प्रहरी हिरासतमा रोशन विकको मृत्यु : छानबिन समिति गठन

दलित अनलाईन २७ भाद्र २०७७, शनिबार १६:२८

काठमाडौं— कैलाली जिल्ला प्रहरी कार्यालय हिरासतभित्र रहेका रोशन विकको रहस्यमय ढंगबाट भएको मृत्युको छानविन गर्न छानविन समिति गठन भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।
शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् ।
भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले रोशन विकको शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।
रोशन विकको हिरासतमा रहेकै बेला आत्महत्या गरेको समाचार स्थानीय एमएफएमबाट बाहिरिएपछि मृतकका आफन्तहरुले आक्राशित भएर पत्रकारमाथि समेत हातपात गरेका थिए ।
मृतकका परिवार र दलित अधिकारकर्मीहरुले समेत थप आन्दोलन चकाउँदै लगेका छन् । आन्दोलन प्रहरी प्रशासनविरुद्ध उठन थालेपछि प्रहरी हिरासतमा भएका रोशनको शौचालयभित्र झुन्डिएर आत्महत्या भयो भनेर प्रहरीसँग स्पष्ट प्रमाण नभएको छोरालाई सुनियोजित रुपमा हत्या गरिएको मृतकका बुवा टेकबहादुर विकले बताए । प्रहरीले आत्महत्या गरेको बताए पनि छोरा रोशनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको मृतकका बुवा टेकबहादुर विकको दावी छ । ‘सत्यतथ्य छानबिन हुनुपर्छ,यो आत्महत्या होइन,हत्या हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank