यसकारण असफल अम्बेडकरवाद

धनकुमारी सुनार २७ मंसिर २०७७, शनिबार १५:५५

भारतका प्रभावशाली व्यक्ति महात्मा गान्धी र डा। भीमराव अम्बेडकर उही समयका तर दुई फरक धारका नायक थिए। गान्धी अम्बेडकरका लागि खलनायक थिए भने अम्बेडकर गान्धीका लागि विद्रोही र अराजक। गान्धी संसारले मानेका महान् व्यक्तित्व, शान्तिका नायक र धेरैका लागि स्वतन्त्रताका मुक्तिदाता थिए भने अम्बेडकर दलित समुदायका लागि नश्लवादी थिएस् अरुन्धती रोय ९द डक्टर एण्ड द सेन्ट०।

गान्धीको हाराहारी र अझ कतिपय मामिलामा बढी क्षमता र योगदान भएर पनि अम्बेडकर छायाँमा परे। अम्बेडकरमाथि जातिवादीहरुले राष्ट्रविरोधी र अलगाववादीको आरोप लगाए। कारण, उनले मुस्लिम लिगको छुट्टै पाकिस्तानको मागलाई समर्थन गरे। दलितका लागि छुट्टै निर्वाचन क्षेत्र माग गरे।

अम्बेडकर व्यक्ति वा वादका रुपमा दक्षिण एशियामा मात्रै नभई विश्व राजनीति र सामाजिक आन्दोलनको गन्तीमै अग्र योद्धा हुन्। उनी बाँचेको तत्कालीन भारतीय समाज जब्बर जातीय विभेदको चपेटामा थियो। सन् १८९१ मा महाराष्ट्रको रत्नागिरी (आम्बडबे) मा जन्मिएका अम्बेडकर शूद्र जाति महर समुदायको निम्नमध्यम परिवारमा हुर्किए। ब्रिटिश सेनाको सेवामा आबद्ध शिक्षित पिताको संरक्षणमा अम्बेडकरले अनौपचारिक र औपचारिक ज्ञान बटुल्ने अवसर पाए।

अम्बेडकरले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्ने मौका पाए। तत्कालीन बरोडा राज्यका महाराजा सयाजीराव गायडवाड तृतीयबाट अमेरिका र बेलायतमा छात्रवृत्तिमा पढ्न पाएका अम्बेडकरले कानून, इतिहास, समाजशास्त्र, राजनीतिशास्त्रमा औपचारिक डिग्री हासिल गरे भने अर्थशास्त्रमा विद्यावारिधि गरे। उनले केही समय प्राध्यापन र वकालत गरे। तत्कालीन भारतीय समाजमा उनले बाल्यकालदेखि विदेशबाट उच्च डिग्री प्राप्तपछि पनि जातका आधारमा अपमान, बहिष्करण र दुर्व्यवहार भोगे।

अम्बेडकरले उच्चस्तरको औपचारिक डिग्री पाएपछि जागिरे र व्यापारिक जीवनको सजिलो बाटो खोजेनन्, बरु आफू र समग्र दलित समुदायको शोषण र उत्पीडन विरुद्ध कठिन संघर्षको बाटो रोजे। ‘शिक्षित बन, संगठित होऊ र संघर्ष गर’ नारा स्थापित गर्दै उनले जात व्यवस्था उन्मूलनका लागि लेखेर, बोलेर र संगठन निर्माण मार्फत हिन्दू वर्णवादी समाजलाई चुनौती दिने कार्यको नेतृत्व गरे।
अम्बेडकरले उच्चस्तरको औपचारिक डिग्री पाएपछि जागिरे र व्यापारिक जीवनको सजिलो बाटो खोजेनन्, बरु आफू र समग्र दलित समुदायको शोषण र उत्पीडन विरुद्ध कठिन संघर्षको बाटो रोजे। ‘शिक्षित बन, संगठित होऊ र संघर्ष गर’ नारा स्थापित गर्दै उनले जात व्यवस्था उन्मूलनका लागि लेखेर, बोलेर र संगठन निर्माण मार्फत हिन्दू वर्णवादी समाजलाई चुनौती दिने कार्यको नेतृत्व गरे। भारतीय समाजमा जात व्यवस्था विरुद्ध सशक्त हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अथक् नायकत्वको जिम्मेवारी वहन गरे।

