केपी ओली बयलगाडामै हुनुहुन्छ : प्रचण्ड

दलित अनलाईन १४ पुष २०७७, मंगलवार २१:३९

सिद्धान्त बयलगाडाको सिद्धान्त हो

 

काठमाडौं—  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् ।

आज दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले कलंकको टिका लगाएको पनि गम्भीर आरोप लगाए । उनले भने,‘तर, उहाँले संविधानको बलात्कार गरें, मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन् ।’ उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले सम्बोधनको सुरुमा भनेका छन्,‘हामी छोटो समयमा यत्तिका धेरै विरोधसभा र प्रदर्शनमा उत्रिएका छौं । आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीलाई सम्बोधन गरिरहेका छौं । संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध विश्वभरिका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छौं । यो लडाई सबैको लडाई हो ।’ नेपाली जनताले ७० वर्ष लामो समय लगाएर कहिले जनयुद्ध र कहिले जनआन्दोलन गरेर संविधानसभाद्धारा संविधान बनायएको स्मरण गराउँदै उनले ओलीले संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे ।

उनले अघि थपे,‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान भयो । रगत र बलिदान दिएर हाँसिल गरेको परीणाम हो–यो संविधान । अब कम्युनिष्टहरुलाई मत दिएपछि राजनीतिक व्यवस्था स्थायी हुनेछ । नयाँ युगको प्रारम्भ हुनेछ भनेर नेपाली जनताले हामीमाथि भरोसा दिएका थिए । तीन वर्ष बित्दा नबित्दै, हामीले बनाएको र अघि सारेको प्रधानमन्त्रीबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर उभिएर बोल्दै गर्दा वस्ततः थोरै क्षमायाचन गर्न चाहन्छु । मैले नै वाम गठबन्धनको प्रस्ताव लिएर ओलीकहाँ गएको हो । मलाई थाहा थियो–उहाँको बयलगाडाको सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद र संघीयताको विरोध हो । धर्मनिरपेक्षता विरोधी हो भन्नेपनि मलाई थाहा थियो–अब आँधी आयो, हुरी आयो मैले पनि मान्दिएँ भन्नुभएकोले विश्वास गरेको हो, तर उहाँको मनले चाहीँ मान्नुभएको थिएन । उहाँ बयलगाढामै हुनुहुन्छ । प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले सच्चिए होला भन्नठान्यौं तर कहीँ कहीँ मलाई थोरै अप्ठ्यारो महशुस भयो । हामीले बुझ्न सकेनौं । यति छिटो संविधानमाथि निर्मम प्रहार भयो । कसैले पनि हामीले सपनामा पनि सोचेका थिएनौं । कम्युनिष्ट पार्टी भनेको विचार र विधिबाट चल्ने पार्टी हो । तर, ओली विचारबाट स्खलित भैसकेको व्यक्ति हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank