कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार विनोद पहाडीलाई

दलित अनलाईन ५ फाल्गुन २०७७, बुधबार २३:२९

काठमाडौ— यस वर्षको कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार’ विनोद पहाडीलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघले राष्टिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार र संविधानसभा सदस्य विनोद पहाडीलाई  ‘कृष्ण सेन  ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार’राशि पँचास हजार रुपैयाँ रहेको छ । विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहेका थिए ।

२०४६ सालदेखि पत्रकारिताको क्षेत्रमा पाइला टेकेका पहाडी २०५३ देखि २०५८ सम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको अध्यक्ष भएका थिए भने २०६१ सालमा महासंघको केन्द्रिय सदस्य भएका थिए । उनी रेडियो जागरण ९३.६ मेगाहर्ज बुटवलको अध्यक्ष हुन् भने राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रिय अध्यक्ष हुन् ।

यसैबीच
यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पत्रकार पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिएको छ । ‘मदरल्याण्ड यु.एस.ए. लैंगिक समानता पत्रकारिता पुरस्कार’ पत्रकार गणेश लम्साल, लोग्शरी कुँवर र कमला पाख्रिनलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही चालीस हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही दश हजार रुपैयाँ रहेको छ । जनही दश हजार राशीको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ । ‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि दश हजार १११ रुपैयाँ रहेको छ । महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुुुस्मिता भेटवाललाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही दश हजार रहेको छ । पत्रकार इश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३५ जना पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकारिता’ भन्ने मूल नारासहित सुरुभएको महाधिवेशनको बन्द सत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्वन्धित ऐन÷कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदान बारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जनाकारी दिए ।
महासङ्घ नेपाली पत्रकारहरुको छाता सङ्गठन हो । पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घको मूल उद्देश्य, लक्ष्य र दायित्व हो । ६ दशकभन्दा लामो इतिहास रहेको महासङ्घमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करिब १३ हजार भन्दा बढी पत्रकार आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank