अन्तरजातीय विवाहको सकस : आमा भन्छिन् रुकुम घटना दोहोराउने भनेपछि छोराले आत्महत्याको बाटो रोज्यो

दलित अनलाईन १६ माघ २०७७, शुक्रबार २०:१३

सुनसरी —समाजमा दिन प्रतिदिन दलित युवाहरु मारिने क्रम बढ्दो छ । अन्तरजातीय विवाहकै कारण दलित युवाहरु लखेटीलखेटी मारिन्छन् त  कतै दलित युवा समाजबाट तिरस्कार र दुरुत्साहित भएर मारिएका छन् । स्थान, समय र परिवेश फरक होला तर कारण उही अन्तरजातीय विवाह नै बन्नपुग्छ ।

एक वर्षभन्दा बढी समय अन्तरजातीय प्रेम सम्बन्धपछि राजी खुशी विवाह गरेका सुनसरी रामधुनी नगरपालिका वडा नं ४ पिडारी ,पत्थरकटाका १८ वर्षीय  अर्जुन विश्वकर्माले आत्महत्या गरे । माघ ७ गते प्रेम विवाह गरेका विश्वकर्माको तीन दिनपछि माघ १० गते  आत्महत्या गरेका हुन् । उनको आत्महत्या दुरुत्साहन भएको परिवारको दावी छ ।

आमा-बाबु र अधिकारकर्मीहरुको ठम्याई पनि उनको आत्महत्या  दुरुत्साहन र ज्यान लिने धम्कीका कारण आत्महत्याको बाटो राज्नुपरेको परिवारको विश्वास छ । घटना अघि अर्जुन विश्वकर्मालाई जातीय आधारमा गालीगलौज  गरी रुकुम हत्या काण्ड दोहोराउने भनेपछि र ज्यान लिने धम्की समेत दिएपछि छोराले आत्महत्याको बाटो राजेको  आमाले  बताइ्न । अर्जुन विश्वकर्मा स्थानीय  दिपिका भुजेलबीच विगत १ वर्षदेखि  प्रेम सम्बन्धमा थिए ।

प्रेम सम्बन्धलाई गत २०७७ माघ ७ गते राजी खुशीका साथ प्रेम विवाह गरे । तर  विवाह कानुनी रुपले केटाकेटीको उमेर नपुगेका कारण स्थानीयहरुले लालपुर प्रहरी चौकीसम्म पु¥याए । चौकीमा स्थानीय समाजसेवी,वडाअध्यक्ष र राजनीतिक दलका प्रतिनिधिसँगै केटाकेटी पक्षका आफन्तहरु भेला भए । केटा र केटीले विवाह गरे पनि त्यस विवाहले कानुनी रुप नपाउने भएका कारण प्रहरीले केटा र केटीलाई अभिभावकको जिम्मा लगायो ।

केटाकेटी आ–आफनो अभिभावकका साथ घर गए  । तर केटालाई असह्य भयो ,कलिलो उमेर ,अपरिपक्क युवा अवस्थाले पचाउन पनि किन सक्थ्यो । घर आएर उनी आफनो मामाको घर गए । मामाघर छेउमा केटीको घर थियो । केटी लगायत केटीका आफन्त र छरछिमेकले केटालाई अन्तरजातिय विवाह गरेकै कारण उनलाई जातीय आधारमा तथानाम गालीगलौज  गरे ।

अर्जुनकी आमा यसो भन्छिन्

अर्जुनकी आमा कुमारी विश्वकर्माका अनुसार ,सोही दिन बेलुकी त्यस भेगमा बसोबास गर्ने अन्तरजातिय विवाह स्वीकार गर्न नसक्ने गैरदलितहरुले समेत आलो घाँउमा नुनचुक थपे झै , पश्चिम रुकुमको जस्तै घट्ना दोहोराउने भनि हामी सबैलाई तथानाम गाली गरियो । छोरोले त्यस कुरालाई सहन नसकेर एक्काशी घरमा रुदै आएर कोठा भित्रबाट चुकुल लगाएर डोरीले पासो लगाएछ । म केही छिनमा आएर छोरालाई बोलाउन थाले चिच्चाए कराए । तर त्यो ढोका खोल्न सकिन् हार गुहार गरे । कोही पनि नभएको कारण छोरालाई बचाउन सकिन । आत्महत्या गरेर आँखा अगाडी प्राण त्याग गर्यो ।

घटना घटिसकेपछि आत्महत्या गराउन बाध्य गराउने त्यस समाजका केही व्यक्तिहरु डर त्रासका कारण कोही पनि अन्तिम दाहसंस्कारमा समेत नआएको आमाले  बताइन् । कलिलो छोरालाई गुमाउनु पर्दा आज हाम्रो परिवार नै विक्षिप्त बनेको छ । ‘जस–जसले छोरालाई आत्महत्या गर्नु पर्ने अवस्था बनाए, ‘उनीहरुलाई खोजीखोजी कारबाहीको भागीदार बनाउनुपर्छ ।’

आत्महत्या गर्न बाध्य बनायो  : अधिकारकर्मी

घटनाको जानकारी भए  पनि  केन्द्रका दलित अगुवा र दलित अधिकारकर्मीहरुको टोली नगए पनि घटना भएको पाँच दिनपछि  टोली घटनास्थलको अनुगमनमा तथा अध्ययन गरे  । अर्जुनको आत्महत्या अन्तरजातीय प्रेम विवाहको कारण दुरुत्साहित भएर  भएको टोलीले  निष्कर्ष निकालेको छ ।

दलित अधिकारकर्मीहरु डिबिशाह शंकर,अमर बराईली ,पार्वती बराईली र रामधुनी झुम्काका स्थानीय अधिकारकर्मीहरु १५ गते घटनास्थल अध्ययनमा पुगेका थिए । घटनाको मुख्य  कारण भनेको नै अन्तरजातिय विवाह भएको र उक्त विवाहकै कारण आत्महत्या गर्न बाध्य बनाईएको ठहर छ । घटना  घटाउन बाध्य बनाउने ,ज्यान मार्न दुरुत्साहन गराउने उपर सख्त कारबाही गर्न र  पीडकहरुलाई हदैसम्म कानुनी प्रक्रियाको बाटो अगाडी बढाउने दलित अधिकारकर्मीहरु माग गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank