नागरिक आन्दोलनको शीतल निवास मार्चपास [तस्बिरहरू]

दलित अनलाईन २३ माघ २०७७, शुक्रबार ११:४५

काठमाडौं—  सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध निरन्तर आन्दोलनमा रहेको ‘बृहत् नागरिक आन्दोलन’ ले शुक्रबार लैनचौरबाट शीतलनिवास मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोध मार्चपासका क्रममा गरिएको थियो । लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो ।

मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो । कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।

लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।

सहभागीहरुले  ‘राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank