सम्झनाको हत्या विरोधमा कीर्तिपुरमा स्तब्धसभा

दलित अनलाईन १० आश्विन २०७७, शनिबार २३:२७

काठमाडौं—जिल्ला मष्टा गाउपालिका– २ की १२ वर्षीय बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको विरोधमा काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा साङ्केतिक विरोध स्वरुप स्तब्धसभा गरिएको छ ।

विभिन्न संघ संगठनमा आवद्व युवा तथा विद्यार्थीहरु शनिबार काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा साङ्केतिक विरोध स्वरुप स्तब्धसभा गरी बलात्कारी तथा हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे ।
बलात्कारी तथा हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै युवा विद्यार्थीहरु स्वतः स्फुर्त सडकमा आएका विद्यार्थी नेता रामलाल राजवंशी विकेले बताए ।
संविधान संशोधन गरि बलात्कारी तथा जातीय विभेद गर्ने अपराधीहरुलाई कडा कानुन बनाई राज्यले एक्सन लिन पर्ने साङ्केतिक विरोध स्वरुप स्तब्ध सभामा सहभागीहरुको भनाई छ । पुरुषवादी चिन्तन, पितृसत्तात्मक सोच र जातीय अहंकारले सम्झना विकको हत्या भएको उक्त सभामा सहभागी बावुराम वि.कको तर्क छ । निर्मला पन्त ,माया विकको हत्यारालाई राज्यले कारबाही गर्न नसक्दाको परिणाम आज सम्झना विकले भोगेको कार्यक्रमका संयोजक रवि सेन्चुरीेले बताए । स्तब्ध सभामा सम्झनालाई न्याय दे ! बलात्कारी लाई कडा कारबाहीको लागि नयाँ कानुन जारी गर ! लैङगिक हिंसा अन्त्य गर ! सबै खाले विभेदको अन्त्य गर ! जस्ता नारा लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank