तयारीमा रहेको बताए ।

जनप्रतिनिधीको पनि वेवास्था
स्थानीय तहमा शिक्षालाई गाभिएपनि स्थानीय जनप्रतिनिधीको चासो गएको छैन् । वडागत योजनाबाट शिक्षा क्षेत्रको लागि बजेट विनियोजन गरिएपनि वडा नम्बर ९ र १० का दुई विद्यालयमा वडा अध्यक्षहरुको निगरानी देखिएको छैन् ।वडा नम्बर ९ का अध्यक्ष हरिदेव यादवका अनुसार प्रध्यानाध्यापकले सोध्दैन्, कसरी के गर्ने, त्यो छलफल हुनै सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank