गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

दलित अनलाईन १२ माघ २०७७, सोमबार २२:२८

पोखरा —‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् ।

५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका –१६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।

गायक पुरुषोत्तम न्यौपानेले  भने–‘उहाँका गीतहरु धेरै छैनन् तर जति छन् लोकप्रिय छन् ।’ रेडियो नेपाल पोखरामा उनका रेकर्ड भएका केही गीतहरु पनि रहेको न्यौपानेले जानकारी दिए । धनबहादुरले पोखरा महानगरपालिको सरकारी जागिरबाट गतवर्ष अवकाश लिएका थिए । उनले संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको गुरु भएर प्रशिक्षण समेत दिएका छन् । उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व संगीत पाठशाला प्रतिष्ठान’को समेत गठन गरेका थिए । यो प्रतिष्ठानको अध्यक्ष भएर उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।

सर्जक तथा वाद्यवादक धनबहादुरको निधनले लोक सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए । लोक सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुले उनको निधनमा दुःख ब्यक्त गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank