दलित सशक्तीकरण ऐन कार्यान्वयन हुन्छ : मन्त्री नवलकिशोर साह

दलित अनलाईन २६ माघ २०७७, सोमबार २१:५९

सप्तरी— प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् ।
दलित सरोकार मंच नेपाल सप्तरीद्वारा सोमबार सप्तरीको महुलीमा आयोजित दलित सशक्तीकरण ऐना कार्यान्वयन अवस्था चुनौती र अवसर विषयक दलित अगुवासंग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले दलित सशक्तिकरण कार्यान्वयना लागि व्यवस्था गरिएको समितिहरुमा चाडै नियुक्ती गर्न लागेको बताए ।
कार्यक्रम बोल्दै मन्त्री साहले दलित समुदायको हक अधिकार सुनिश्चितताको लागि प्रदेश २ सरकारले दलित सशक्तीकरण ऐन ल्याएको बताए । ‘दलित अगुवा तथा विज्ञहरुसँग पटकपटक छ्लफल गरेर ऐन बनाएका हौ ।’ मन्त्री साहले भने, ‘ऐन कार्यान्वयन चरणमा छ ।’
दलित सशक्तिकरण ऐनामा दलित समुदायका शिक्षा, स्वास्थ, रोजगार, आरक्षण सहितका धेरै सुविधाको व्यवस्था हामीले गरेका छौं । मन्त्री साहले भने,‘चाँडै समितिहरु गठन गरेर ऐन कार्यान्वयनमा ल्याउन म प्रतिबद्धता छु ।’
कर्मचारी अभावले काम गर्न केही कठिनाई हुने गरेको बताउदै मन्त्री साहले दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रदेश २ सरकार उत्पीडित जति समुदायको प्रतिनिधि गर्ने सरकार रहेको दाबी गर्दै मन्त्री साहले ऐन कार्यान्वयनमा आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव समाप्त हुने उल्लेख गरे ।
दलित समुदायको उत्थानका लागि प्रदेश २ सरकारले महत्त्वपूर्ण कामहरु गरेको चर्चा गर्दै मन्त्री साहले आफ्नो संसदीय कोष र मन्त्रालय समेतले दलित समुदायको हकमा बजेटलाई प्रथामिकतामा राखेको बताए । मन्त्री साहले हाल नेपाल देश विना संविधान चलिरहेको बताएका छन । केन्द्र सरकारको बलमिचाईले संविधानको बर्खिलाप भएको बताउदै मन्त्री साले भने,हामी विना संविधानको शासन व्यवस्थामा छौ ।
प्रधानमन्त्री ओलीको एक क्षत्रीय तानाशाही शासन व्यवस्थाले प्रतिगामी शक्तिलाई बल पुगेको भन्दै मन्त्री साहले गैरसंवैधानिक कदमको सबै मिलेर प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।


जनता समाजवादी दलित संघका संयोजक श्याम सरदारले दलित सशक्तीकरण ऐना ल्याएको भन्दै प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।
उनले सातवटा प्रदेश मध्य छवटा प्रदेशमा दलितको अधिकारका लागि चर्चा समेत नभएको अवस्थामा प्रदेश २ का दलितको उत्थानमा ऐन बनाएर उद्वरता देखाएको बताए ।
पत्रकार भोला पासवानले ऐनमा पूर्ण आरक्षणको व्यावस्था रहेकोे बताए । ऐना कार्यान्वयनमा जोड दिदै पासवानले ऐनमा प्राप्त दलित हक–अधिकारको बारे दलित समुदाय जानकार हुनुपर्ने आवश्यकता औलाए ।
कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै पासवानले ऐन लागू हुने साथ दलित समुदायको अधिकांश समस्य हल हुने दाबी गरे । दलित सरोकार मंच नेपालका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपाकाकी उपप्रमुख कविता सरदार, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवि सरदार, तिरुहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया खंगले कानुनले छुवाछुत प्रथाको अन्त्य गरेपनि अझै पनि व्यवहारमा कायम रहेको बताए ।
उनीहरुले पदमा रहेपनि दलित भएको कारण आफ्नो अधिकार प्रयोगमा गैर दलितहरूले महत्व नदिदा अपमान महुसुस हुने गरेको गुनासो सुनाए ।
कार्यक्रममा प्रथम लाल राम,रंजना कुमारी राम, मुन्नी कुमारी खंग,अर्चना परियार, दुर्गादेवि खंग, बेलि देवि राम देवलाल खंग,मनोज राउत मेहतर, कपेलेश्वर सरदार, रुपलाल विश्वकर्मा, सियाराम पासवान,डिक बहादुर बिश्वकर्मा, कमानन्द रामले ऐनलाई प्रभावकारी रुपले स्थानीय तहहरुले पनि कार्यान्वयन ल्याउनुपर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank