अजित मिजारको शव पुन:परिक्षण गर्न उच्च अदालतको आदेश

दलित अनलाईन २२ मंसिर २०७७, सोमबार १८:०२

काठमाडौं-  अन्तरजातीय  विवाह गरेको कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शवमाथि पुन:परिक्षण गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा रहेको अजित मिजारको शवको अनुहारमा पोतिएको रसायनिक पदार्थ परिक्षण गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र सरला कुमारी पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो । २०७३ असार ३० गते धादिङको साविक कुम्पुर गाविस हाल सिद्धलेक गाउँपालिकाको फूर्केखोलाको प्रतिक्षालयमा उनलाई झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । धादिङको गजुरी स्वास्थ्य चौकीले अजितको शव चिरफार नै नगरि पोष्टमार्टम रिपोर्ट तयार गरेको थियो । सोही रिपोर्टको आधारमा प्रहरीले उनको शव गाडेको थियो ।

काभ्रेको पाँचखालका अजितले स्थानिय कल्पना पराजुलीसँग अन्तर्जातिय विवाह गरेका थिए । विवाहा गरेको थाहा पाएपछि कल्पनाका आफन्तले अजित र कल्पनालाई प्रहरी कार्यालयमा हाजिर गराई असार २७ छुट्याइएको थियो ।

त्यसपछि किशोरीका दिदि सम्झना पराजुलीले अजितलाई ज्यान मार्ने बेपत्ता बनाइदिने लगायत धम्की दिएका थिए । उनी समेत यो घटनामा प्रतिवादीको रुपमा रहेकी छिन् । मुद्दाको मिसिलको तथ्य अनुसार उक्त घटनामा प्रत्यक्ष समलग्न रहेका कन्हैया कर्माचार्यलाई प्रहरीले उन्मुक्ति दिएको थियो । जिल्ला अदालत धादिङले मिजारको हत्यामा समलग्न रहेका टेक बहादुर पराजुली, भोज बहादुर पराजुली र सम्झना कार्कीलाई सफाई दिएका थिए ।

अजितको शव र पोष्टमार्टम रिपोर्टमै विरोधाभास रहेको भन्दै उच्च अदालतका अजितको तर्फबाट पुनरावेदन निवेदन परेको थियो ।उच्च अदालतमा पीडित अजित मिजारको परिवारको तर्फबाट अधिवक्ता मोहन साशंकरले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank