प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट : अध्यक्ष प्रचण्ड

दलित अनलाईन १५ माघ २०७७, बिहीबार २३:१५

बुटवल— नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सामन्ती तथा निरंकुशताको एजेन्ट भएको बताएका छन् ।

नेकपाका दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रचण्डले ओली सामन्ती तथा निरंकुशताको एजेन्ट भएको बताएका हुन् ।

जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनको भनाई थियो । उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् । हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’

अध्यक्षले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो अदालत जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न जनसमुदायमा आव्हान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,’ उनले भने,‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।’

अध्यक्ष प्रचण्डले आन्दोलन गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति भएको बताए । अध्यक्षले भने, ‘तपाईलाई के नलागोन् भने केपी ओली भन्ने एक जनाको विरुद्ध विरोध गर्न कार्यक्रम आयोजना गरिएको हो । गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका छौं ।’

आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको अध्यक्ष प्रचण्डले बताए ‘मैले बडो उदारतापूर्वक प्रधानमन्त्रीमा सहयोग गरें, तर ओलीजी पार्टी एकताको तीन वर्ष नपुग्दै एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढ्नु भयो, यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।’
उनले किसानका समस्या समधान गर्ने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसी, आदिवासी, दलित, जनजाती, महिला, मुस्लिम सबै उत्पीडित र विभेदमा परेका समुदायलाई न्याय, समानता र सम्मान दिने कुरा कहानीजस्तै बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank