प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरु]

दलित अनलाईन २८ माघ २०७७, बुधबार २३:२०

असंवैधानिक कदमविरुद्ध

काठमाडौं— प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार राजधानीमा विशाल जनसभा गरेको छ।

नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल समूहले विशाल जनप्रदर्शनपछि विरोधसभा गरेको हो। बिहन ११ बजे राजधानीका विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, रघुजी पन्त, रामकुमारी झाक्रीलगायत नेताले सम्बोधन गरे।

यस अघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गरेको हो।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank