सम्झना विकको दोषीलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री रामबहादुर थापा बादल

दलित अनलाईन १२ आश्विन २०७७, सोमबार २३:०८

काठमाडौं— गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या भएकी सम्झना विकको घटनामा संग्लन हुने व्यक्तिलाई कानुन वमोजिम हदैसम्मको कारबाही हुने बताएका छन् ।
बझाङ मष्टा गाउँपालिका—२ की सम्झना विकको असोज ७ गते साँझ बलात्कार गरि हत्या गरेको अवस्थामा शव मन्दिरमा भेटिएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला अखिल नेपाल महिला संघ र बझाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुको टोलीको ज्ञापनपत्र बुझेपछि गृहमन्त्री थापा बादलले बलात्कारीका अपराधीहरुले कानुन वमोजिम हैदसम्मको कारबाही हुने बताएका हुन् ।
गृहमन्त्री थापा बादलले देशभर भइरहेका बलात्कारका घटनाबारे सरकार गम्भिर रहेको र यस्ता घटना न्युनिकरणका लागि कानुन संशोधन गरी फाँसीसम्मको सजाय गरिनुपर्ने देशैभरीबाट सुझाव आइरहेको समेत बताए । बलात्कारका घटना निन्युकरण गर्न फाँसीसम्मको सजायका लागि विभिन्न क्षेत्रमा घनिभूत ढंगले छलफल आवश्यक रहेको गृहमन्त्रीको टिप्पणी थियो ।
अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।
देशैभरी भएका बलात्कार, हत्या हिंसाका घटनाबारे निष्पक्ष अनुसंन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलसँग अखिल नेपाल महिला संघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले घटनाका दोषीलाई कानुन वमोजिम कडा कारवाही गर्न कुनै कसुर बांकी नराख्ने आश्वासन दिएको बझाङबाट प्रतिनिधित्व गर्ने सांसद आशा विकले बताइन् ।
ज्ञापनपत्रसहित गृहमन्त्रीको ध्यानाकर्षण गराउन गएको टोलीमा बझाङबाट प्रतिनिधित्व गर्ने सांसद भैरव सिंह, आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, अखिल महिला संघ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल लगायतको सहभागिता थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै स्थानीय राजेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बोहोराले डेढ महिनाअघि सोही गाउँकी अर्की १४ वर्षीय दलित बालिकाका पनि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त घटना भने गाउँमै कागज गरेर मिलाइएको थियो । पीडित बालिकाले अहिले उजुरी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank