छाउपडी महिला उत्पीडन कुप्रथा

गणेश नेपाली १ पुष २०७७, बुधबार २१:२१

रजस्वला बालिकाको तारूण्यता आरम्भ शुरू भएको उमेर देखि अधवैशे अवस्था अन्त्य हुने अवस्था सम्म रहने महिलाहरुको अनिवार्य शारीरिक अवस्था हो । यसलाई हाम्रो समाजमा बाहिर हुने, छुती हुने, छाउपडी, छाउ, महिनावारी, मासिक श्राव भन्ने गरिन्छ । २८ दिन देखि ३० दिनको अवधिमा महिनामा एक पटक हुने भएकोले यसलाई महिनावारी भनिएको हो । रजवती भई सन्तान लाई जन्म दिन सक्ने अवस्थामा महिला पुग्ने भएकोले रजस्वला भनिएको हो । प्रत्येक महिना कम्तिमा चार दिन देखि सात दिन सम्म महिनावारी भएकी महिलालाई भान्छा पूजा कोठा प्रवेश निषेध, घरपरिवारमा सामुहिक खानपिन निषेध, पानी र पकाईएको खानेकुरा छुन नहुने नदिईने, धार्मिक अनुष्ठान र पूजा गर्न निषेध गरिने भएकोले बाहिर हुने, छुती, छाउ, छाउपडी लगायतको नाम दिईएको हुनुपर्छ । नाम जे सुकै दिईए पनि महिला रजस्वला, महिनावारी, छाउपडी नहुने हो भने न त पुरुष न त महिला, मानिसको जन्म नै हुन सक्तैन । जुन कृया र शारीरिक विकास रोकियो भने मानिसको अस्तित्व यो पृथ्वीमा के होला ? कल्पना नै गर्न सकिदैन । महिनामा चार देखि सात दिन सम्म महिलाहरूले सहनुपर्ने छाउपडी विभेद एक वर्षमा महिला जसले सन्तान जन्माउनको लागि नौं महिना सम्म आफ्नो पेटमा गर्भधारण गर्छिन् त्यो अवस्थामा पुग्न मासिक स्राव अनिवार्य हुन्छ । यो अनिवार्य शारीरिक विशिष्टता केवल महिलालाई मात्र प्रकृतिले प्रदान गरेको छ । जुन शारीरिक कार्यका लागि महिला प्रति पुरुष नतमस्तक हुनुपर्छ । तर त्यसको विपरीत महिला मासिक स्रावका बेला छुवाछुत जस्तो गम्भीर अपराधको सिकार हुनुपर्ने , सन्तान जन्माउन सक्षम हुने अवस्थामा पुग्दा र मानिसको सृष्टिलाई निरन्तरता दिन अथाह पीडा भोग्नुपर्ने महिलालाई छुवाछुतको सिकार बनाउने हाम्रो मानव समाज र असह्य पीडा भोगेको टुलुटुलु हेरिरहने हाम्रो प्रवृत्ति खेदजनक छ ।

नेपाली भाषामा नै ठाउँ अनुसार कहि बाहिर हुने, कहि छुती, कहि छाउ, कहि छाउपडी, कहि महिनावारी भनिएता पनि, देशको सुदुरपश्चिम र कर्णाली प्रदेशका केही त्यस्ता जिल्ला जहाँ महिनावारी हुँदा महिलाले पाउने सास्ती यति कहाली लाग्दो छ कि जहाँ यसलाई छाउपडी भनिन्छ । यस प्रदेशका अछाम, बझाङ्ग र बाजुरा तथा कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लामा महिनावारी हुँदा महिलाले बस्नुपर्ने घर नै फरक हुने र त्यो घरलाई छाउगोठ या छाउखुल्लो भनिन्छ । जुन घर कुनै यातना गृह भन्दा कम नहुने जहाँ महिलाहरू हिउँदको बेला आगो बालेर सुत्दा धुवाँले निस्सासिएर, घुटन भएर ज्यान समेत गएका छन् । राती विषालु सर्पले डसेर ज्यान गएका घटना घटेका समाचारहरू नि आए । महिलाहरूले एक्लै बस्नुपर्ने भएकोले बलात्कार जस्तो जघन्य अपराधको सिकार भएका घटनाहरू संचारकर्मीहरू र सामाजिक अभियन्ताहरूको पहलमा सार्वजनिक हुन थालेपछि २०४० र ५० को दशकदेखि छाउपडी विरुद्ध बहस हुन थाल्यो । जहाँ महिनावारी भएको बेला महिलाले अकल्पनीय यातना र पीडा पाए, पाईरहेका छन् सुपमा बोलिने छाउपडी नाम देशको सबै स्थानमा बुझिने नाम भएको छ ।

यस कुप्रथाका कारण वि.सं.२०६२ यता दुई दर्जन बढी महिला तथा बालिकाहरूको ज्यान गैसकेको छ । वि.सं.२०६२ मा दलित एन्जिओ फेडेरेसनका अध्यक्ष दिल बहादुर विश्वकर्माको रीटमा सर्बोच्च अदालतले महिनावारीलाई महिलामाथि हुने हिंसा र विभेद भएको फैसला सुनायो र सरकारलाई छाउपडी प्रथा उन्मुलन गर्न चेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन नि दियो । वर्तमानमा मुलुकी अपराध संहितालको दफा १६८(३) ले छाउपडी भएका महिलालाई विभेद गरेको ठहर भए तीन महिना कैद वा तीन हजार रूपैयाँ सम्म जरिवाना वा दुबै सजायको व्यवस्था ग¥यो ।
छाउपडी प्राकृतिक शारीरिक विकासको अवस्थालाई पापका रूपमा बुझ्न सिकाउने हाम्रो समाजले धर्म, संस्कृति, परम्परा, प्रथा र रीतिरिवाजका रूपमा आज पनि अभ्यास गर्दै आउनु, हामीले सहज रूपमा स्वीकार्न सक्नु, हाम्रो चेतनाको स्तर कुन हदसम्म गुज्रेको छ भन्ने देखाउँछ ।
ब्रह्माण्ड पुराण र भविष्योत्तर पुराणमा ऋृषी पञ्चमी बारे उल्लेख भए अनुसार भविष्योत्तर पुराणको कथामा ईन्द्रले तोष्टा ऋषिको छोरा वृत्तासुरको बध गरेपछि ब्रह्माले हत्याको पापलाई नदिको फिज बग्ने पानी, आगोको धुवा बीचको ज्वाला, पहाड पर्वतमा हुने रूख र ढुंगामा हुने ऐंजेरु र महिलाको रजस्वलामा हालेर ईन्द्रलाई लाग्ने पाप मोचन गरेको भन्ने विश्वास गरिन्छ । त्यसैले महिलाहरूले रजस्वला भएको बेला जान अन्जानमा निषेधित कार्य भएको भए सो बाट मुक्ति पाईयोस् भनेर वर्तमानमा पनि हिन्दू महिलाहरूले ऋृषि पञ्चमी व्रत बस्दछन् । महिनावारी पापका रूपमा अभ्यास हुनु त्यसलाई विश्वास गरिनु अति दुःखद र महिला प्रति घोर अन्याय हो ।

हिन्दू धर्ममा मात्र नभएर इस्लाम र इशाई धर्ममा पनि रजस्वलाई अपवित्र भनी पूजा गर्न बर्जित, लगायतका केही निषेधहरू उल्लेख भए पनि वर्तमानमा ईशाई र ईस्लाम धार्मिक समूदायमा छाउपडीको पिडादायी अभ्यास हटिसकेको भनिन्छ । अन्य धार्मिक समुदायहरू युग अनुसार परिवर्तन हुन सक्छन् भने हिन्दूहरू मात्र किन परिवर्तन हुन सकिरहेको छैन । स्वतन्त्रता र समानताका मुद्दाले विश्वमा सचेत भनिने मानव समाजमा, सम्मानजनक स्थान ग्रहण गरिसकेका ठाउँहरूमा धार्मिक, साँस्कृतिक, सामाजिक रूपमा मानसिक र शारीरिक आघात पुग्ने अभ्यासहरू निमिट्यान्न भैसकेका छन ।

सबैभन्दा महत्वपूर्ण कुरा अब पुरुषहरुले टुलुटुलु महिलामाथि आमा, दिदी, बहिनी, छोरी, बुहारी, फूपू, अनि श्रीमतिको सास्ती उन्मूलन गर्न जुर्मुराउनुपर्छ । साहस गर्नैपर्छ अब देखि मेरा घरमा छाउपडी कुप्रथा होईन शारीरिक विकासको प्रकृया मात्र हो भन्ने सोच जुनसुकै व्यवधान, साह्रो, गाह्रो परे पनि विकास गर्छु । छाउपडी जन्य छुवाछुत कुनै हालतमा मेरा घरमा निषेध गर्नैपर्छ ।

 

छाउगोठामा छाउपडी हुँदा महिलाले भोग्नु परेको हिंसा प्रति संवेदनशील भएर सरकारले छाउघर भत्काउने अभियान चलायो । मान्छे कस्तो अचम्मको छ कि छाउघर भत्काईए पछि कसैले नदेख्ने ओडार जंगलतिर गएर बस्न थालेको दृश्य बझाङ्ग जिल्लामा देख्न पाईयो । अनि चल्यो हावा छाउगोठ भत्काएर मात्र हुदैन् सोच भत्काउनुपर्छ। । जसले यो तितो वास्तविकता ओकले तिनीहरू नै सोच भत्काउन तयार छैनन ।

धनगढीको मुटु मेन रोडको छेउमा रहेको टोलमा भाडामा बस्नका लागि कोठा खोज्दा घरवेटीलाई सोध्दा दलित र महिलालाई कोठा भाडामा दिन सकिँदैन भनेर ओठे जवाफ पाईएको तितो अप्रिय अनुभव डेरा खोज्ने मान्छेहरूले व्यक्त गर्ने गरेका छन । धनगढी सुदुरपश्चिमको अस्थाई राजधानी शहर हो । यतिमात्र होईन यो शहर सुदुरपश्चिमको शैक्षिक केन्द्र र एकमात्र उप(महानगरपालिका हो । दलित र छाउपडी भएकी महिलाले पानीको धारा छोएपछि धारा अपवित्र हुने, घरवेटीको कुलदेवता र पितृ रिसाउने विश्वास गर्न अझैं शहरी क्षेत्रमा समेत छोड्न सकेका छैनौं । धनगढी जस्तो शहरमा जुनसुकै जातका महिलाहरूलाई डेरा पाउन कति गाह्रो छ भन्ने दृष्टान्त हो यो । शहरमा समेत संरक्षित छाउपडी गाउँघरमा कस्तो दुश्य होला अनुमान लगाउन सकिन्छ । धनगढीकै १ नं. वडाको एक टोल जहाँ छाउपडी भएका बेला छुवाछुत नबार्ने एक परिवारका महिलालाई अरु छिमेकी महिलाहरूले तपाईं त कहिल्यै पनि टाढिनु हुदैन ? के हो यस्तो भनेर विरोध गरिरहेका हुन्छन । यस्तो किन गर्दा रहेछन् भनेर बुझ्न खोज्दा के पत्ता लाग्यो कि छाउपडी नबार्दा महामारी फैलने, बाढी पहिरो, आगलागी, जस्ता प्रकोपहरूको सामना गर्नुपर्ने अन्धविश्वास गरिने रहेछ । महिलाहरू नै टोलहरूमा कसले छाउपडी बा¥यो कसले बारेन जस्ता चियो चर्चा समेत गरिरहने पाईयो । छाउपडीलाई छुवाछुत संग जोडेर नबार्ने केवल सरसफाई संग सरोकार राख्ने भारतीय मूलका हिन्दुहरू र मुस्लिम समुदायहरू पनि बसोबास रहेको धनगढीमा शिक्षित कहलिएकाहरू पनि छाउपडी नबार्ने कुरा कल्पना समेत गर्न नसक्ने अवस्थामै रहेकै देखियो । एक विद्यालयकी शिक्षिका भन्छिन् म छाउपडी अभ्यास परित्याग गर्न नै सक्दिन । मेरा अधिकृत ओहोदामा पुगेका छोरीहरूले तपाईले पढ्नुभएको र प्राप्त गर्नु भएको सर्टिफिकेटको कुनै अर्थ छैन भन्छन भनेर आफ्नो निरिहता प्रकट गर्छिन । चेतनाको सम्बाहकहरू नै यस्तो अवस्थामा हुनुले छाउपडी उन्मूलनका कार्यक्रमहरू कति प्रभावकारी भएको छ भन्ने यसले देखाउँछ । सुदुरपश्चिमका केही पहाडी जिल्लाहरूमा छाउपडी भएका महिलाहरूले गाई भैसीको दूध दुन हुने, घाँस काटेर खुवाउन हुने तर दूध खान नहुने प्रथा पुरुषवादी अहम् र सामन्ती सोच नै हो । अनुसन्धानले भन्छ महिलाहरूमा अमिट भएर रहेको पितृसत्ता अनुशरणवादी सोचको कारण पनि यो प्रथा लागू गर्न र यसलाई निरन्तरता दिन महिलाहरू नै उद्यत रहेको समेत देखिन्छ । यहाँसम्म कि सन् २०१९ डिसेम्वर देखि चाईनाको वुहान शहर हुँदै विश्वभरी फैलिएको कोभिड(१९ महामारी पनि छाउपडी नबारेका कारण हो भन्ने बुझाई भएका र यही कुरो भन्न नचुक्ने नयाँ र पुराना पुस्ताका केही मानिसहरूको जमात शहरहरूमा पनि देखियो ।

सरकार, राष्ट्रिय र अन्र्तराष्ट्रिय गैससहरू, सामाजिक अभियन्ताहरू छाउपडी जस्तो कुप्रथा उन्मुलन गर्न लागी परेको देखिन्छ । सबैतिरबाट पहल भैरहेको छ । जति भैरहेको छ अप्रयाप्त छ किनभने महामारीको त्रास, प्राकृतिक प्रकोपको त्रास, देउता र पितृ रिसाउने डर अन्धविश्वासी भिडहरूमा व्याप्त छ । यसको विरोध गर्दा समाजमा एक्लिनुपर्ने भय यो कुप्रथा हट्नुपर्छ भन्ने चेतना भएका मानिसहरूमा रहेको पाईयो ।
कानूनको कार्यान्वयन गरी पिडकलाई मुलुकी अपराध संहिता अनुसार सजाय गर्न सबै तिरबाट आँट गरिनुपर्छ । यो यस्तो कुप्रथा हो पिडितले यसका विरूद्ध बोल्दा आफ्नै परिवार बुवा, आमा र बाजे, बज्यैका बिरूद्ध बोल्न बोल्नुपर्ने भएकोले कानून अनुसार कार्वाही गराउने कार्य त्यति सहज देखिदैन । किनभने पिडित आफ्ना बुवा , आमाका विरुद्ध न्यायालय जानसक्ने सम्भावना हुन सक्दैन । त्यसैले अबको बाटो कानूनको कार्यान्वयन नै पहिलो प्राथमिकता हो भने अर्को पाटो यो कुप्रथा हटाउन कम्मर कसेकाहरूलाई प्रोत्साहित गर्नु हो । त्यस्तै एउटा विश्व अभ्यास पनि छ अनेक समस्याहरू विरुद्ध उत्सव मनाउन थालिएको धेरै भैसकेको छ । जसले परिणाम सकारात्मक आईरहेको छ । छाउपडी विरुद्ध पनि हरेक बर्ष दिवस मनाई विशिष्टतापूर्वक जान सकियो भने यो कुप्रथा हटाउन सहज हुन सक्छ । दिवसका दिन विद्यालयमा हाजिरी जवाफ , वक्तृत्व कला, निबन्ध र खेलकुद प्रतियोगिताहरू आयोजना गरेर । छाउपडी हँुदा योनाङ्गबाट चार देखि छ सात दिन सम्म रगत बग्ने भएकोले सरसफाईमा सबैको पहुँच पु¥याउन सरकार लागि पर्नुपर्छ । छाउपडी हुँदा अनिवार्य हुने सेनिटरी प्याड सर्वसुलभ नहुने कारण सबैको पहँुचमा पु¥याउन त्यसमा कर छुट गरी जतिसक्दो राहतमा वितरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ । साथै सरसफाईका निम्ति नभै नहुने पानीको सहज आपूर्ति हुन पनि आवश्यक छ ।
सबैभन्दा महत्वपूर्ण कुरा अब पुरुषहरुले टुलुटुलु महिलामाथि आमा, दिदी, बहिनी, छोरी, बुहारी, फूपू, अनि श्रीमतिको सास्ती उन्मूलन गर्न जुर्मुराउनुपर्छ । साहस गर्नैपर्छ अब देखि मेरा घरमा छाउपडी कुप्रथा होईन शारीरिक विकासको प्रकृया मात्र हो भन्ने सोच जुनसुकै व्यवधान, साह्रो, गाह्रो परे पनि विकास गर्छु । छाउपडी जन्य छुवाछुत कुनै हालतमा मेरा घरमा निषेध गर्नैपर्छ । किनकी हाम्रो समाज पितृसतात्मक छ । के गर्ने के नगर्ने अन्तिम निर्णय पुरुषहरुको हातमा नै हुन्छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पुरुष नै छाउपडी जन्य विभेद, छुवाछुत, यातना र हिंसालाई निषेध गर्न जाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank