मेनस्ट्रिमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार

दलित अनलाइन कार्तिक १४, २०८२

काठमाडाैं — दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रिमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए।  सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कामीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए।

Shivam Cement

‘जाजरकोटमा साह्रा गाउँले उर्लिएर आएर नवराज विकसहित ६ जनाको हत्या भयो। बझाङमा सम्झना कामीको सामूहिक बलात्कार भयो। काठमाडौंमा पढेका, लेखेका, विद्वान भनिएका बुद्धिजीवी भनिएका, मेनस्ट्रीम हामी हौं भनिएका पत्रकारहरुको सामूहिक बलात्कारको सिकार म भएको छु । जसले आफूलाई मेनस्ट्रीम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, उनीहरुको सामूहिक आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ,’ उनले भने।

साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank