‘असंवैधानिक’ कदम
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नागरिक समाजका अगुवाहरु सडकमा आएका छन् । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र ‘असंवैधानिक’ भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेका हुन् ।
‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरे । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।
Leave a Reply