सन् १९२० तिरै राजनीतिमा आइसकेका अम्बेडकरले स्वतन्त्र भारतको संविधान लेख्ने कामको नेतृत्व गरे। दलित समुदायका लागि चुनाव क्षेत्र आरक्षणको मुद्दा स्थापना गर्न अगुवाइ गरे। अंग्रेज सरकारबाट प्रस्तावित कम्युनल अवार्ड, दलितको संख्या बढी भएका ठाउँमा दोहोरो मतदान गर्ने सुविधा र दलित आरक्षित निर्वाचन क्षेत्रको सुनिश्चितता विरुद्ध भोक हडतालमा उत्रेका गान्धीसँग ुपूना प्याक्टु ९१९३२० गर्न बाध्य भए। हिन्दू धर्ममा भएका कुरीति हटाउन ‘हिन्दू कोड बिल’ पास गर्ने उनको प्रयासमा पनि व्यवधान भयो।

अम्बेडकरले चार दर्जन भन्दा बढी राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा कलम चलाएका छन्। त्यसमध्ये वर्णव्यवस्था र त्यससँग जोडिएका प्रमुख सवालहरुबारे लेखिएको ‘जातको विनाश’, ‘अछूतहरु को हुन् रु’, ‘बुद्ध र कार्ल मार्क्स’, ‘मनुवाद र शूद्र’ लगायत उल्लेखनीय छन्।

‘जातको विनाश’ को पुनरावलोकन
यो खण्डमा अम्बेडकरद्वारा लिखित ‘एनाहाइलेसन अफ कास्टु (जातको विनाश) सम्बन्धी अवधारणाको सेरोफेरो र त्यससँगको नेपाली समाजको साइनो–सम्बन्धबारे चर्चा गर्नेछु।

१९३५ को डिसेम्बरमा भारतको हिन्दू धर्म सुधारक संस्था जातपात तोडक मण्डलको तर्फबाट पंजाबको लाहोरमा आयोजित सम्मेलनको अध्यक्षताका लागि अम्बेडकरलाई निम्तो गर्दै भाषण तयार गर्न लगाइयो। अम्बेडकरले हिन्दू जात व्यवस्था र वर्णवादको अन्त्य गर्न हिन्दू धर्मको मुहान धर्मशास्त्र नै नाश गर्नुपर्ने विषय उठाउँदै २६ उपशीर्षक सहितको ‘जातको विनाश’ नामक लामो भाषण लेखे।

उनले दक्षिण एशियाको हिन्दू वर्णव्यवस्थाले समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक प्रणाली र संरचनामा प्रत्यक्ष असर गर्ने भएकाले वर्णव्यवस्थाको तमाम स्रोत नाश हुनुपर्ने उल्लेख गरेका थिए।

भाषणमा समेटिएको हिन्दू धर्मशास्त्रको मूल शास्त्र वेदलगायत ग्रन्थहरुमा भएको जात व्यवस्थाको औचित्यमाथि कटु प्रहार गरिएको अम्बेडकरको अवधारणाले जातपात तोडक मण्डलभित्र ठूलो विवाद सिर्जना भयो। अम्बेडकरले भाषणमा आफू अब हिन्दू नरहने उल्लेख गरेका थिए। लाहोरको सम्मेलन नै भाँडियो र मण्डलका तत्कालीन प्रमुख गोकुलचन्द नारंग राजीनामा दिन बाध्य भए। सुधारवादी हिन्दू नेताहरुका अनुसार, अम्बेडकरको भाषणमा समेटिएको अवधारणा असंगत र अप्रासंगिक थियो ।

अंग्रेजसँग भारतको स्वतन्त्रता र मर्यादाका  लागि लडिरहेका कंग्रेस र कम्युनिष्टहरुले आफ्नै समाजमा रहेको क्रूरतम कुप्रथामाथि भने उपेक्षा गरेको अम्बेडकरको आरोप थियो। भारतमा जातीय विभेद कतिसम्म थियो भने, पेशावाओको राजधानी पुनामा अछूतले बाटोमा हिंड्दा कम्मरमा कुचो बाँध्नुपर्थ्यो भने गर्धनमा माटोको हाँडी झुन्ड्याउनुपर्थ्यो। जसले गर्दा आफूले हिंडेको पाइलामा कथित छूतको पाइला नपरोस् भनेर बढार्दै हिंड्नुपर्थ्यो र बाटोमा थुक्दा अशुद्ध हुन्छ भनेर हाँडीमा थुक्नुपर्थ्यो।
‘जातको विनाश’ सम्बन्धी भाषणमा अम्बेडकरले तत्कालीन समयको भारतीय स्वराज ९स्वतन्त्रता० आन्दोलनसँगै विकसित भएका र नेतृत्व गरिरहेका समाजवादी र कंग्रेस पार्टीहरुले भारतीय समाजका दलित समुदायको मुद्दाबारे प्रस्तुत गरेका दोहोरो चरित्रलाई कटु आलोचना गरेका छन्। राष्ट्रिय कंग्रेसले शुरुआत गरेको सामाजिक सुधार दलका हिन्दू उच्च जातीय नेताहरु तत्कालीन भारतको सतीप्रथा, बालविवाह, विधवा विवाहको सुधार गर्न अग्रसर भए, किनकि यो उनीहरुको परिवारभित्रको समस्या थियो। तर, उनीहरू जात प्रथाबारे मौन बसे वा उपेक्षा गरे।

अम्बेडकरलाई देवत्वकरण गर्दै जात व्यवस्था अन्त्य सम्बन्धी उनका विचारका सीमामा आँखा चिम्लिदिने तथा उनको नाम भजाएर हरेक मुद्दालाई ‘प्रोजेक्टाइज’ गर्ने दुवै प्रवृत्ति रोग हुन्।

अंग्रेजसँग भारतको स्वतन्त्रता र मर्यादाका लागि लडिरहेका कंग्रेस र कम्युनिष्टहरुले आफ्नै समाजमा रहेको क्रूरतम कुप्रथामाथि भने उपेक्षा गरेको अम्बेडकरको आरोप थियो। भारतमा जातीय विभेद कतिसम्म थियो भने, पेशावाओको राजधानी पुनामा अछूतले बाटोमा हिंड्दा कम्मरमा कुचो बाँध्नुपर्थ्यो भने गर्धनमा माटोको हाँडी झुन्ड्याउनुपर्थ्यो। जसले गर्दा आफूले हिंडेको पाइलामा कथित छूतको पाइला नपरोस् भनेर बढार्दै हिंड्नुपर्थ्यो र बाटोमा थुक्दा अशुद्ध हुन्छ भनेर हाँडीमा थुक्नुपर्थ्यो। यस्तो विभेदकारी चलन विरुद्ध कहिल्यै आवज नउठाएका समाजवादी र कंग्रेसले समाजको सुधार गर्ने कुरा निरर्थक भएको अम्बेडकरको विश्लेषण थियो।

सन् १९३१ मा पहिलो पटक महात्मा गान्धीसँग अम्बेडकरको भेट हुँदा महात्मा गान्धीले ‘भारतीय स्वतन्त्रताको अगुवाइ गर्ने कंग्रेसप्रति किन यति नकारात्मक छौ ? ’ भनेर सोध्दा अम्बेडकरको जवाफ थियो, ‘मेरो कुनै मातृभूमि छैन, कुनै पनि सचेत अछूतले यो राष्ट्रप्रति गर्व गर्न सक्दैन।’ (द डक्टर एण्ड  द सेन्ट)

उनको यस्तो जवाफले पनि प्रष्ट गर्छ, उनी तत्कालीन मूलधारका राजनीतिक दल र तिनले बोकेका विचार र व्यवहारसँग चरम असन्तुष्ट थिए।

अम्बेडकरको जोड राजनीतिक परिवर्तन भन्दा पहिले सामाजिक क्रान्ति गर्न आवश्यक छ भन्नेमा थियो। उनको तर्क थियो, प्युरिटनवादको सामाजिक क्रान्तिका कारण बेलायतमा सामाजिक सुधार भयो भने महाराष्ट्रमा शिवाजीको क्रान्तिपश्चात् सम्भव भयो। त्यसैगरी, गुरु नानकको नेतृत्वमा शिखहरुले राजनीतिक क्रान्तिभन्दा अगाडि धार्मिक र सांस्कृतिक क्रान्ति गरे। हिन्दूहरुले भने कहिल्यै पनि धार्मिक र सामाजिक क्रान्ति गरेनन्, तसर्थ हिन्दू समाजमा जात व्यवस्थालगायत कुसंस्कार कायमै रहेको उनको निष्कर्ष थियो।

‘जातको विनाश’ मा तत्कालीन समाजवादीहरुप्रति पनि कठोर आलोचना थियो। अम्बेडकरका अनुसार हिन्दू समाजमा व्यक्तिको आर्थिक हैसियत मात्रै निर्णायक हुँदैन, शक्तिको श्रोत सामाजिक स्तर अनुसार हुन्छ। व्यक्तिको सामाजिक हैसियतकै आधारमा उसलाई राजनीतिक र आर्थिक लाभ प्राप्त हुन्छ। मार्क्सवादले भने जस्तै सम्पत्तिको समानीकरण प्रमुख विषय भए पनि सामाजिक सुधार पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो। वर्णवादी समाजमा क्रान्तिका लागि एकठाउँ आउनुपर्ने सर्वहारा वर्गलाई उनीहरुबीचको जातपातले रोक्छ।

अम्बेडकरका अनुसार, दक्षिण एशियाली समाजमा वर्गीय भेदसँगै जातीय, नश्लीय धार्मिक असमानता र उत्पीडन पनि चर्को रुपमा देखिन्छ। उनी थप्छन् ‘हिन्दू एउटा मुसा जस्तै हो, जो आफ्नै दुलोमा बस्छ। अरुको सम्पर्कमा आउनै चाहँदैन।’ हिन्दूहरु आफूमा मात्र विभाजित छैनन्, आफू बाहेकका आदिवासी जनजाति, अल्पसंख्यक समुदायहरुलाई अगाडि ल्याउन समेत कुनै भूमिका खेल्दैनन्।
अम्बेडकरका अनुसार, दक्षिण एशियाली समाजमा वर्गीय भेदसँगै जातीय, नश्लीय धार्मिक असमानता र उत्पीडन पनि चर्को रुपमा देखिन्छ। उनी थप्छन् ‘हिन्दू एउटा मुसा जस्तै हो, जो आफ्नै दुलोमा बस्छ। अरुको सम्पर्कमा आउनै चाहँदैन।’ हिन्दूहरु आफूमा मात्र विभाजित छैनन्, आफू बाहेकका आदिवासी जनजाति, अल्पसंख्यक समुदायहरुलाई अगाडि ल्याउन समेत कुनै भूमिका खेल्दैनन्। बरु उनीहरु आफ्नो बराबरीमा आउन खोज्ने अन्य समुदायलाई निषेध गर्छन्।

कथित हिन्दू मर्यादापुरुष रामले आफ्नो वर्णलाई अक्षुण्ण राख्न सम्बुक शूद्रको हत्या गरे, किनकि सम्बुक चतुरवर्णको संरचनालाई चुनौती दिंदै ब्राह्मण बन्न चाहन्थ्यो। चतुरवर्णलाई बलियो बनाउन कानूनी दण्ड मात्रै हैन, मृत्युको सजाय व्यवस्था गरियो। शूद्रले पढ्यो भने शिशा पगालेर कानमा हाल्ने, जिब्रो काट्नेसम्मको व्यवस्था मनुस्मृतिमा गरियो।

अम्बेडकर र गान्धीबीचको टकराव 
तत्कालीन भारतीय स्वतन्त्रता आन्दोलनको अगुवाइ गरेका महात्मा गान्धी हिन्दू धर्ममा सुधार चाहन्थे, दलित समुदायमाथि हुने छुवाछूत हटाउनुपर्छ त भन्थे। तर, त्यसको जड हिन्दू शास्त्रहरुमा लिखित विभेद कायमै राखेर। गान्धीको बुझाइमा धर्मसँग जातको कुनै साइनो हुँदैन। जात एउटा रीतिरिवाज भएको, जुन राष्ट्र विकास र आध्यात्मिकताका लागि आवश्यक रहेको उनको मान्यता थियो।

गान्धीको बुझाइमा वर्ण र आश्रम व्यवस्थाको जात व्यवस्थासँग कुनै लिनुदिनु नै छैन। बरु यसबाट व्यक्तिले पैतृक पेशा अपनाएर आफ्नो रोजीरोटी कमाउन सक्छन्। जबकि, वर्णव्यवस्था व्यवसायका लागि बनेको नियम मात्र हो। सबै पेशा समान र सम्मानित छ। ब्राह्मणको पढाउने पेशा र सफाइ गर्ने पेशा समान हो। अभ्यासमा रहेको वर्णव्यवस्थाको विकृत रुप देखेर वर्ण व्यवस्थाको विरोध गर्नु अनुचित हुने र वर्णव्यवस्थामा छुवाछूतलाई मान्यता नै नदिइएको गान्धीको दाबी थियो।

हिन्दू धर्मभित्र गान्धीको वर्णव्यवस्थाप्रतिको बुझाइ दोहोरो चरित्रको देखिन्छ। जसरी नेपालका प्रजातान्त्रिक र साम्यवादी पार्टीहरुको जात व्यवस्था अन्त्यबारेको बुझाइ र प्रयास सधैं अस्पष्ट र ढाँट प्रवृत्तिको छ। हिन्दू वर्णव्यवस्थामा श्रम विभाजनलाई जातप्रथाको मुख्य कडी बनाइयो। व्यक्तिले पेशा छनोट गर्ने अधिकारबाट वञ्चित गरेर दक्षिणएशियाकै २५ करोड मानिसलाई दीनहीन र गरीब बन्न बाध्य पारियो। जातप्रथामा श्रम विभाजन मात्र हुँदैन, श्रमिकको श्रेणीगत स्तरीकरण र विभाजन समेत हुन्छ।

अम्बेडकरले गान्धीको चतुर वर्णव्यवस्था हिन्दू समाजको अविभाज्य र वैज्ञानिक व्यवस्था हो भन्ने दाबीलाई पूर्ण नकारे। उनले हिन्दू वर्णव्यवस्था चुहिने भाँडो जस्तै हो, यसलाई टाल्न नसकिने बरु पुनर्गठन गर्न सकिने बताए। वर्णव्यवस्थाले जातकै आधारमा ज्ञान आर्जन गर्न रोक्छ, अस्त्रधारी बन्न रोक्छ। हिन्दू समाजको वर्णव्यवस्थाभित्र आपसमा स्वतन्त्रता, समानता र भ्रातृत्वको सिद्धान्तको कुनै गुन्जाइस हुँदैन भने कसरी यो समाज समृद्ध बन्न सक्छ रु अम्बेडकरले जात र वर्णसँग जोडिएको पवित्र अवधारणा नष्ट नगरेसम्म जात व्यवस्था अन्त्य हुँदैन भन्ने तर्क अगाडि सारे।

गान्धी सुधारवादी थिए। अन्य सुधारवादी हिन्दू वर्णवादीहरुले जस्तै वर्ण व्यवस्थाभित्र रहेको श्रम विभाजनलाई प्रगतिशील मान्थे र यसलाई निरन्तरता दिनेमा कस्सिएरै लागेका थिए। साथै, व्यावहारिक रुपमा जात व्यवस्था र छुवाछूतबारे गान्धीको दोहोरो चरित्र प्रष्ट देखिन्थ्यो। उनी शूद्र सुग्घर छैन भन्ने बहानामा छोएको खाँदैनथे।

हिन्दू जात व्यवस्थामा रहेको रक्त शुद्धता सम्बन्धी कट्टर अवधारणामाथि अम्बेडकर तर्क गर्छन्, ‘रुखको परीक्षण त्यो रुखमा लाग्ने फलको आधारमा गर्नुपर्छ।’ उनी अगाडि थप्छन्, ‘शारीरिक क्षमताको कुरा गर्ने हो भने हिन्दू प्रजाति सबैभन्दा निकृष्ट ‘सी ग्रेडको’ हो र भारत त्यस्तो देश हो, जहाँका ९० प्रतिशत मानिस सैनिक सेवाका लागि योग्य छैनन्।’

गान्धी सुधारवादी थिए। अन्य सुधारवादी हिन्दू वर्णवादीहरुले जस्तै वर्ण व्यवस्थाभित्र रहेको श्रम विभाजनलाई प्रगतिशील मान्थे र यसलाई निरन्तरता दिनेमा कस्सिएरै लागेका थिए। साथै, व्यावहारिक रुपमा जात व्यवस्था र छुवाछूतबारे गान्धीको दोहोरो चरित्र प्रष्ट देखिन्थ्यो। उनी शूद्र सुग्घर छैन भन्ने बहानामा छोएको खाँदैनथे।
आज पनि हिन्दू वर्णवादी समाजमा रक्त शुद्धताका लागि अन्तरजातीय विवाहलाई हदैसम्मको कडाइ गरिन्छ। भारत मात्रै नभई गणतान्त्रिक मुलुक नेपालमा अन्तरजातीय विवाहका कारण कैयौं दलित युवायुवतीको ज्यान गएको छ। १० जेठ २०७७ मा रुकुममा शाही थरकी युवती र दलित युवक नवराज विकको प्रेम विवाह रोक्न नवराजसहित ६ जनाको नरसंहार रक्त शुद्धता कायम राख्न गरिएको उच्च अहंको कारण भएको थियो।

अम्बेडकरका अनुसार, जातको विलय नै जात व्यवस्था अन्त्यको एक महत्वपूर्ण विकल्प हुन सक्छ। अर्को उपाय अन्तरजातीय विवाह पनि हुन सक्छ। जात व्यवस्थालाई निमिट्यान्न पार्न व्यक्तिको भौतिक रोकावट हटाएर मात्र हुँदैन, बरु व्यक्तिको विचारधारात्मक परिवर्तन महत्वपूर्ण कुरा हो। तसर्थ अम्बेडकर जोड दिन्छन्, जात इँटाको पर्खाल वा काँडेतार जस्तो भौतिक वस्तु होइन, जात त एउटा धारणा र मानसिक स्थिति हो। गान्धीलाई उद्धृत गर्दै उनले भनेका छन्, ‘गान्धी जातप्रथा हटाउन चाहन्छन्, तर व्यक्तिको पवित्रताको धार्मिक भावना नभत्काई, जुन स्पष्ट रुपमा द्वैध चरित्रको देखिन्छ।

अम्बेडकर समाजमा आफूलाई बुद्धिजीवी भन्ने समूहमाथि पनि कटाक्ष गर्छन्, ‘बुद्धिजीवीहरु साँच्चिकै इमानदार र निष्पक्ष छन् भने उनीहरुले समाजको विकृति विरुद्ध नेतृत्व प्रदान गर्छन्। तर हिन्दू समाजमा बुद्धिजीवी वर्ग धोकेवाज वा धूर्तहरुको गुट पनि बन्न सक्छ। भारतको विडम्बना के छ भने, बुद्धिजीवीहरु ब्राह्मणवादकै पर्याय बने।’

राजनीतिमा अम्बेडकरवादको प्रयोग 
अम्बेडकर विचारका सशक्त अनुयायी थिए, कांशीराम ९१९३४–२००६०। उनको नेतृत्वमा सन् १८८४ मा बहुजन समाजवादी पार्टी ९बसपा० स्थापना भयो। कांशीरामको स्वास्थ्यमा समस्या भएपछि १९९३ देखि मायावती अध्यक्ष बनिन्। मायावती निरन्तर लामो समयदेखि केन्द्रीय शक्तिमा छिन्। आधार क्षेत्र उत्तरप्रदेश रहेको बसपा भारतको राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी पार्टी हो। बसपाले मुख्यगरी अनुसूची जाति, पिछडा वर्ग र धार्मिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ।

राजनीतिमा बहनजीको नामले परिचित मायावती सन् २०१२ अघि चार पटक उत्तरप्रदेशको मुख्यमन्त्री बनिसकेकी छिन्। २०१७ मा समाजवादी पार्टीसँग हारेपछि भने विधान सभामा बसपा जम्मा १९ मा सीमित हुनपुग्यो।

बसपाको मुख्य राजनीतिक विचारधारा सामाजिक परिवर्तन र आर्थिक मुक्ति भनिन्छ। धर्मनिरपेक्षता, सामाजिक समानता, सामाजिक न्याय र आत्मसम्मान यसको राजनीतिक दर्शन हो। बसपाको मूल दर्शनको स्रोत बौद्धमार्ग भए पनि यो पार्टीको केन्द्रीय नेता मायावतीको जीवनशैली राजसी ठाँटको र सामन्तहरुको जस्तै रहेकोमा आलोचना हुन्छ। भारतीय समाजमा अझै अत्यन्त चरम गरीबी र असमानतामा रहेका दलित समुदायको मुक्तिका लागि स्थापित पार्टीको अध्यक्षको विकृत जीवनशैलीले अम्बेडकरवादले अगाडि सारेको राजनीतिक वैचारिकीको नियतिलाई प्रष्ट्याउँछ।

अम्बेडकर (पंथ) सँगका अनुत्तरित प्रश्न 
अम्बेडकरले हिन्दू समाज जात व्यवस्थाका मामिलामा जडसूत्रवादी रहेको दाबी गरेका छन्। के जातको आधारमा विभाजित हिन्दू समाजमा कहिल्यै जातहरुबीच आपसमा सहिष्णुता र समानीकरण आउनै सक्दैन त रु

अम्बेडकर हिन्दू समाज र जात व्यवस्थाले निम्त्याएको कठोर उत्पीडन विरुद्ध यति कठोर थिए, उनी महात्मा गान्धीहरुको नेतृत्वमा चलेको स्वराजको आन्दोलनप्रति पनि आलोचनात्मक थिए। स्वशासनको लडाइँ भन्दा महत्वपूर्ण आफ्नै मुलुकभित्रको जात व्यवस्थाको राक्षससँग लड्न कठिन भएको उनको तर्क थियो। दलितहरुलाई अंग्रेजको गुलाम हुनु र देशभित्रकै ब्राह्मणवादको दास हुनुमा तात्विक भिन्नता नरहेको उनको बुझाइ थियो।

भारतमा नरेन्द्र मोदीको उदयपछि दलित र अल्पसंख्यकमाथि चरणबद्ध रुपमा जातीय हिंसा बढेको बढ्यै छ। तर, यस्तो कहरको बीचमा अम्बेडकर पंथको प्रतिरोधी आन्दोलन शून्य बराबर छ। वर्तमान भारतीय संसदीय प्रणाली र अम्बेडकर पंथले अँगालेको कल्याणकारी अवधारणा उत्पीडित र दलित समुदायको समग्र मुक्तिका लागि पूर्णतया असफल भएको देखिन्छ।
स्वराजको आन्दोलनप्रति अम्बेडकरको वितृष्णा आफैंमा विरोधाभास हो। उनले दलितका लागि हिन्दू समाज अंग्रेजभन्दा पनि वैरी भएको तर्क गरेका थिए। जुन चिन्तन आफैंमा गलत छ। एउटा गलतको विरुद्ध अर्को गलत ठीक भन्ने हुनै सक्दैन।

जात व्यवस्था अन्त्य गर्न अम्बेडकरले अंगीकार गरेको धर्म परिवर्तनको बाटो अर्को गलत कदम थियो। धर्म परिवर्तनका कारण कुनै धर्ममा आस्था भएको व्यक्तिको आत्मसन्तुष्टि त होला, तर समग्र समाजको मुक्ति त सम्भव छैन। यसका लागि नेपाल र भारतकै उदाहरण हेर्दा पनि प्रष्ट हुन्छ। जात व्यवस्था प्रधान भएको समाजमा धर्मसमूहभित्र पनि क्रिश्चियन दलित, बुद्धिष्ट दलित हुन बाध्य छन्।  अम्बेडकर उत्पीडितहरुको मुक्तिका लागि भौतिकवादी हुने कुरा गर्दैनन्। धार्मिक अन्धविश्वासबाट मुक्त नभई कसरी शूद्र, उच्च र मध्यम जातको अवधारणा मनबाट हट्छ ?

विकल्पको खोजी
आजको लोकतान्त्रिक गणतन्त्रको कलेवरमा नेपाली समाजमा जनसंख्याको २० प्रतिशत दलितसहित ७० प्रतिशत सीमान्तकृत समुदाय सामाजिक, आर्थिक र राजनीतिक कोणबाट बहिष्कृत र किनारामा छन्। भारतमा पनि ७० वर्षको दलित समुदायको संघर्षका बावजूद दलित समुदाय किनारीकृत छन्।

७० वर्षको अवधिमा अम्बेडकरवादको अगुवाइमा भएको राजनीति प्रशासनिक सीमित आरक्षण भन्दा के मानेमा प्रगतिशील हुन सक्यो रु राजनीतिक रुपमा अम्बेडकरले राज्य समाजवाद भने पनि पूँजीवादी प्रणालीसहितको संसदीय प्रणाली नै उनको रोजाइ देखिन्छ।

भारतमा नरेन्द्र मोदीको उदयपछि दलित र अल्पसंख्यकमाथि चरणबद्ध रुपमा जातीय हिंसा बढेको बढ्यै छ। तर, यस्तो कहरको बीचमा अम्बेडकर पंथको प्रतिरोधी आन्दोलन शून्य बराबर छ। वर्तमान भारतीय संसदीय प्रणाली र अम्बेडकर पंथले अँगालेको कल्याणकारी अवधारणा उत्पीडित र दलित समुदायको समग्र मुक्तिका लागि पूर्णतया असफल भएको देखिन्छ।

एकथरीले अम्बेडकरलाई देवत्वकरण गर्ने र जात व्यवस्था अन्त्य सम्बन्धी उनका विचारमा भएका सीमालाई नहेर्ने, अर्काथरीले अम्बेडकरको नाम भजाएर हरेक मुद्दालाई ‘प्रोजेक्टाइज’ गर्ने दुवै अम्बेडकरवादका रोग हुन्। सीमासहितको अम्बेडकरका विचारको प्रयोग गर्दै आजको माग अनुसार अगाडि बढ्नु दलित आन्दोलनको आवश्यकता हो।

कार्ल मार्क्सले व्याख्या गरे जस्तो उत्पीडनका सामाजिक, राजनीतिक र सांस्कृतिक आयामहरु वर्गीय उत्पीडनकै स्वरुप हुन्। तसर्थ आजको दिनमा विश्वभर राज गरिराखेको दलाल पूँजीवादी प्रणाली महिला, दलित र गरीबहरुमाथिको उत्पीडन अन्त्यको विकल्प हुन सक्दैन भन्ने प्रष्ट देखिइसकेको छ। अबको उत्पीडितहरुको प्रतिरोध र संघर्ष सीमित भूगोल मात्र हैन, संसारभरको निगमवाद, नश्लवाद, जातिवाद र वर्गहरुबीचको खाडल विरुद्ध केन्द्रित हुनुपर्छ, जसको नेतृत्व वैज्ञानिक समाजवादी अवधारणाले मात्र गर्न सक्छ।

(सुनार पुर्व सदस्य तथा वैज्ञानिक समाजवादी पार्टीकी नेत्रृ हुन् , यो सामाग्री हिमालखबर डटकमबाट साभार गरिएको हो। )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank