अस्पतालबाटै प्रधानमन्त्रीको सन्देश : छिट्टै फर्केर समृद्ध नेपाल बनाउने कामको नेतृत्व लिनेछु

दलित अनलाईन १३ कार्तिक २०७५, मंगलवार २२:५१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैमा धन्यवाद दिनुभएको छ ।

शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्रीले बक्तब्यमार्फत धन्यवाद दिंदै स्वास्थ्यबारेका भ्रामक प्रचारबाट प्रभावित नहुन पनि अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालबाटै मंगलबार वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताउनुभएको छ । साथै, उहाँले अस्पतालबाट चाडै फर्किने र  समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय रहने पनि बताउनुभएको छ ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु’ उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रति आफू संवेदनशील रहेको पनि बताउनुभएको छ । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गर्नुभएको छ ।

‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank